भरतपुर, चैत्र ७।
विभिन्न सामाजिक कार्यक्रम गर्दै आएको सामाजिक संस्था बि .एफ.डि.एम ले चैत ७ गते शनिबारका दिन “एक घर एक ब्यक्ती स्वच्छ राखौं हाम्रो धर्ती ” भन्ने मुल नाराका साथ चौबीसकोठी चोक देखि मालपोत चोक सम्म सरसफाइ कार्यक्रम गरेको छ ।
कार्यक्रममा सहभागी हुँदै BFDM का सदस्यहरुले फोहोर ब्यबस्थापनका लागि सडक आसपासका पसलहरुमा जनचेतना जगाउने समेत कार्य गरेका थिए।
फोहोर ब्यबस्थापन कार्यमा युवाहरु जागरुक हुन र फोहोर ब्यबस्थापनमा महानगर सक्रिय हुन समेत आग्रह गरेका छ्न ।
Advertisement

