• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • स्थानीय
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • भिडियो
  • थप
    • समाज
    • साहित्य
    • आर्थिक
    • पर्यटन
    • अन्तराष्ट्रिय
    • राशिफल
    • रोचक
×
मङ्गलबार, साउन १२, २०८३
    • प्रमुख समाचार
    • समाचार
    • राजनीति
    • स्थानीय
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • भिडियो
    • थप
      • समाज
      • साहित्य
      • आर्थिक
      • पर्यटन
      • अन्तराष्ट्रिय
      • राशिफल
      • रोचक

भर्खरै

सुनसरी घटना : निष्पक्ष छानबिन र दोषीलाई कारबाही गर्न एमालेको माग

ग्यास आपूर्तिको अवस्था बुझ्न उद्योग मन्त्रीद्वारा उद्योगहरूको स्थलगत अनुगमन

कम्बोडियाबाट एक वर्षमा ४ सय नेपालीको उद्धार, साइबर दास बनाउने गिरोह सक्रिय

सार्वजनिक खरिद ऐन संशोधनविरुद्ध सर्वोच्चमा रिट

नारायणी अस्पतालका चिकित्सकले दिए सामूहिक राजीनामा, आकस्मिक सेवा पनि बन्द

कर्णालीको पाँचौँ मुख्यमन्त्री बन्दै मंगलबहादुर शाही

अस्पतालमा ओपीडी बन्द: बिरामी र आफन्त अलपत्र!

आज देशभरका अस्पतालहरूमा आकस्मिक बाहेकका सबै सेवा बन्द

सिमलतालमा खसेको पहिरो पन्छाइयो : बिहानै अवरुद्ध बनेको मुग्लिन–नारायणगढ सडक पुनः सञ्चालनमा

लोकप्रिय समाचार

  • १. मधेसका १० पालिकामा एकीकृत कृषि कार्यक्रम कार्यान्वयन गरिने मन्त्री चौधरीको भनाइ

  • २. प्राधिकरणद्वारा मोरङ र सुनसरीका विद्युत् वितरण प्रणालीको अनुगमन

  • ३. बुद्धले थप्यो नयाँ सिरिजका एटीआर विमान एटीआर-७२-६००

  • ४. एमबीएसको प्रश्न पत्र सामाजिक सञ्जालमा बाहिरिएपछि त्रिविले बनायो छानबिन समिति

  • ५. भरतपुर कारागारमा कैदी बस्ने स्थानको अभाव

  • ६. ५ हजार अमेरिकी डलरभन्दा बढी नगद ल्याउँदा भन्सार घोषणा गर्नुपर्ने, भारु सटहीमा पनि नयाँ नियम

  • ७. डा. गोविन्द केसीसँग वार्ता गर्न प्रधानमन्त्री र स्वास्थ्य मन्त्रालयका प्रतिनिधि धनगढी

  • ८. ज्येष्ठ नागरिकसहित प्राथमिकतामा परेका ४८ जना बचतकर्ताले पाए रकम

  • ९. धनगढीमा सरकारी वार्ता टोलीले थाल्यो डा. केसीका प्रतिनिधिसँग छलफल

  • १०. १० दिन म्याद थपेर लेखा अधिकृतसहित दुई आरोपीविरुद्ध अख्तियारले थाल्यो अनुसन्धान

उपचारखर्च तिर्न नसक्दा चार महिने शिशु बन्धकमा


काठमाडौँ । उपचार खर्च तिर्न नसक्दा भारतको पश्चिम बङ्गाल सिलिगुडीस्थित पारामाउन्ट हस्पिटल (नर्सिङ होम)ले मेचीनगर नगरपालिका– १० खयरडाँगीका चार महिनाका शिशु सुहान चौधरीलाई बन्धक बनाएको छ ।

Advertisement

आन्द्रा दोब्रिएर बिरामी भएका चार महिनाका सुहान हाल हस्पिटलमा छन् भने उनलाई कुरेर बस्नुभएकी आमा शर्मिला चौधरी र बुबा सनम चौधरीलाई हस्पिटल प्रशासनले पैसा खोज्न दबाब दिएर घर फर्काइदिएको छ ।

Advertisement

शिशुलाई उपचारका लागि यही साउन १५ गते सिलिगुडीस्थित हस्पिटल लगिएको बुबा सनमले बताउनुभयो । हस्पिटलले उपचारमा भारु एक लाख लागेको बताएपछि चार दिनअघि शुल्क बुझाउन दबाब दिएको थियो । खोलामा ढुङ्गागिटी चालेर जसोतसो हातमुख जोड्दै आएका चौधरी परिवारसँग आर्थिक स्रोत नभएपछि स्थानीयवासीले चन्दा उठाएर दिएको रु ५४ हजार लगेर बुझाएको उनले जानकारी दिए । अरु रकम बुझाउन नसकेको भन्दै शिशुकी आमालाई हस्पिटलमा राखेर परिवारका अरु सदस्यलाई पैसा खोज्न पठाइएको थियो ।

ऋण खोजेर थप रु एक लाख १५ हजार शनिबार लगेर बुझाउँदा हस्पिटल प्रशासनले बिल बढेको भन्दै अरु भारु ५० हजार नल्याएसम्म बच्चा लैजान नदिने भनेको शिशुकी आमा शर्मिलाले बताए । हस्पिटलले शनिबार शिशुलाई मात्र हस्पिटलमा राखेर आमालाईसमेत पैसा खोज्न नेपाल फर्काइदिएको छ ।

हाल शिशु हस्पिटलमा एक्लै छन् । “अहिले हस्पिटलमा चार महिनाको छोरा कसरी एक्लै आमाबेगर बसिरहेको होला ? शुरुमा एक लाख भारु ल्याउनु भन्यो, दुईपटक गरेर बुझाएकै थियौँं”, आमा शर्मिला रुँदै भन्छन, “फेरि भारु ५० हजार ल्याउनु भन्छ, कहाँबाट ल्याउनु, मेरो छोरालाई ल्याउन सहयोग गरिदिनुहोस् ।”

कोरोना महामारीले झापामा निषेधाज्ञा जारी भएका कारण चन्दा उठाउने अभियान सञ्चालन गर्न नसकिएको जनाउँदै चौधरी परिवारका छिमेकी युवा विपी भट्टराईले छरछिमेकीसँग हारगुहार गरेर रु ५४ हजार चन्दा सङ्कलन गरिएको बताए ।

“स्थानीय निन्दा खोलामा ढुङ्गागिटी चालेर परिवार पाल्दै आएको चौधरी परिवारसँग हस्पिटलको बिल भुक्तानी गर्ने आर्थिक क्षमता छैन”, उनले भने, “बच्चा नै बन्धक राखेर आमाबुबालाई घर पठाइदिएर हस्पिटलले गरेको अमानवीय हर्कतले चिन्तित तुल्याएको छ ।”

चार महिनाको शिशुलाई पेट फुल्ने समस्या देखा परेपछि शुरुमा मेचीनगरकै शिखर हस्पिटलमा लगिएको थियो । त्यहाँबाट थप उपचारका लागि विर्तामोडको अञ्जली हस्पिटल पु¥याइएको थियो । त्यहाँ पनि उपचार सम्भव नभएपछि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो ।

प्रतिष्ठानका चिकित्सकले आन्द्रा दोब्रिएर पेट फुलेको जनाउँदै तुरुन्त शल्यक्रिया गर्नुपर्ने बताएका थिए । त्यसबेला धरानमा चिकित्सकको आन्दोलन चर्किरहेको हुँदा त्यहाँबाट अन्यत्र लैजान भनिएको शिशुकी आमा शर्मिलाले बताए ।

नेपालका अस्पताल डुलाउँदा डुलाउँदै बच्चाको स्वास्थ्य अवस्था नाजुक भएपछि बाध्य भएर भारतको सिलिगुडी पु¥याउनु परेको उनले जानकारी दिए । “नेपालका अस्पताल डुलाउँदा डुलाउँदै घरको र ऋण खोेजेको पैसा सिद्धियो”, शर्मिलाले भने, “सिलिगुडीको अस्पतालमा भारु एक लाख तिरिसकेका छौं, अझै भारु ५० हजार ल्याऊ भन्छ, मेरो बच्चा अस्पतालमै बन्धक राखेर मलाई घर पठाइदियो, अब म के गरुँ ?”

आइतबार, साउन २४, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

सुनसरी घटना : निष्पक्ष छानबिन र दोषीलाई कारबाही गर्न एमालेको माग
ग्यास आपूर्तिको अवस्था बुझ्न उद्योग मन्त्रीद्वारा उद्योगहरूको स्थलगत अनुगमन
कम्बोडियाबाट एक वर्षमा ४ सय नेपालीको उद्धार, साइबर दास बनाउने गिरोह सक्रिय
सार्वजनिक खरिद ऐन संशोधनविरुद्ध सर्वोच्चमा रिट
नारायणी अस्पतालका चिकित्सकले दिए सामूहिक राजीनामा, आकस्मिक सेवा पनि बन्द
कर्णालीको पाँचौँ मुख्यमन्त्री बन्दै मंगलबहादुर शाही

लोकप्रिय

  • १.
    मधेसका १० पालिकामा एकीकृत कृषि कार्यक्रम कार्यान्वयन गरिने मन्त्री चौधरीको भनाइ

  • २.
    प्राधिकरणद्वारा मोरङ र सुनसरीका विद्युत् वितरण प्रणालीको अनुगमन

  • ३.
    बुद्धले थप्यो नयाँ सिरिजका एटीआर विमान एटीआर-७२-६००

  • ४.
    एमबीएसको प्रश्न पत्र सामाजिक सञ्जालमा बाहिरिएपछि त्रिविले बनायो छानबिन समिति

  • ५.
    भरतपुर कारागारमा कैदी बस्ने स्थानको अभाव

  • ६.
    ५ हजार अमेरिकी डलरभन्दा बढी नगद ल्याउँदा भन्सार घोषणा गर्नुपर्ने, भारु सटहीमा पनि नयाँ नियम

भर्खरै

  • १.
    सुनसरी घटना : निष्पक्ष छानबिन र दोषीलाई कारबाही गर्न एमालेको माग

  • २.
    ग्यास आपूर्तिको अवस्था बुझ्न उद्योग मन्त्रीद्वारा उद्योगहरूको स्थलगत अनुगमन

  • ३.
    कम्बोडियाबाट एक वर्षमा ४ सय नेपालीको उद्धार, साइबर दास बनाउने गिरोह सक्रिय

  • ४.
    सार्वजनिक खरिद ऐन संशोधनविरुद्ध सर्वोच्चमा रिट

  • ५.
    नारायणी अस्पतालका चिकित्सकले दिए सामूहिक राजीनामा, आकस्मिक सेवा पनि बन्द

  • ६.
    कर्णालीको पाँचौँ मुख्यमन्त्री बन्दै मंगलबहादुर शाही

  • ७.
    अस्पतालमा ओपीडी बन्द: बिरामी र आफन्त अलपत्र!

  • ८.
    आज देशभरका अस्पतालहरूमा आकस्मिक बाहेकका सबै सेवा बन्द

हाम्रो बारेमा

वन स्टेप मिडिया प्रा. लि द्वारा सञ्चालित
www.onestepkhabar.com
कम्पनी दर्ता नं
२५७६१६/०७७/०७८
सूचना तथा प्रसारण विभाग दर्ता नं.
२९३८-२०७८/७९
प्रेस काउन्सिल नेपाल सूचिकरण प्रमाणपत्र नं.
२९७०

हाम्रो टीम

अध्यक्ष/ सञ्चालक
आयुष न्यौपाने

सम्पादक
गणेश सुबेदि

संवाददाता
बिशाल सापकोटा

सम्पर्क

समाचार र विज्ञापनका लागि सम्पर्क
९८६५००४१००

ठेगाना
भरतपुर-७,चितवन

ईमेल
[email protected]

Copyright ©2026 One Step Khabar | All rights Reserved.
 Website By :  nwTech.