चितवन, फागुन २९। भरतपुर-४,वैकुण्ठपथ,लंकु,चितवनमा श्री निउरे खाद्य उद्योगको शुभारम्भ भएको छ।नेपाल सन्त समाजका केन्द्रीय अध्यक्ष स्वामी ज्ञानानन्द सरस्वतीको प्रमुख आतिथ्य ,लक्ष्मीवैकुण्ठनाथ मन्दिर ,लंकु,चितवनका पीठाधीश स्वामी जगन्नाथाचार्यज्यूको विशिष्ट आतिथ्यमा सम्पन्न कार्यक्रममा निम्बार्क दर्शन केन्द्र गैंडाकोटका पीठाधीश हरिशरण उपाध्याय ,लक्ष्मीनारायण मन्दिर देवघाटका पीठाधीश स्वामी श्रीधराचार्य,शुकदेव भागवत आश्रम गैंडाकोटका उत्तराधिकारी स्वामी लक्ष्मणाचार्य, अखण्ड हरिकीर्तन बाबा उमानाथ कंडेल ,स्वामी पद्मनाभाचार्य, वाग्मती प्रदेश सभा सदस्य गीता वाग्ले ,भरतपुर -४ का वडाध्यक्ष हरिप्रसाद आचार्य ,विश्व हिन्दू महासङ्घ नेपालका केन्द्रीय सदस्य टंकनाथ पौडेल लगायतका महानुभावहरूको उपस्थिति रहेको थियो। श्री वैकुण्ठनाथ परम वैदिक विद्या प्रतिष्ठानम्(गुरुकुलम्) लंकु,चितवनका विद्यार्थीहरूद्वारा गरिएको वैदिक मङ्गलाचरण एवम् उद्योगका प्रोप्राइटर फूलनाथ निउरेको स्वागत मन्तव्यबाट सुरु गरिएको कार्यक्रम देवीलाल निउरेको सभापतित्वमा सम्पन्न भएको थियो।कार्यक्रमको संचालन नारायणी-गण्डकी-महाआरती-परिषद्का सचिव श्रीहरि कंडेल (हरीश)ले गर्नुभएको थियो।उद्योगमा शुद्ध तोरीको तेल,चामल,गहुँको दलिया,मकै-चामल-गहुँ- फापर एवम् कोदोको पीठो पाइने उद्योगका प्रोप्राइटर फूलनाथ निउरेले बताउनुभयो।
चितवनमा निउरे खाद्य उद्योगको शुभारम्भ चितवनमा निउरे खाद्य उद्योगको शुभारम्भ
चितवनमा निउरे खाद्य उद्योगको शुभारम्भ चितवनमा निउरे खाद्य उद्योगको शुभारम्भ
तपाईको प्रतिक्रिया

