भरतपुर, चितवन
२९ जेठ। जब भयो राती तब बुढी ताती भनेको त सुन्नु भएकै छ होला । हो अहिले यस्तै भएको छ पश्चिम् चितवनमा। पश्चिम् चितवनको क्षेत्रमा पर्ने भरतपुर महानगरपालिका वडा नम्बर २५ र वडा नम्बर २७ मा तिनवटा पुलको मर्मत सम्भार अहिले शुरु भएको छ।दुई वटा वडाको सिमामा पर्ने बेतरी खोलाको पुल,रातोचौपारिको पुल र गौचरनको पुलको स्तरोन्नति गर्ने कार्ये हिजोबाट शुरु भएको हो।कोरोना महामारिको समयमा स्वास्थ्य मापदण्डको पालना गरि प्रशासनको आग्रहबमोजिम पुलमर्मतको काम थालिएको हो। पुल मर्मतका लागि भरतपुर महानगरपालिका द्वारा झन्डै उन्नाईस लाख बराबरको बजेट बिनियोजन गरिएको छ।जस मध्य एक लाख नब्बे हजार जन श्रमदान भनेर महानगरले कटौती गर्नेछ।
बाकी बजेटमा असार १५ सम्ममा तीन वटा पुल मर्मत सम्पन्न गरिसक्नुपर्ने गरि महानगरले केही दिन अघिमात्रै पुलमर्मत समिती सङ सम्झौता गरेको थियो।ढिलोगरि आएको बजेटले गर्दा अगाडि नै काम शुरु गर्न नसकिएको पुल मर्मतसम्भार समितिका अध्यक्ष ताराप्रसाद चापागाइले स्विकारे ।धेरै लामो समयसम्मको प्रयासले गर्दानै अहिले पुलमर्मतका लागि बजेट हात परेको चापागाईंले बताए।उनले भने,ूमहानगरले बल्ल बजेट दियो, बजेट आइसकेपछी बल्ल वडाको पहलमा हामिले समिती बनायौ र काम थाल्ने योजना बनायौ। उनका अनुसार बर्सेनि आइरहेको बाढीले पुलका पन्कडिहरु सबै तलबाट फालेकाले पुल भत्किने अबस्थामा भएकाले मर्मत सम्भारका लागि प्रस्ताब गरिएको थियो।
प्रस्ताब गरिनुको एकमात्र उदेश्य पुललाइ कमजोर हुन नदिनका लागि आवश्यक मर्मत गर्ने र सम्भावित क्षति कम गर्ने चापागाईंको भनाइ छ।बेतरिखोलाको पुल र रातो चौपारिको पुल मर्मतका लागि क्रमश १,००,००० र १,६०,००० मा भरतपुर २५ का स्थानिय ठेगदार निर्मल बिकसङ ठेक्का सम्झौता भएको थियो।यस्तै काजिमान स्कुल अगाडिको गौचरनको पुल मर्मतका लागि १,७५,००० मा बिक्रम महत्तोसङ ठेक्का सम्झौता भएको थियो। उक्त पुलहरुको पन्किड भत्किएकाले जग नै खनेर मर्मत गरिने र गिट्टी ढुङ्गा र झाली सहितको कनकृटको वाल उठाइने समितीले जनाएको छ । असार १५ सम्म दुई वटा ठेगदारलाइ काम सम्पन्न गर्न समितिले निर्देशन समेत दिइ सकेको छ।छोटो समयमा धेरै चुनौतिका बिच काम गर्नुपर्ने भएपनि पुल मर्मत सम्पन्न गरेरै छाडने समितिले जनाएको छ।
गौचरनको पुल निर्माण हुदा उपभोक्ता समितिका कोशाध्यक्ष समेत रहेका भरतपुर २५ का स्थानिय सन्जिब महत्तोले गौचरन पुलको मर्मत सम्भार गर्नुपर्ने बताए। उनका अनुसार पहिला सानो भुइपुल भएको र खोलामा आवतजावत गर्न समेत समस्या भएकाले पुल निर्माण गरिएको थियो।उनले भने,ूपुल साघुरो भएकाले पानी तान्न नसकेर बर्सेनि हाम्रो गाउँघरमा पानी पसेर डुबान हुने गर्दछ।असार देखि असोज सम्म घरमा पानी पसेर बसिनसक्नु हुन्छ,त्यसैले पुल मर्मत भए हामी स्थानिय औधी खुशी हुने थियौ।बर्सेनि आएको बाढिले गर्दा खेत तीन पटक सम्म रोप्न परेको महत्तोको भनाइ छ।
कसैलाइ काखा कसैलाइ पाखा गर्न पाइदैन – गोविन्द तामाङ
भरतपुर महानगरपालिका वडा नम्बर २७ का अध्यक्ष गोबिन्द तामाङले महानगरले आफ्नो वडा लाई बजेटमा कम प्राथमिकता दिएको आरोप लगाए। महानगरको बजेट भरतपुर क्षेत्रमै खर्च गरिएकाले बाकी रहेको बजेट आफ्नो वडालाई दिएको बताए।उनले भने,ूहाम्रो हातमा केही छैन,महानगरले बजेट ढिलो दिएको छ।काम गर्नुपर्नेछ नभए फ्रिज हुने डर छ।
पुलका लागि बजेट आएको मलाइ थाहा छैन – विजयकुमार भुजेल
भरतपुर महानगरपालिका वडा नम्बर २५ का वडाअध्यक्ष बिजयकुमार भुजेलले पुल निर्माणमा आफुलाइ एक्ल्याउन खोजेको आरोप लगाए।उनले भने,ूमलाइ त पुल निर्माणका लागि बजेट बिनियोजन भएको पनि थाहा छैन।प्रदेशमा प्रस्ताब गर्ने मै हो तर पुल निर्माण उपभोक्ता समिती बनेको समेत मलाइ जानकारी गराइएन। यद्यपि पुल निर्माण समितिका अध्यक्ष चापागाइ भरतपुर २५ को उपभोक्ता हुनुहुन्छ।
बजेट ढिलो दिइएको छैन – प्रवक्ता, भरतपुर महानगरपालिका
भरतपुर महानगरपालिकाका प्रबक्ता अरुणपीडित भणडारीले महानगरले बजेट ढिलो गरि निकासा नगरिएको बताए।उनले भने, बजेट हामिले ढिलो दिएका हैनौ, विभिन्न शिर्षकमा बजेट पहिल्यै छुटयाइएको छ,उपभोक्ता समितिले पहल गर्न ढिला भएको हो ।उनका अनुसार बिबिध कारणले यस आर्थिक बर्षमा काम हुन नसके नयाँ आर्थिक बर्षमा सो कामले निरन्तरता पाउनेछ।रिभ्यालुयसन गरेर काम अगि बढाइनेछ ।काम बल्ल सुरु भएपनी गुणस्तरहिन नहुने र अलपत्र नपर्ने भणडारीको भनाइ छ ।
असारमा नसके म्याद थपेर भएपनी काम सक्नुपर्छ – भुर्तेल
बाग्मती प्रदेशका साम्सद कृष्ण प्रसाद भुर्तेलले तोकिएको समयमा काम सम्पन्न नभएको अबस्थामा म्याद थपिने बताए।मनसुन सक्रिय भएर काम नसकिए म्याद थपेर भएपनी काम सक्नुपर्ने भुर्तेलले बताए। उनले भने,अहिले तिनवटा पुलको मर्मत सम्भार गरेर सम्भावित क्षतीको न्युनिकरण गर्नेछौ। कतिपय ठाउमा पुल एकदम जिर्ण भएकाले मर्मत मात्रै गरेर नहुने,नयाँ पुलनै निर्माण गर्नुपर्नेछ।यसैका लागि हामिले बजेट पहल गरेका छौ।
श्रावण बाट नयाँ बजेट लागू हुन्छ । यदि अहिलेको बजेटको उचित सदुपयोग गरेर बिकास निर्माणमा खर्च गरिएन भने यस बर्षको बजेट त्यसै फृज भएर जान्छ। यसैले बजेटको जसोतसो खर्च गर्ने बिकासका नाममा रमिताहरु गाउँसहरमा देखिदै आएका छ्न।यद्यपि यो नौलो भने पक्कै होइन ।यस्तो परम्परा ले बर्सेनि निरन्तरा पाइरहेकै छ। तोकिएको समयमा अनेक ढिलासुस्ती गर्ने, काम नगर्ने ,लापरबाही गर्ने अनि जब असार लाग्न थाल्छ बर्खा लाग्न थाल्छ त्यसपछी गाउँघरमा बाटो पिच गर्ने ,मर्मत सम्भार गर्ने गरिन्छ।किन यस्तो अबस्था आयो भनेर जबाफ माग्दा स्थानिय,प्रदेश र केन्द्रले एकअर्कालाई दोस लगाउने बाहेक अरु केही हुदैन। देश संघियतामा गैसक्दा पनि केन्द्रकै मुख ताक्नुपर्ने स्थानिय सरकारको गुनासो छ । यो दृश्य बर्सेनि देखिदै आइरहेको दृश्य हो।यसले केही हदसम्म बजेट फ्रिज हुनबाट त जोगाउला तर हतारमा गरेको काम दिगो,प्रभावकारी भने किमार्थ हुदैन।

