चितवन । नेपाली काङ्ग्रेसका नेता अर्जुन नरसिंह केसीले नेपाली काङ्ग्रेसको चौंधौ महाधिवेशनको बिकल्प नरहेको बताउनुभएको छ । नेपाल प्रेस युनियन चितनले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उहाँले महाधिबेशन समयमा नभए पार्टीको बैधानिकताको प्रश्न उठ्ने भएकाले तोकीएको समयमा महाधिबेशन गर्नु पर्ने बताउनुभयो ।
अहिले भदौ २३ गते भित्र महाधिबेशन सम्पन्न हुन नसक्ने भन्दै उहाँले काङ्ग्रेसको बिशेष महाधिबेशन गरेर भए पनि बैधानिकता जोगाउनु पर्छ भन्नुभयो । कृयाशिल सदस्यताको बिबाद मिलाएर महाधिबेशनमा जानु पर्ने भन्दै उहाँले सहमतिका लागि भए पनि बिशेष महाधिबेशन गर्नु पर्ने बताउनुभयो । काङ्ग्रेसको बैधानिकताको बिषयमा कसैले पनि प्रश्न उठाउन नहुने गरि काम गर्नु पर्ने उहाँको भनाई थियो ।
कोरोनाको नँया भेरियन्ट भित्रिए संगै जोखिम बढेको हुँदा अहिलेको अबस्थामा पार्टीको शिर्षतहले बिशेष अधिवेशनको बिकल्पबारे सोच्नुपर्ने बताउनुभयो । राजनितिमा काङ्ग्रेसको ईतिहास गर्भिलो रहेको स्मरण गराउदै पार्टीको बैधानिकता माथि कसैले प्रश्न उठाउन नसक्ने बातावरण बनाउन आग्रह गर्नुभयो । एमसिसि संसोधन गरेर मात्र पारित गर्नु पर्ने केसीको सुझाब थियो ।

