चितवन । चितवनमा जारी निषेधाज्ञा जेठ २० गतेसम्म लम्बिएको छ ।
आज ( बुधबार ) एक सुचना जारी गरि निषेधाज्ञा लम्बाइएको हो । चितवन प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले जेठ २० गतेसम्म निषेधाज्ञा गर्न डिसिसिएम चितवनले सिफारिस गरेको बताउनुभयो । सिफारिस अनुसार जिल्ला प्रशासन कार्यालय चितवनले निषेधाज्ञा लम्बाउने निर्णय गरेको हो। भोलि जेठ १३ गते दोस्रो चरणको निषेधाज्ञा सकिदैँछ ।
चितवनमा दोस्रो लहरको संक्रमण बढ्दै गएपछि प्रशासनले पहिलो चरणमा वैशाख १६ गते राती १२ बजे देखि ३१ गते सम्म निषेधाज्ञाको जारी गरेको थियो । त्यसपछि दोस्रो चरणमा वैशाख ३१ गते देखी जेठ १३ गते सम्म निषेधाज्ञा थपिएको थियो । यो अवधिमा पनि संक्रमण दर नघटेपछि फेरि चितवनमा तेस्रो चरणको निषेधाज्ञा जेठ २० गते सम्म लाई लम्बाईएको हो ।
Advertisement

