१५ साउन, काठमाडौं ।
पूर्वयुवराज पारश शाहले ड्यूटीमा खटिएका प्रहरीमाथि दुर्व्यवहार गरेको भिडियो सामाजिक संजालमा भाइरल भएको छ। महाराजगञ्जस्थित नारायण गोपाल चोकमा आज(शुक्रबार) साँझ ट्राफिक प्रहरीले सोधपुछ गर्न खोज्दा उनले दुर्व्यवहार गरेका हुन् ।
हेलमेट नलगाइ आएका शाहलाई ट्राफिक प्रहरीले रोकका थिए । मादक पदार्थसमेत सेवन गरेका उनी प्रहरीले सोधपुछ गर्न थालेपछि प्रहरीमाथि जाइलागेको भिडियोमा प्रष्ट देखिन्छ।
Advertisement
प्रहरीले शाहलाई नियन्त्रणमा लिन खोज्दा घम्साघम्सी समेत भएको हालै सामाजिक सञ्जालमा सार्वजनिक भिडियोमा देखिन्छ । प्रहरीले चौकीमा लैजान खोज्दा उनले ‘जान्न, भन्दै भन्दै प्रहरीसँग वादविवाद गरेका थिए । त्यसक्रममा चोकमा सवारी जामसमेत भएको थियो ।

