भरतपुर, चैत्र ७।
अर्किड स्कूल, भरतपुरमा विद्यार्थीहरुको विभिन्न विषयगत सिर्जनात्मक प्रोजेक्टहरुको एकत्रित प्रदर्शनी तथा सांस्कृतिक प्रस्तुति ‘कार्निभल २०२१’ भव्य रुपमा सम्पन्न भएको छ। विशुद्ध रुपमा विद्यार्थीहरुद्वारा आयोजित उक्त कार्यक्रम संभवत जिल्लामै पहिलो रहेको विद्यालयका सह-प्राचार्य ओमराज मैनालीको भनाइ छ। 
‘साइन्स फर म्याजिक एण्ड फन’, ‘साइन्स एक्जिबिसन’, ‘आवर कल्चर, आवर प्राइड’, ‘आइसिटी एक्स्पो’, ‘टिमवर्क एण्ड कोल्याबोरेसन’, ‘आवर लिटेररी कृएशन’, ‘आर्ट एण्ड ह्याण्डिक्र्याफ्ट एक्स्पो’, ‘म्याथ्म्याटिक्स एक्सपेरिमेन्टल मोडेल’ प्रोजेक्टका प्रदर्शनी रहेका थिए।
विद्यार्थीहरुको कला तथा भेषभूषा प्रदर्शनी , गायन तथा नृत्य आदि प्रस्तुतिले कार्यक्रमको रौनकतामा वृद्धि गरेको थियो। भरतपुर मेट्रो प्याबसनका अध्यझ लेखनाथ खनाल, अर्किड स्कूल अभिभावक संघका अध्यक्ष कृष्हरि पण्डित, भ्याली स्टेट कलेजका प्राचार्य बाबुराम खनाल, स्थानीय टोल विकास संस्थाहरुका अध्यक्ष एवं प्रतिनिधिहरुको आतिथ्यता रहेको उक्त कार्यक्रम विशुद्ध रुपमा विद्यार्थीहरुको मौलिक प्रतिभा उजागर गर्ने माध्यम रहेको अवलोकनमा पाल्नुहुने समस्त अभिभावकहरुको भनाइ रहेको छ।

