चितवन, साउन २३।
गायक तथा मोडल दुर्गेश थापाले `बिच्च बिच्चमा ५´ गित बजारमा ल्याउने भएका छ्न। थापाले फेसबुकमा एक पोस्टर सार्वजनिक गर्दै उक्त गित ल्याउन लाएको जानकारी दिएका हुन।
दुर्गेश थापाको `बिच्च बिच्च ५´ मा नायक पल साहा पनि देखिने छ्न। गितमा बसन्त थापा र दुर्गेश थापाको स्वर रहने छ भने गितको शब्द दुर्गेश कै रहने छ। भिडियो छिट्टै “डि-सिरिज” युटुब च्यानलबाट सार्वजनिक हुने भएको छ।
Advertisement
यस अघि तिजलाई लछित गर्दै दुर्गेश थापाले बजारमा ल्याएका “बिच्च बिच्चमा ४ ख्यास पुतली” विवादमा आएको थियो। लोक तथा दोहोरी गित प्रतिष्ठानले यो गितलाई बहिस्कार समेत गरेको छ।

