मंसिर ०१, चितवन । चितवनमा दसौ राष्ट्रिय कर दिवसको अवसरमा आज देखि कर सप्ताह सुरु चितवनमा दसौ राष्ट्रिय कर दिवसको अवसरमा कर सप्ताह सुरु भएको छ । आन्तरिक राजस्व कार्यालय भरतपुरको आयोजनामा आज (बुधवार) देखि कर सप्ताह सुरु भएको हो। कर सप्ताह आज देखि ७ गते सम्म सन्चालन हुनेछ ।कर सप्ताहको पहिलो दिन आज नारायणगढ स्थित उद्योग बाणीज्य संघ चितवनको कार्यालयबाट सुरु भएको कर र्याली राजस्व कार्यालयमा आएर सभामा परिणत भएको थियो । सो अवसरमा बोल्दै कार्यक्रमका प्रमुख अतिथी प्रमुख जिल्ला अधिकारी आस्मान तमाङले कर तिर्नु सचेत नागरिकको कर्तव्य भएकाले ईमान्दारीता पूर्वक कर वुझाउन र यस कार्यमा सहयोग पुर्याउन सवैमा आग्रह गरे ।
आन्तरिक राजस्व कार्यालयका प्रमुख एवम् कार्यक्रमका सभापती घनश्यामा पन्थीले कर संकलनमा संघ, संस्था उधमी, व्यापारी लगाएतका करदाताको सहयोगमै कर संकलनको लक्ष्य पुरा गर्न सकिने हुँदा कर संकलमा सबैले सहयोग गर्न आग्रह गरे । कर बिकासको लागि सबैले हातोमालो गर्दै अगाडि बढनु पर्ने बताए । उनले कर प्रणाली अन्तर्गत समस्याहरु सुधार गर्दै लगिएको बताउदै अन्य कर नितीहरुमा देखिएका समस्याहरुको समाधान गर्ने बताए । अझै पनि कर प्रणाली प्रबिधीमैन्त्री नभएको बताउदै कर तिर्दा प्रबिधीमैन्त्री बनाउनुपर्ने बताए । कार्यक्रमा आर्थीक बर्ष २०७६ – ७७ मा सबै भन्दा बढी कर तिरेर नारायणी सामुदायिक अस्पताललाई सम्मान गरेको थियो ।त्यस्तै कार्यक्रममा कार्यालयमा उतकृष्ट कार्य गरेका अर्जुन बहादुर बुढाथोकी मगर र ज्वती तिवारीलाई सम्मान गरेको थियो ।कार्यक्रममा उद्योग वाणीज्य संघ चितवनका अध्यक्ष राजु श्रेष्ठ, चितवन उद्योग संघका अध्यक्ष त्रिलोचन कडेल लगाएतले बोलेका थिए ।

