चितवन : अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा सामाजिक संस्था बेटर चितवनको ‘बेटर युथ अर्वाड’ द्वारा पाँच जना युवा सम्मानित भएका छन् । संस्थाले कोभिड १९ प्रकोपको समयमा विभिन्न तवरबाट मानवीय सेवामा योगदान गर्ने युवाहरुलाई बिहीबार सम्मान गरेको हो ।
सम्मानित हुनेमा युवा अभियन्ताहरु डा। सुवास बस्नेत, सिम्रीन काफ्ले, दिवाकारराज श्रेष्ठ, डा। आविष्कार चापागाईं र कृष्ण शर्मा ‘एकान्तप्रेमी’ छन् । सम्मानित युवालाई बेटर चितवनका संयोजक विमोचन आचार्य र अभियन्ता समुन्द्र भट्टराईले सम्मानपत्र सहित मायाको चिनो हस्तान्तरण गरेका थिए ।
हरेक वर्ष युवा दिवसको अवसरमा प्रदान गरिने कार्यक्रमबाट यो वर्ष कोरोना महामारी जस्तो विपतमा संक्रीय रुपले भूमिका खेल्ने युवालाई सम्मान गरिएको बेटर चितवनका संस्थापक अध्यक्ष ई।सागर कार्कीले जानकारी दिए । रेडियोलोजिष्ट डा। सुवास बस्नेतले युवा उमेरले मात्रै नभएर नवीनतम र रचनात्मक सोचले हुने बताए ।

