असार १
भरतपुर, चितवन ।
अर्किड स्कुलमा ‘द फाइभ ए एम क्लब’ को भर्चुअल मिटिङ्ग मार्फत् उद्घाटन भएको छ। योग गुरु अर्थात् ‘जिउने कला’ का उत्प्रेरक गुरु पवन नेपालको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा कक्षा ८-१० का २०० विधार्थीहरूको सहभागिता रहेको थियो। जीवनलाई सानै उमेरबाट थप व्यवस्थित बनाउन र विधार्थीमा योग, ध्यान, आचरण, संस्कृति, अनुशासन, आहार-विहार, सम्बन्धी प्रशिक्षण गर्ने अभिप्रायले उक्त क्लबको गठन भएको प्राचार्य डा खेम आचार्यले बताउनु भयो। अषाढ १ गतेदेखि कक्षा ८-१० का विधार्थीहरूलाई हरेक दिन बिहान ६:०० बजेदेखि एक घण्टा उक्त प्रशिक्षण रहने र पहिलो चरण २१ दिनसम्म सञ्चालन हुने डा. आचार्य बताउनु हुन्छ।
प्रशिक्षकद्वय डा. खेम आचार्य र हरिराम रेग्मीले उक्त प्रशिक्षण कार्यक्रम सञ्चालन गर्नु हुनेछ।
विधालयका शिक्षक-अभिभाक संघका अध्यक्ष कृष्णहरि पण्डितले शुभकामना मन्तव्य राख्नु भएको थियो भने सञ्चालक समितिका अध्यक्ष गोपाल पराजुलीले कार्यक्रमको अध्यक्षता गर्नु भएको थियो। कार्यक्रम सञ्चालन सहकर्मी मनोज पन्तले गर्नु भएको थियो।
अर्किड स्कुलमा ‘द फाइभ ए एम क्लब’ को उद्घाटन
अर्किड स्कुलमा ‘द फाइभ ए एम क्लब’ को उद्घाटन
Advertisement
तपाईको प्रतिक्रिया

