चितवन, ८ साउन
चितवनमा कार्यरत नेपाली सेनाका हुद्धा भरत गुरुङको हत्या गरेको आरोपमा एकजना पक्राउ परेका छन् । पक्राउ परेका व्यक्ति र घटनाको सम्बन्धमा प्रहरीले केही बेरमा पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने तयारी गरेको छ ।
नेपाली सेनामा कार्यरत धादिङ घर भएका ३६ वर्षीय गुरुङको हिजो भरतपुर महानगरपालिका वडा नम्बर १७ मा शव फेला परेको थियो । उनको टाउकोमा गोलि लागेको थियोे । घटनास्थलबाट गोलिको खोका समेत बरामद भएको थियो । उक्त घटनाको अनुसन्धानको क्रममा प्रहरी हिजो नै एकजनालाई पक्राउ गरेको थियो ।
Advertisement

