• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • स्थानीय
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • भिडियो
  • थप
    • समाज
    • साहित्य
    • आर्थिक
    • पर्यटन
    • अन्तराष्ट्रिय
    • राशिफल
    • रोचक
×
मङ्गलबार, साउन १२, २०८३
    • प्रमुख समाचार
    • समाचार
    • राजनीति
    • स्थानीय
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • भिडियो
    • थप
      • समाज
      • साहित्य
      • आर्थिक
      • पर्यटन
      • अन्तराष्ट्रिय
      • राशिफल
      • रोचक

भर्खरै

सुनसरी घटना : निष्पक्ष छानबिन र दोषीलाई कारबाही गर्न एमालेको माग

ग्यास आपूर्तिको अवस्था बुझ्न उद्योग मन्त्रीद्वारा उद्योगहरूको स्थलगत अनुगमन

कम्बोडियाबाट एक वर्षमा ४ सय नेपालीको उद्धार, साइबर दास बनाउने गिरोह सक्रिय

सार्वजनिक खरिद ऐन संशोधनविरुद्ध सर्वोच्चमा रिट

नारायणी अस्पतालका चिकित्सकले दिए सामूहिक राजीनामा, आकस्मिक सेवा पनि बन्द

कर्णालीको पाँचौँ मुख्यमन्त्री बन्दै मंगलबहादुर शाही

अस्पतालमा ओपीडी बन्द: बिरामी र आफन्त अलपत्र!

आज देशभरका अस्पतालहरूमा आकस्मिक बाहेकका सबै सेवा बन्द

सिमलतालमा खसेको पहिरो पन्छाइयो : बिहानै अवरुद्ध बनेको मुग्लिन–नारायणगढ सडक पुनः सञ्चालनमा

लोकप्रिय समाचार

  • १. मधेसका १० पालिकामा एकीकृत कृषि कार्यक्रम कार्यान्वयन गरिने मन्त्री चौधरीको भनाइ

  • २. प्राधिकरणद्वारा मोरङ र सुनसरीका विद्युत् वितरण प्रणालीको अनुगमन

  • ३. बुद्धले थप्यो नयाँ सिरिजका एटीआर विमान एटीआर-७२-६००

  • ४. एमबीएसको प्रश्न पत्र सामाजिक सञ्जालमा बाहिरिएपछि त्रिविले बनायो छानबिन समिति

  • ५. भरतपुर कारागारमा कैदी बस्ने स्थानको अभाव

  • ६. ५ हजार अमेरिकी डलरभन्दा बढी नगद ल्याउँदा भन्सार घोषणा गर्नुपर्ने, भारु सटहीमा पनि नयाँ नियम

  • ७. डा. गोविन्द केसीसँग वार्ता गर्न प्रधानमन्त्री र स्वास्थ्य मन्त्रालयका प्रतिनिधि धनगढी

  • ८. धनगढीमा सरकारी वार्ता टोलीले थाल्यो डा. केसीका प्रतिनिधिसँग छलफल

  • ९. ज्येष्ठ नागरिकसहित प्राथमिकतामा परेका ४८ जना बचतकर्ताले पाए रकम

  • १०. सुनसरी घटना: सीडीओ घिमिरेसहित सुरक्षा प्रमुखहरू फिर्ता, ईश्वरीप्रसाद अर्याल नयाँ सीडीओ

दाङमा सङ्क्रमितलाई दिइने रेम्डेशिभिर बिक्रीमा विवाद


राँझा । दाङमा केही दिनदेखि कोरोना सङ्क्रमितलाई दिइने रेम्डेशिभिर औषधि बिक्रीका विषयमा विवाद सिर्जना भएको छ । निजी क्षेत्रबाट थोक औषधि व्यवसायी सङ्घको मातहतमा रही रेम्डेशिभिर बिक्री गर्न थालिएको थियो । औषधि व्यवस्था विभाग नेपालगञ्जमा पुगेपछि त्यहाँबाट आएको टोलीले घोराहीस्थित कालिका मेडिकल हलमा छापा हान्यो र रेम्डेशिभिर बिक्री वितरण गरेको पाइएपछि रोकसमेत लगायो । निजीस्तरबाट घोराहीमा कालिका मेडिकल हलले रेम्डेशिभिर बिक्री वितरण गर्दै आएको थियो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ‘कोभिड अस्पताल वा ती अस्पतालमा उपचाररत सङ्क्रमितका लागि’ प्रदान गर्ने भनी गरेको परिपत्रलाई आधार बनाएर औषधि व्यवस्था विभागले निजी मेडिकललाई रेम्डेशिभिर बिक्रीमा रोक लगाएको हो ।

Advertisement

जिल्लामा सरकारी स्तरबाट तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पताल, घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान तथा निजीस्तरबाट तुलसीपुरको राप्ती लाइफ केयर हस्पिटलले रेम्डेशिभिर बिक्री गर्दै आएका थिए भने थोक औषधि व्यवसायी सङ्घले कालिका मेडिकलमार्फत बिक्री गर्दै आएको थियो । तर कालिका मेडिकललाई रोक लगाएपछि विवाद सिर्जना भएको हो । अहिले प्रादेशिक अस्पतालले चार हजार ९०० मा बिक्री गर्दै आएको छ जुन सरकारले तोकेको मूल्य हो । सरकारले चार हजार ९०० भन्दा बढी नलिन निर्देशन जारी गरेको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले भने त्यही औषधिलाई चार हजार सातसय ५० मा बिक्री गर्दै आएको छ भने थोक औषधि व्यवसायी सङ्घले चार हजार ८०० मा वितरण गर्दै आएको थियो । जुन औषधिको खरीद मूल्य चार हजार ५०० पर्छ ।

Advertisement

उक्त औषधि काठमाडौँबाट ल्याउनुपर्ने सङ्घका लुम्बिनी प्रदेश अध्यक्ष शालिकराम आचार्यले बताउनुभयो । “हामीले काठमाडौँबाट औषधि ल्याएका छौँ, जिल्ला प्रशासन कार्यालयको अनुमतिमै औषधि ल्याएर बिक्री वितरण गरेका हौँ”, उहाँले भन्नुभयो, “यसले नागरिकलाई सहज औषधि आपूर्ति हुन्छ भन्ने हाम्रो अपेक्षा हो ।” सकेसम्म कोरोना सङ्क्रमित भएकै अस्पतालबाट वितरण गर्दा सहज हुन्छ भनी सरकारले दिएको निर्देशनअनुसार नै आफूहरुले काम गरेको नेपाल फार्मेसी सङ्घ दाङका अध्यक्ष सुलभ अधिकारीले बताउनुभयो ।

यसैबीच महामारीका बेला सहज रुपमा रेम्डेशिभिर उपलब्ध गराउन निजी क्षेत्रको पनि सहयोग चाहिने भन्दै बिक्रीमा रोक लगाउने कार्यको नेकपा माओवादी केन्द्रका दाङ जिल्ला इञ्चार्ज जीवन गौतमले विज्ञप्तिमार्फत आपत्ति जनाउनुभएको छ । मङ्गलबार माओवादी केन्द्र, कांग्रेस, जनमोर्चालगायत राजनीतिक दलहरूले दाङका प्रजिअमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेललाई ध्यानाकर्षण जनाएका छन् । सोही क्रममा प्रजिअ अधिकारीले विभागले बन्द गरेको रेम्डेशिभिर बिक्रीलाई खुल्ला गर्ने बताउनुभयो । यसमा जिल्ला प्रशासन कार्यालयले कुनै अवरोध नगर्ने उहाँको भनाइ छ ।

बुधबार, जेठ ०५, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको जग्गामा बसोबास गरेका सुकुम्वासीलाई नवलपुरमा घडेरी दिने सहमति
गणपति लघुवित्तको नवौ बार्षिक उत्सवमा बृद्धाआश्रमलाई नगद,अत्यावश्यक सामाग्री तथा खाद्यान्न बितरण
विश्वका ७०० ह्याकरको प्रतिस्पर्धामा फोर्ब्स कलेज चितवनका विद्यार्थी रञ्जन मरासिनी र विदिशा सुवेदीको उत्कृष्ट सफलता
होटल पौवाको १६औं शाखा चितवनको भरतपुरमा देशभरका सेफहरूले पस्किँदै ‘नेपाली स्वाद’
नेपालका युवा समीप न्यौपानेको टर्कीमा उत्कृष्ट सङ्गीतक प्रस्तुति
चितवन राईजद्वारा आयोजित ब्याडमिन्टन प्रतियोगितामा चितवन मिड प्वाईन्ट प्रथम

लोकप्रिय

  • १.
    मधेसका १० पालिकामा एकीकृत कृषि कार्यक्रम कार्यान्वयन गरिने मन्त्री चौधरीको भनाइ

  • २.
    प्राधिकरणद्वारा मोरङ र सुनसरीका विद्युत् वितरण प्रणालीको अनुगमन

  • ३.
    बुद्धले थप्यो नयाँ सिरिजका एटीआर विमान एटीआर-७२-६००

  • ४.
    एमबीएसको प्रश्न पत्र सामाजिक सञ्जालमा बाहिरिएपछि त्रिविले बनायो छानबिन समिति

  • ५.
    भरतपुर कारागारमा कैदी बस्ने स्थानको अभाव

  • ६.
    ५ हजार अमेरिकी डलरभन्दा बढी नगद ल्याउँदा भन्सार घोषणा गर्नुपर्ने, भारु सटहीमा पनि नयाँ नियम

भर्खरै

  • १.
    सुनसरी घटना : निष्पक्ष छानबिन र दोषीलाई कारबाही गर्न एमालेको माग

  • २.
    ग्यास आपूर्तिको अवस्था बुझ्न उद्योग मन्त्रीद्वारा उद्योगहरूको स्थलगत अनुगमन

  • ३.
    कम्बोडियाबाट एक वर्षमा ४ सय नेपालीको उद्धार, साइबर दास बनाउने गिरोह सक्रिय

  • ४.
    सार्वजनिक खरिद ऐन संशोधनविरुद्ध सर्वोच्चमा रिट

  • ५.
    नारायणी अस्पतालका चिकित्सकले दिए सामूहिक राजीनामा, आकस्मिक सेवा पनि बन्द

  • ६.
    कर्णालीको पाँचौँ मुख्यमन्त्री बन्दै मंगलबहादुर शाही

  • ७.
    अस्पतालमा ओपीडी बन्द: बिरामी र आफन्त अलपत्र!

  • ८.
    आज देशभरका अस्पतालहरूमा आकस्मिक बाहेकका सबै सेवा बन्द

हाम्रो बारेमा

वन स्टेप मिडिया प्रा. लि द्वारा सञ्चालित
www.onestepkhabar.com
कम्पनी दर्ता नं
२५७६१६/०७७/०७८
सूचना तथा प्रसारण विभाग दर्ता नं.
२९३८-२०७८/७९
प्रेस काउन्सिल नेपाल सूचिकरण प्रमाणपत्र नं.
२९७०

हाम्रो टीम

अध्यक्ष/ सञ्चालक
आयुष न्यौपाने

सम्पादक
गणेश सुबेदि

संवाददाता
बिशाल सापकोटा

सम्पर्क

समाचार र विज्ञापनका लागि सम्पर्क
९८६५००४१००

ठेगाना
भरतपुर-७,चितवन

ईमेल
[email protected]

Copyright ©2026 One Step Khabar | All rights Reserved.
 Website By :  nwTech.