• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • स्थानीय
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • भिडियो
  • थप
    • समाज
    • साहित्य
    • आर्थिक
    • पर्यटन
    • अन्तराष्ट्रिय
    • राशिफल
    • रोचक
×
मङ्गलबार, साउन १२, २०८३
    • प्रमुख समाचार
    • समाचार
    • राजनीति
    • स्थानीय
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • भिडियो
    • थप
      • समाज
      • साहित्य
      • आर्थिक
      • पर्यटन
      • अन्तराष्ट्रिय
      • राशिफल
      • रोचक

भर्खरै

सुनसरी घटना : निष्पक्ष छानबिन र दोषीलाई कारबाही गर्न एमालेको माग

ग्यास आपूर्तिको अवस्था बुझ्न उद्योग मन्त्रीद्वारा उद्योगहरूको स्थलगत अनुगमन

कम्बोडियाबाट एक वर्षमा ४ सय नेपालीको उद्धार, साइबर दास बनाउने गिरोह सक्रिय

सार्वजनिक खरिद ऐन संशोधनविरुद्ध सर्वोच्चमा रिट

नारायणी अस्पतालका चिकित्सकले दिए सामूहिक राजीनामा, आकस्मिक सेवा पनि बन्द

कर्णालीको पाँचौँ मुख्यमन्त्री बन्दै मंगलबहादुर शाही

अस्पतालमा ओपीडी बन्द: बिरामी र आफन्त अलपत्र!

आज देशभरका अस्पतालहरूमा आकस्मिक बाहेकका सबै सेवा बन्द

सिमलतालमा खसेको पहिरो पन्छाइयो : बिहानै अवरुद्ध बनेको मुग्लिन–नारायणगढ सडक पुनः सञ्चालनमा

लोकप्रिय समाचार

  • १. मधेसका १० पालिकामा एकीकृत कृषि कार्यक्रम कार्यान्वयन गरिने मन्त्री चौधरीको भनाइ

  • २. प्राधिकरणद्वारा मोरङ र सुनसरीका विद्युत् वितरण प्रणालीको अनुगमन

  • ३. बुद्धले थप्यो नयाँ सिरिजका एटीआर विमान एटीआर-७२-६००

  • ४. एमबीएसको प्रश्न पत्र सामाजिक सञ्जालमा बाहिरिएपछि त्रिविले बनायो छानबिन समिति

  • ५. भरतपुर कारागारमा कैदी बस्ने स्थानको अभाव

  • ६. ५ हजार अमेरिकी डलरभन्दा बढी नगद ल्याउँदा भन्सार घोषणा गर्नुपर्ने, भारु सटहीमा पनि नयाँ नियम

  • ७. डा. गोविन्द केसीसँग वार्ता गर्न प्रधानमन्त्री र स्वास्थ्य मन्त्रालयका प्रतिनिधि धनगढी

  • ८. ज्येष्ठ नागरिकसहित प्राथमिकतामा परेका ४८ जना बचतकर्ताले पाए रकम

  • ९. धनगढीमा सरकारी वार्ता टोलीले थाल्यो डा. केसीका प्रतिनिधिसँग छलफल

  • १०. सुनसरी घटना: सीडीओ घिमिरेसहित सुरक्षा प्रमुखहरू फिर्ता, ईश्वरीप्रसाद अर्याल नयाँ सीडीओ

लकडाउनमा किसान मारमा:बजारमा माग नहुदा बारिमा कुइन थाले तरकारी


२० जेठ ,भरतपुर
पश्चिम् चितवनको भरतपुर महानगरपालिका पच्चिसकि नौमाया बिकलाई अहिले पिर पर्न थालेको छ।आफ्नो तीन कठआको खेतमा बिगत दुई बर्षदेखि तरकारी खेती गरिरहेकी उनलाइ तरकारी बिक्री नभएर पिर पर्न थालेको हो।कोरोनाका कारण देशमा भएको दोस्रो चरणको निशेधज्ञाले विभिन्न क्षेत्रहरू जस्तै कृषि क्षेत्रमा पनि पारेको प्रभावले गर्दा बिक लगायत देशभरका किसान अहिले चिन्तामा छ्न।दुखगरेर उत्पादन गरेको तरकारिले उचित मूल्य सहितको बजार नपाउदा आफू चिन्तित भएको बिकले बताइन् ।तरकारी खेती गरेरै अहिलेसम्म जेनतेन निर्बाह गर्दै आएकी थिए ,सन्तानलाइ स्कुल पढाउन सकिरहेकी थिए तर अहिले त लगाको तरकारीपनि बिक्री भएन,लगानी समेत उठेन ,यस्तै यस्तै मनभारी गरेर बिकले हामी सङ गुनासो पोखिन् ।लकडाउन अघि लामोसमयसम्म खेतमै बिताउने बिक अहिले पुर्पुरोमा हात राखेर गहिरो चिन्तामा परेकी छिन।अरुबेला उनको दैनिकी खेतमै मलजल गर्ने,गोडमेल गर्ने ,मजदुर साथिहरुसङ हास्दै रमाउदै खेतमा काम गर्दै बित्ने गर्थ्यो तर अहिले बजारमा तरकारिको माग नहुदा आफ्नै खेतमा तरकारी कुइएको हेर्न बाध्य बनेकी छिन ।तरकारी खेतभरी लटरम्म फलेपनी बिकलाइ अब त्यो तरकारी टिप्नु छैन।बरु कुइएरै जाओस,तरकारी टिपेर कुनै फाइदा छैन।निकै न्यून मूल्य दस रुपया पाच रुपैयामा तरकारी बेच्न परेकाले टिपेर कुनै अर्थ नरहेको बिकले हामी सङ बताइन्। यस्तै बिक कै खेतमा मजदुरि गर्दै आएकी भरतपुर २५ कै मिना महत्तोको पिडा पनि उत्तिकै दर्दनाक छ।बिगत ८ बर्ष देखि मजदुरी गर्दै आएकी महत्तो १०० रुपया देखि लिएर अहिले ४०० रुपैयामा अरुको खेतमा दैनिक ८ घन्टा काम गर्दै आइरहेकी छिन। हामी मजदुरहरुको ज्यालामा पनि एकरुपता छैन,कसैले ३०० दिन्छ्न ,कसैले ४०० दिन्छ्न त कसैले २०० मै काम लगाउने गरेका छ्न ,महत्तोले हामी सङ गुनासो गरिन। गरिबीकै कारण सामान्य अबस्थामा पनि दैनिकि चलाउन गारो भैरहेको महत्तोलाइ अहिले लकडआउनले झन पिरोलेको छ।अर्काको अधिया गरेर अहिलेसम्म जेनतेन जुगाड गरिरहेको भएतापनी अब यसरिनै लक्डआउन थपिने हो भने घरमा चुलो बल्न पनि गारो पर्ने महत्तोले बताइन।यस्तै भरतपुर २५ कै अर्का तरकारी खेती गरिरहेका युवा किसान चिरञ्जीवी सापकोटाको पनि ब्येथा उस्तै छ।आफ्नै खेतमा काक्रो,टमाटर ,बोडी र करेला लगाएका सापकोटाको पनि काक्रो र टमाटर खेतमै कुइएका छ्न।लगाको तरकारी बिक्री गर्न नसकेर कुइएकोले सारा लगानी बालुवामा पानी भएको सापकोटाले बताए।
निशेधज्ञाकै कारणले आफुलाइ यस्तो पर्दा नि सरोकारवाला निकाय बाट केही ढाडस नपाउदा दुख लाग्ने र काम गर्न पनि हिम्मत मरेको सापकोटाले बताए।ग्राउन्ड जिरो रिपोर्टिङमा सुनिएका किसानहरुको पिडाहरुकै बिच सोही वडामा तरकारी खेती गरिरहेका युवा किसान लेखनाथ भुसालको भने कथा अल्लि बेग्लै छ।भरतपुर २५ कै शुक्रनगरमा १०० बिगाह जमिनमा १८ जना युवाहरुको नेतृत्व गर्दै भुसालको सामुहिक तरकारी खेतिमा भने यसपाली घाटा कम भएको छ। सामुहिक खेती गरेकै कारण लक्डआउनले गर्दा धेरै नोक्सानी नभएको भुसाले बताए।एक्लाएक्लै खेती गर्दा ठाउँमा कुरा पुर्‍याउन नसक्ने, बिचौलियाले पेल्ने, मूल्य नपाउने समस्या थियो। त्यसमाथि लकडाउन हुँदा तरकारी बारीमै कुहिएको टुलुटुलु हेरेर बस्नुपर्ने बाध्यता थियो,’ उनले हामिसङ भने, ‘समूहमा खेती गर्न थालेपछि यी समस्याहरू हट्दै गए।निषेधाज्ञाको सुरूआतमा करेला र काँक्रोमा घाटा लागे पनि अन्य तरकारीबाट घाटा हुन पाएन,’ भुषालले भने, ‘विभिन्न ठाउँमा सम्पर्क गरी तरकारी बिक्री गर्‍यौं।’

Advertisement

किसानहरु समस्या लिएर महानगरपालिका आउनुपर्छ बल्ल हामी पहल गर्छौ :पुर्सोतम तिवारी
भरतपुर महानगरपालिकाको कृषि शाखाका पुर्शोतम तिवारिले किसानहरु समस्या लिएर महानगरपालिका नआएकाले आफुले केही गर्न नसकेको बताए।पोहोरपनी गरिमा धान र गाजर खेतिमा यस्तै समस्या आएकाले गरिमा धान लगाएका कृषकहरुलाइ क्षतिपुर्ती दिएको तिवारिले बताए।मजदुर ज्यालाको सवालमा भरतपुरमहानगरपालिकाले ५८० रुपैया तोकेको र त्येही अनुसार हुनुपर्नेमा तिवारिको जोड थियो। तर महानगरको कृषि शाखामा जनशक्तिको अभावले गर्दा अनुगमनका लागि किसानको खेत सम्म जान नसकेको तिवारिले स्विकारे।बिचौलियाको बिगबिगिबाट जोगिन किसानहरु अब संगठइत हुनुपर्नेमा तिवारिको जोड थियो।

Advertisement

निशेधज्ञाबाट प्रभावित किसानहरुको लगत संकलन गरेर किसानलाइ केही सहयोग गर्छौ:राजन ढकाल

निशेधज्ञाका कारण तरकारी मुख्य सहरका बजार सम्म पुग्नलाइ प्रशासनबाट केही रोकतोक नभएपनी बजारमा माग कम हुदा किसानहरु मारमा परेको प्रदेश स्तरिय सरोकारवाला निकाय कृषीज्ञान केन्द्र चितवनका प्रमुख राजन ढकालले बताए।बजारमा ल्याउन नपाएर कुइएर जाने अब्स्था छैन तर मुख्य बजारका उपभोक्ता नै गाउँ तर्फ हानिएकाले तरकारी बिक्री हुन नसकेको ढकालले बताए। किसानका आलो घाउमा मलम लगाउन आफुहरु लागि परेको ढकालले बताए।उनले भने कोरोना प्रभावित किसानहरुको लगत संकलन गरेर आउदो सिजनमा कोरोना प्रभावित कृषि उत्पादन सामाग्री सहयोग कार्येक्रम ल्याउने पहल गरेका छौ।छिटो स्वीकृत भएर किसानले राहत पाउनेमा बिश्वास छ।

प्रशोधन र भणडारण गर्नी हो भने तरकारी कुइएर जादैन:मेघनाथ तिमिल्सिना

किसानले उत्पादन सङै प्रशोधन र भणडारण गर्ने हो भने तरकारी कुइएरै फाल्नुपर्ने अब्स्था नआउने प्रधानमन्त्री कृषी आधुनिकिकरण परियोजनाका बरिस्ठ कृषि अधिकृत मेघनाथ तिमिल्सिनाले बताए। किसानका तरकारी बजारिकरणका लागि सहज बनाउन धुवानिका लागि भरतपुर महानगरपालिका अन्तर्गत केरुङा ताजा तरकारी उत्पादक सहकारी,साटम्बरी र ज्ञानेश्वर ताजा तरकारी लाई जिम्मा दिएको उनले बताए।यद्यपि अहिलेसम्म धुवानिका लागि सहुलियत दिनि कार्यक्रम नभएको र आगामी दिनमा यस्ता कार्येक्रम ल्याउने तिमिल्सिनाले बताए।किसानले बजार मूल्य पाएन भने ग्यारेन्टी गर्ने नीति तथा कार्येक्रम आउनुपर्नेमा तिमिल्सिनाको जोड थियो।

बिहिबार, जेठ २०, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

सुनसरी घटना : निष्पक्ष छानबिन र दोषीलाई कारबाही गर्न एमालेको माग
ग्यास आपूर्तिको अवस्था बुझ्न उद्योग मन्त्रीद्वारा उद्योगहरूको स्थलगत अनुगमन
कम्बोडियाबाट एक वर्षमा ४ सय नेपालीको उद्धार, साइबर दास बनाउने गिरोह सक्रिय
सार्वजनिक खरिद ऐन संशोधनविरुद्ध सर्वोच्चमा रिट
नारायणी अस्पतालका चिकित्सकले दिए सामूहिक राजीनामा, आकस्मिक सेवा पनि बन्द
कर्णालीको पाँचौँ मुख्यमन्त्री बन्दै मंगलबहादुर शाही

लोकप्रिय

  • १.
    मधेसका १० पालिकामा एकीकृत कृषि कार्यक्रम कार्यान्वयन गरिने मन्त्री चौधरीको भनाइ

  • २.
    प्राधिकरणद्वारा मोरङ र सुनसरीका विद्युत् वितरण प्रणालीको अनुगमन

  • ३.
    बुद्धले थप्यो नयाँ सिरिजका एटीआर विमान एटीआर-७२-६००

  • ४.
    एमबीएसको प्रश्न पत्र सामाजिक सञ्जालमा बाहिरिएपछि त्रिविले बनायो छानबिन समिति

  • ५.
    भरतपुर कारागारमा कैदी बस्ने स्थानको अभाव

  • ६.
    ५ हजार अमेरिकी डलरभन्दा बढी नगद ल्याउँदा भन्सार घोषणा गर्नुपर्ने, भारु सटहीमा पनि नयाँ नियम

भर्खरै

  • १.
    सुनसरी घटना : निष्पक्ष छानबिन र दोषीलाई कारबाही गर्न एमालेको माग

  • २.
    ग्यास आपूर्तिको अवस्था बुझ्न उद्योग मन्त्रीद्वारा उद्योगहरूको स्थलगत अनुगमन

  • ३.
    कम्बोडियाबाट एक वर्षमा ४ सय नेपालीको उद्धार, साइबर दास बनाउने गिरोह सक्रिय

  • ४.
    सार्वजनिक खरिद ऐन संशोधनविरुद्ध सर्वोच्चमा रिट

  • ५.
    नारायणी अस्पतालका चिकित्सकले दिए सामूहिक राजीनामा, आकस्मिक सेवा पनि बन्द

  • ६.
    कर्णालीको पाँचौँ मुख्यमन्त्री बन्दै मंगलबहादुर शाही

  • ७.
    अस्पतालमा ओपीडी बन्द: बिरामी र आफन्त अलपत्र!

  • ८.
    आज देशभरका अस्पतालहरूमा आकस्मिक बाहेकका सबै सेवा बन्द

हाम्रो बारेमा

वन स्टेप मिडिया प्रा. लि द्वारा सञ्चालित
www.onestepkhabar.com
कम्पनी दर्ता नं
२५७६१६/०७७/०७८
सूचना तथा प्रसारण विभाग दर्ता नं.
२९३८-२०७८/७९
प्रेस काउन्सिल नेपाल सूचिकरण प्रमाणपत्र नं.
२९७०

हाम्रो टीम

अध्यक्ष/ सञ्चालक
आयुष न्यौपाने

सम्पादक
गणेश सुबेदि

संवाददाता
बिशाल सापकोटा

सम्पर्क

समाचार र विज्ञापनका लागि सम्पर्क
९८६५००४१००

ठेगाना
भरतपुर-७,चितवन

ईमेल
[email protected]

Copyright ©2026 One Step Khabar | All rights Reserved.
 Website By :  nwTech.