बेवारिसे ब्यवस्थापन तथा पुनर्जीवन केन्द्रका अध्यक्ष समाजसेवि भनिने बिनयजंग बस्नेतको घिन लाग्दो हर्कत बाहिरिएको छ। बिनयजंग बस्नेत लामो समय देखी बेवारिसेहरुको लाश जलाएर चर्चामा आएका थिए। बिनयले आफ्नो छोरी बताउने सपना रोकाय मगर माथी योन दुव्र्यवहार गरेको खुलेको छ। सपना सन २०२० को बिबिसीको १०० प्रभावसाली महिलाबाट समेत सम्मानित भएकि छ्न। सपना रोकाय मगर म्याग्दी जिल्लामा जन्मिएकि हुन्। उनि बिनयजंग बस्नेतसंगै काठमाडौंमा बेवारिसेहरुको लास जलाउदै आएकि थिइन। पछिल्लो समय बिनयको र सपनाको सम्बन्ध नराम्रो भएको भन्ने कुराको चर्चा भै रहदा उनिहरुको सम्बन्ध किन नराम्रो भएको रहिछ भन्ने कुरा खुलेको छ।
युटुबमा गोल्डेन टिभि नामक च्यानलमा आएको सपना रोकाया मगरको बुबा जित प्रसाद रोकाया मगर र आमा नानु रोकाया मगरको अन्तर्वार्ताबाट : सपानाकि आमाका अनुसार बिनयले सपनाकि आमालाई बेला बेलामा भिडियो कल गरि, म हजुरको छोरा हु सपनलाई पनि माया गर्ने गालामा म्योइ खाने गरेको बताए कि छिन। बिनयले सपनाको मोबाइलमा म्यासेज गरेर आमा हो कि छोरि हो? यति बेला सम्म सुत्न्नु पर्दैन? भनेर भनेका, भोलि पल्ट आएर हिजो अबेरसम्म मोबाइल चलाएको कल्ले हो? भनेर सोधेका थिए तर मोबाइमा सपनाकि आमाले युटुबमा भिडियो हेरेकि थिइन, यो मोबाइलले बिगार्यो भन्दै बिनयले सपनाको मोबाइल समेत फुटाइदिएको कुरा आमाले गरेकि छिन।
सपनाको जन्मदिन मनाउनको लागि केक ल्याइकेको थियो , सपनाले बिनयलाई केक काट्ने कतै नजानु भन्दा बिनयले तैले नै काटेर मना भने पछि संगै जन्मदिन मनाउन गएका सपनाका बुबा आमा पनि अचम्मित बनेका र अहिले सम्म छोरी भनेर बिनयले माया गरेको देखावटी मात्रै रहेछ र आफुलाई त्यो देखेर निकै दुख लाएको उनकि आमाले बताएकि छिन।
सपनाको जन्मदिन मनाएर घर जाने बेला उनका परिवारले सपनालाई दसैं मनाउनको लागि घर लैजान्छौ भन्दा बिनयले लैजानु तर यो ठाउँमा, यो संस्थामा कहिले पनि नफर्काउनु भने र सपनालाई समेत जाने भए जा यो संस्थामा कहिल्यै नआइज कतै यो संस्थाको बेज्जेत गरिस भने त कुन ठाउँमा छस त्यही आएर काट्छु समेत भनेका रहेछ्न।
आफुहरु छोरीको जन्मदिन मनाउनको लागि गए पछि बिनयको मुहारमा कहिल्यै खुसि नदेखिएको र उनको गतिविधि समेत फरक हुदै गएको, सधैं रिसाउने मात्र गर्ने र सपनालाई मानसिक तनाव दिने गरेको, कृषि मन्त्रालयको कार्यक्रममा सपनाको नाम लेख्दा सपना रोकाय मगर बस्नेत लेख भन्ने बाहिर देखाउदा छोरि हो भन्ने तर भित्र भित्र चागि बस्नेत अर्थात श्रीमति बनाउन खोजेको कुरा समेत सपाका बुबाले अन्तर्वार्तामा बताएका छ्न।
बिनयले सपनाकि आमालाई एउटा श्रीमति खोज्दिन लगाएको जसरी भए पनि चाहियो नत्र सपना रोकाय मगर नभएर सपना बस्नेत बनाउछु भनेर सपानाकि आमालाई धम्की दिएको समेत कुरा आएको छ। बिनय र सपना मिलेर काम गरेको करिब ३ बर्ष भयो भन्न्ने कुरा सबै तिर आउदा उनका बुबाले बिजय र सपनाको सहकार्य २०७७ बैशाख ८ गतेबाट भएको हो भन्ने कुरा बताएका छ्न।
सपनाले यस्तो राम्रो काम गर्ने दाइ हुनुहुन्छ म पनि दाइसगै काम गर्छु भने पछि सपनाको घर परिवारले राम्रो काम हो भनेर स्वीकृत दिएको बताएका छ्न। सपनालाई १०० प्रभावसाली महिलाको सुचिबाट मिलेको सम्मान बिनयले गर्दा भएको चाहि हो तर पटक पटक त्यस्को फाइदा उठाउन खोजेको र आजसम्म हामी सहेर बसेउ अब चाहि कानुनि उपचारमा जाने कुरा सपनाको बुबा आमाले गरेका छ्न। सपनालाई अपशब्द बेल्ने, गालि गर्ने, तनाव दिने अधिकार बिनयलाई कस्ले दियो? अब चाहि हामी चुप लागेर बस्दैनौ भनेर सपनाका बुबाले अन्तर्वार्तामा बताएका छ्न।
यस्ता समाजसेवीको नाममा कथित अपराध गर्ने बिनय जंग बस्नेत जस्तालाई अब सबै आम सर्वसाधारणले समेत खुलेर बिरोध गर्नु पर्ने देखिएको छ। समाजसेवाको खोल ओढेर गलत काम गर्नेलाई कानुम बमोजिम कडा भन्दा कडा सजाय दिनु पर्ने छ।

