• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • स्थानीय
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • भिडियो
  • थप
    • समाज
    • साहित्य
    • आर्थिक
    • पर्यटन
    • अन्तराष्ट्रिय
    • राशिफल
    • रोचक
×
शनिबार, भदौ २७, २०८३
    • प्रमुख समाचार
    • समाचार
    • राजनीति
    • स्थानीय
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • भिडियो
    • थप
      • समाज
      • साहित्य
      • आर्थिक
      • पर्यटन
      • अन्तराष्ट्रिय
      • राशिफल
      • रोचक

भर्खरै

अत्याधुनिक सेवा सहित बुद्धचोकमा जिएम डाइगोनिष्ट ल्याबोरोटरी संचालनमा

बहुप्रतिक्षित चलचित्र ‘१२ गाउँ २’ बाट अभिनेता समीर भट्टको खतरनाक एक्सन लुक्स सार्वजनिक, असोज ३० फूलपातीमा रिलिज हुने

२२ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम

चारजना उद्योगी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन

उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

डेढ महिनापछि सञ्चालनमा आयो टरिगाउँ विमानस्थल

ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि द्वारा आफ्नो सदस्यको श्रीमानको मृत्युमा रु ६,१७,५०० बिमा रकम हस्तान्तरण

भरतपुरमा विद्युतीय कारमा आगलागी हुँदा एक जनाको जलेर मृत्यु

तोलामा ४ हजार ८ सय रुपैयाँ घट्यो सुन

लोकप्रिय समाचार

  • १. नुवाकोटमा फेन्सी व्यवसायी महासंघ र चितवन संघद्वारा ५० लाखभन्दा बढीको राहत सामग्री वितरण

  • २. स्पाउस क्लब अफ आर.सी. चितवनको १००औँ बैठक सम्पन्न

  • ३. भोटेकोशी बाढीपहिरो पीडितका लागि पूर्व कर्मचारी समाजद्वारा एक लाख रुपैयाँभन्दा बढी सहयोग

  • ४. जेनजी आन्दोलनको दिन स्मृतिको मात्रै होइन, संकल्पको दिन पनि हो : मन्त्री गौतम

  • ५. मनकारी युवा उद्यमी रुविन रामुदामुको अर्को उदाहरणीय काम : बाढीपीडितलाई ३ लाख ७५ हजार बढी सहयोग

  • ६. भोटेकोशी बाढी प्रभावितलाई चितवन कारागारका कैदीबन्दीद्वारा सहयोग

  • ७. तीन ठूला एस्काभेटर पुगेपछि त्रिशूली-३ ‘बी’ मा खोजी तीव्र

  • ८. भरतपुर–काठमाडौँ उडानमा यात्रुको उच्च चाप

  • ९. उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

  • १०. ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि द्वारा आफ्नो सदस्यको श्रीमानको मृत्युमा रु ६,१७,५०० बिमा रकम हस्तान्तरण

भरतपुर महानगर सुरक्षा योजना तयार


चितवन । विकसित मुलुकको सुरक्षा अवस्थाका बारेमा जानकारी राख्नुभएका प्रहरी उपरीक्षक ओमप्रसाद अधिकारी भरतपुर महानगरभित्रको सुरक्षा अवस्था नमूना बनाउने योजनामा हुनुहुन्छ ।

Advertisement

प्रहरीको दरबन्दी थपलाई भन्दा प्रविधिको उच्चतम उपयोग गर्ने उहाँको तयारी छ । ठाउँठाउँमा प्रहरी राख्नुभन्दा सिसी क्यामेरा जडानमा उहाँको जोड छ । विदेशमा जस्तै चोकचोकमा प्रहरी उभ्याएर होइन सिसी क्यामेराबाट अनुगमन गर्ने गरी भरतपुर महानगरको सुरक्षा योजना तयार गरिएको छ । घटना भएको दुई–चार मिनेटमा नै प्रहरी पुग्ने गरी अधिकारीले अवधारणा तयार गर्नुभएको छ ।

Advertisement

महानगर क्षेत्रमा हुने अपराध रोकथाम, नियन्त्रण तथा अनुसन्धानका साथै जिउ, धन र सार्वजनिक सम्पत्तिको रक्षाका लागि अवधारण तयार गरिएको अधिकारी बताउनुहुन्छ । चुस्तदुरुस्त सुरक्षा योजनामा सिसीटिभी जडान, सिआरभी र क्यूआरटी टोली परिचालन रहेका छन् । अधिकारीका अनुसार महानगरका विभिन्न ९१ स्थानमा १६० वटा सिसीटिभी जडान गर्ने योजना अवधारणमा रहेको छ । तीमध्ये मर्मत गरेर ३७ वटा सञ्चालनमा ल्याइँदै छ ।

अन्य १२६ वटा नयाँ थप गर्नुपर्ने हुन्छ । थप गर्नुपर्नेमध्ये १०८ वटा सामान्य र १५ वटा अत्याधुनिक प्रविधिका रहेका छन् । सिसीटिभी जडानले महानगर क्षेत्रभित्र हुने अपराध नियन्त्रणसँगै अनुसन्धानमा सहयोग पुग्ने उहाँले बताउनुभयो । यससँगै शहरी क्षेत्रमा निजी क्षेत्रले आफ्नो प्रयोजनका लागि जडान गरेका सिसी क्यामेरामा एउटा क्यामेरा सडकतर्फ फर्काएर राख्न अनुरोध गर्ने योजना रहेको छ । यसबाट पुलचोकबाट गोन्द्राङसम्मको पूर्वपश्चिम राजमार्ग र बाइपास सडकमा ३०० भन्दा बढी क्यामेरा सडकतर्फ फर्काउन सकिने छ ।

यसबाट अपराध नियन्त्रणमा महत्वपूर्ण सहयोग पुग्ने अधिकारी बताउनुहुन्छ । प्रहरीको कन्ट्रोल कक्षबाट सञ्चालनमा आउने गरी महानगरका नौ स्थानमा सिआरभी टोली परिचालन गरिने छ । टोलीलाई २४सै घण्टा परिचालन गर्न सकिने छ । यसका लागि आवश्यकतानुसार जनशक्ति र स्थान परिवर्तन गर्न सकिने उहाँले जानकारी दिनुभयो ।

यसले उच्छृङ्खल तथा कानूनविपरीतका गतिविधि नियन्त्रण र विपद् उद्धार कार्यमा सहयोग पुग्ने विश्वास कार्यालयले लिएको छ । महानगरभित्रका साँघुरा सडकमा हुने भीडभाड नियन्त्रण र छिटो प्रहरी पहुँच तथा गोप्य सूचना प्राप्तिका लागि महानगर क्षेत्रभित्र रहेका १२ वटा प्रहरी चौकी तथा पोष्टमा क्यूआरटी टोली परिचालन गर्ने योजनामा कार्यालय रहेको छ । सो कार्यका लागि १४ वटा मोटरसाइकल आवश्यक रहेको अवधारणापत्रमा उल्लेख छ ।

यसका लागि आवश्यक जनशक्ति प्रदेश कार्यालय र प्रहरी प्रधान कार्यालयसँग अनुरोध गर्ने अधिकारीले बताउनुभयो । कार्यालयले तयार गरेको अवधारणापत्रमा सिसीटिभी जडानका लागि रु ५२ लाख ४० हजार, सिआरभी परिचालनका लागि नौवटा गाडी खरिद गर्न रु चार करोड पाँच लाख तथा क्यूआरटी परिचालनका लागि १४ वटा मोटरसाइकल खरिद गर्न रु ३६ लाख ४० हजार बराबरको बजेट महानगरमा प्रस्ताव गरिएको छ ।

अधिकारीले भन्नुभयो, “यी स्रोतसाधन प्राप्त हुनसकेमा विकसित मुलुकको झैँ सुरक्षा व्यवस्था गर्न हामी सक्छौँ ।” भरतपुर महानगर प्रमुख रेनु दाहालले महानगरभित्रको सुरक्षा व्यवस्था राम्रो बनाउन महानगर प्रतिबद्ध रहेको बताउनुभयो । यस योजनामा प्रस्ताव गरिएका अवधारणालाई क्रमशः पूर्णता दिँदै लगिने उहाँको भनाइ छ । सुरुमा बिग्रिएका सिसी क्यामेरा मर्मत गर्नुपर्ने भन्दै उहाँले नपुग भएका ठाउँमा थप गर्दै लगिने बताउनुभयो ।

बुधबार, साउन २७, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

अत्याधुनिक सेवा सहित बुद्धचोकमा जिएम डाइगोनिष्ट ल्याबोरोटरी संचालनमा
बहुप्रतिक्षित चलचित्र ‘१२ गाउँ २’ बाट अभिनेता समीर भट्टको खतरनाक एक्सन लुक्स सार्वजनिक, असोज ३० फूलपातीमा रिलिज हुने
२२ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम
चारजना उद्योगी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन
उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?
डेढ महिनापछि सञ्चालनमा आयो टरिगाउँ विमानस्थल

लोकप्रिय

  • १.
    नुवाकोटमा फेन्सी व्यवसायी महासंघ र चितवन संघद्वारा ५० लाखभन्दा बढीको राहत सामग्री वितरण

  • २.
    स्पाउस क्लब अफ आर.सी. चितवनको १००औँ बैठक सम्पन्न

  • ३.
    भोटेकोशी बाढीपहिरो पीडितका लागि पूर्व कर्मचारी समाजद्वारा एक लाख रुपैयाँभन्दा बढी सहयोग

  • ४.
    जेनजी आन्दोलनको दिन स्मृतिको मात्रै होइन, संकल्पको दिन पनि हो : मन्त्री गौतम

  • ५.
    मनकारी युवा उद्यमी रुविन रामुदामुको अर्को उदाहरणीय काम : बाढीपीडितलाई ३ लाख ७५ हजार बढी सहयोग

  • ६.
    भोटेकोशी बाढी प्रभावितलाई चितवन कारागारका कैदीबन्दीद्वारा सहयोग

भर्खरै

  • १.
    अत्याधुनिक सेवा सहित बुद्धचोकमा जिएम डाइगोनिष्ट ल्याबोरोटरी संचालनमा

  • २.
    बहुप्रतिक्षित चलचित्र ‘१२ गाउँ २’ बाट अभिनेता समीर भट्टको खतरनाक एक्सन लुक्स सार्वजनिक, असोज ३० फूलपातीमा रिलिज हुने

  • ३.
    २२ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम

  • ४.
    चारजना उद्योगी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन

  • ५.
    उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

  • ६.
    डेढ महिनापछि सञ्चालनमा आयो टरिगाउँ विमानस्थल

  • ७.
    ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि द्वारा आफ्नो सदस्यको श्रीमानको मृत्युमा रु ६,१७,५०० बिमा रकम हस्तान्तरण

  • ८.
    भरतपुरमा विद्युतीय कारमा आगलागी हुँदा एक जनाको जलेर मृत्यु

हाम्रो बारेमा

वन स्टेप मिडिया प्रा. लि द्वारा सञ्चालित
www.onestepkhabar.com
कम्पनी दर्ता नं
२५७६१६/०७७/०७८
सूचना तथा प्रसारण विभाग दर्ता नं.
२९३८-२०७८/७९
प्रेस काउन्सिल नेपाल सूचिकरण प्रमाणपत्र नं.
२९७०

हाम्रो टीम

अध्यक्ष/ सञ्चालक
आयुष न्यौपाने

सम्पादक
गणेश सुबेदि

संवाददाता
बिशाल सापकोटा

सम्पर्क

समाचार र विज्ञापनका लागि सम्पर्क
९८६५००४१००

ठेगाना
भरतपुर-७,चितवन

ईमेल
[email protected]

Copyright ©2026 One Step Khabar | All rights Reserved.
 Website By :  nwTech.