चितवन। भरतपुर महानगरपालिका– १७ रामपुर चौकी नजिकै एक म्याजिक अनियन्त्रित भई पल्टिँदा २ जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालयका चितवनका अनुसार मृत्यु हुनेमा ४५ वर्षीय र ५५ वर्षीय पुरुष रहेका छन् । उनीहरु मध्ये ४५ वर्षीय पुरुष अस्पताल लाने क्रममा र ५५ वर्षीय पुरुष उपाचारको क्रममा मृत्युु भएको हो । मृतक दुवैको पहिचान खुल्ल नसकेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाले जानकारी दिनुभयो । त्यस्तै घाइते मध्ये लम्जुङ दोर्जि गाउँपालिका ३ वस्ने बर्ष ३१ को विनोद गुरुङको र
रसुवा जिल्ला कालिका गाउँपालिका २ बस्ने वर्ष १९ का प्रदिप घिमिरेको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । उनिहरुको अवस्था सामान्य रहेको छ।
त्यस्तै म्याजिक चालक भरतपुर १९ शारदानगर बस्ने बर्ष ३५ को रमेश थापाको दुबै खुट्टा भांचिएको र उनको अवस्था गम्भिर रहेको छ । उनको नया मडिकल कलेजमा उपचार भईरहेको छ ।
त्यस्तै भरतपुर महानगरपालिका ६ बस्ने बर्ष ४७ की शारदा परियार, भरतपुर महानगरपालिका २१ पार्वतिपुर बस्ने बर्ष ४८ की कुमारी बि.क र भरतपुर महानगरपालिका १९ शारदानगर बस्ने बर्ष ३२ की बबिता गुरुङ गम्भिर घाइते भएका छन् । उनीहरुको भरतपुर सरकारी अस्पतालमा उपचार भई रहेको छ ।
। त्यस्तै भरतपुर महानगरपालिका १९ रामपुर बस्ने बर्ष २४ को अनुप लामाको सामान्य अवस्थामा रहेको छ । उनको स्थानिय मेडिकल रामपुरमा उपचार भई रहेको छ ।
भरतपुरबाट शारदानगर टाउन तर्फ जांदै गरेको ना१ज ३८५९ नम्बरको म्याजिक आफै अनियन्त्रित भई सडकको कल्बर्डबाट तल खाल्डोमा खसेको हो ।

