भरतपुर, चैत्र ७।
हेल्प फर हेप्पिनेसको आयोजना आज रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
चितवन को कालिका नगरपालिका को सहिद स्मृति कलेज पदमपुर शाखा कालिका ४ मा भएको बृहत खुल्ला मेयर रक्तदान कार्यक्रम मा महिला र पुरुष गरि २७ जानाले रक्तदान गर्नु भएको छ ।
Advertisement
कालिका नगरपालिकाका नगर प्रमुखको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रममा हेल्प फर हेप्पिनेस का चितवन अध्यक्ष रमन वाग्ले लाई ब्लड ब्याग दिइ कार्यक्रम को उद्घाटन गर्नु भएको थियो । 
अस्पतालहरुको शहरका रुपमा चिनिने चितवनमा रगतको अभाव हुँदै गएकाले रक्तदान कार्यक्रम आयोजना गरिएको र चितवनमा देशका विभिन्न जिल्लाबाट तथा छिमेरी देश भारतबाट पनि बिरामीहरु उपचारका लागी आउने भएकाले रगतको कमि हुन नदिने उद्देश्यले रक्तदान कार्यक्रम गरिएको अध्यक्ष रमन वाग्लेले वन स्टेप खबरलाई जानकारी गराउनु भयो।

