भरतपुर , १६ माघ ।
शहीद दिवसको अवसर पारेर चितवनको भरतपुरमा ६५ फिट अग्लो नेपालको राष्ट्रिय झण्डा फहराइएको छ ।
हाम्रो शान, हाम्रो स्वाभिमान राष्ट्रिय झण्डा हाम्रो पहिचान भन्ने नाराका साथमा शुक्रबार राष्ट्रिय झण्डा फहराइएको हो । सामाजिक परोपकारी कममा सक्रिय हेल्प फर हेप्पीनेस नामक संस्थाले विभिन्न संघसंस्थासँग गर्दै भरतपुरको चौबीसकोठीमा राष्ट्रिय झण्डा फहराएको हो । नेपालको झण्डाको आफ्नै मौलिकता रहेको र यसको सबैले सम्मान गर्नुपर्छ भन्दै झण्डा फहराइएको हेल्प फर हेप्पीनेस चितवनका संयोजक रमण वाग्लेले बताए ।
हेल्प फर हेप्पीनेसका केन्द्रीय अध्यक्ष एवं संस्थापक नवीन तिवारीले करिब एक लाख रुपैयाँको लगानीमा झण्डा निर्माण गरेर चौबीसकोठीमा फहराइएको जानकारी दिए । चौबीसकोठी जिल्लाकै केन्द्रबिन्दु तथा नेपालको मुख्य नाका भएकालेसमेत यहाँ झण्डा राखिएको तिवारीले बताए । चौबीसकोठी नजिकै विमानस्थल पनि भएकाले आन्तरिक तथा वाह्य पर्यटकको आकर्षणका रुपमा झण्डा फहराइएको तिवारीको भनाइ छ ।
झन्डोत्तलन कार्यक्रममा भरतपुर महानगरपालिका वडा नम्बर १० का वडाअध्यक्ष अरुणपीडित भण्डारीले सो झण्डाको संरक्षणका लागि वडा कार्यालयबाट पहल हुने प्रतिवद्धता जनाएका छन् ।
भरतपुरको चौबीसकोठीमा फहरायो ६५ फिट अग्लो नेपालको झणडा
भरतपुरको चौबीसकोठीमा फहरायो ६५ फिट अग्लो नेपालको झणडा
Advertisement
तपाईको प्रतिक्रिया

