भरतपुर, बैशाख १२।
ठिमुरा देवघाट जोड्ने त्रिशुली नदी माथि बनिरहेको पक्की पुल निर्माणका क्रममा भत्कीएर मजदुर त्रिशुलीमा खस्दा २ वेपत्ता भएका छन् भने तीन जनाको उद्वार गरिएको छ ।
आज बिहान ९ वजे तिर पुलमा फलामको काम गर्दै गर्दा फलाम सहित मजदुर खसेका जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरिक्षक ओमप्रसाद अधिकारीले जानकारी दिनुभयो । उहाँले त्रिशुलीमा बेपत्ता भएका दुई जनाको खोजी भईरहेको फलामले च्यापिएका तीन जनाको उद्वार गरिएको बताउनुभयो । उद्वार गरिएकाहरुलाई उपचारका लागि भरतपुर तर्फ ल्याइदै गरेको छ उहाँले जानकारी दिनुभयो ।
Advertisement
सो स्थानमा आज बिहानै देखि १८ जना मजदुर काम गरिरहेका थिए ।

