चितवन, साउन १३
चितवनका अधिकांश क्षेत्रमा भोलि(विहिबार) विद्युत सेवा अवरुद्ध हुने भएको छ ।
हेटौँडा ग्रिड महाशाख अन्तर्गतको भरतपुर १३२, ३३, ११ केभी सबस्टेसनमा १३२ केभी बसबार कण्डक्टर मर्मत कार्य भईरहेकाले भरतपुर सवस्टेसनबाट वितरित हुने सम्पुर्ण फिडरहरु प्रभावित हुने विद्युत प्राधिकरणले जानकारी दिएको छ । विद्युत प्राधिकरण भरतपुर वितरण शाखाका इन्जिनियर विनोद सापकोटाका अनुसार भोलि विहान ९ बजेदेखि ४ बजेसम्म विद्युत सेवा अवरुद्ध हुनेछ ।
भोलि भरतपुर महानगरपालिका र माडी नगरपालिकाका सम्पुर्ण क्षेत्र, रत्ननगर, कालिका, राप्ती र खैरहनीका केही भाग र नवलपरासी पुर्वको दाउन्नेसम्म विद्युत सेवा अवरुद्ध हुने सापकोटाले जानकारी दिनुभयो । भरतपुर सव स्टेसनबाट १० वटा फिडरमा विद्युत वितरण हुन्छ ।
औद्योगिक फिडर १, २, भरतपुर फिडर १, २, कल्याणपुर, भृकुटी, नारायणघाट, गैडाकोट, कोकाकोला फिडर रहेका छन् । यस्तै ३३ केवि अन्तर्गतको चनौली सवस्टेसनबाट वितरित हुने नारायणी, रामपुर र गितानगर फिडरबाट वितरित विद्युत सेवा पनि प्रभावित हुनेछन् ।

