वर्तमान सरकारले भूमिसम्बन्धी समस्या समाधान आयोग खारेज गरेको विरोधमा नेकपा एमाले निकट राष्ट्रिय युवा संघले प्रदर्शन गरेको छ। उक्त प्रदर्शनमा सुकुम्बासीभन्दा गैरसुकुम्बासी र युवा संघका नेता कार्यकर्ता धेरै थिए।
सोही प्रदर्शचमा कैद भएको एउटा तस्बिर अहिले सामाजिक सञ्जालमा भाइरल छ। उक्त तस्बिरमा देखिएका युवक वीरबहादुर श्रेष्ठ हुन्। सिन्धुलीको कमलामाई नगरपालिका घर भएका उनी हाल कोटेश्वर बस्छन्। उनले आफू सुकुम्बासी नभई युवा संघमा अवद्ध रहेको र पीडितहरूको पक्षमा आवाज उठाउन गएको बताएका छन्।
Advertisement
श्रेष्ठले जमिन त खोसिस् सरकार, नागरिकता पनि खोस् भन्ने नारा लेखिएको प्लेकार्ड बोकेका छन्। घाँटीमा भने सुनको ठूलै सिक्री लगाएका छन्।

