चितवन,साउन ८।
पूर्वी चितवनको राप्ती नगरपालिका वडा नम्बर ३ की २३ वर्षिय सुजिता भण्डारी मृत्यु प्रकरणमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापा जिल्लाको झापा गाउँपालिका वडा नम्बर ६ शरणामती का २३ वर्षिय उनका दाई सचिन भनिने सुकदेव भण्डारी रहेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनले आज यहाँ पत्रकार सम्मेलनको कार्यालयका प्रमुख प्रहरी उपरिक्षक ओमप्रसाद अधिकारीले भण्डारीलाई काठमाडौंबाट पक्राउ गरिएको जानकारी दिनुभयो ।
सुजिताको आमा अम्बिका भण्डारीको जाहेरीले उनलाई पक्राउ गरिएको हो । असार ११ गते घरबाट हराएकी भण्डारी २० गते घर नजिकैको ब्रह्मस्थानी सामुदायीक वनमा मृत अबस्थामा भेटिएकी थिइन । पक्राउ पर्ने सुकदेव र सुजिताको सम्बन्ध नाताले ठूलो बा को छोरा र काकाको छोरी भए पनि दुबै बिचको प्रेम सम्बन्धका रहेको अनुसन्धामा खुलेको प्रहरीले जनाएको छ । भिडियो: https://youtu.be/4KLwouE0JCI

