• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • स्थानीय
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • भिडियो
  • थप
    • समाज
    • साहित्य
    • आर्थिक
    • पर्यटन
    • अन्तराष्ट्रिय
    • राशिफल
    • रोचक
×
मङ्गलबार, साउन १२, २०८३
    • प्रमुख समाचार
    • समाचार
    • राजनीति
    • स्थानीय
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • भिडियो
    • थप
      • समाज
      • साहित्य
      • आर्थिक
      • पर्यटन
      • अन्तराष्ट्रिय
      • राशिफल
      • रोचक

भर्खरै

सुनसरी घटना : निष्पक्ष छानबिन र दोषीलाई कारबाही गर्न एमालेको माग

ग्यास आपूर्तिको अवस्था बुझ्न उद्योग मन्त्रीद्वारा उद्योगहरूको स्थलगत अनुगमन

कम्बोडियाबाट एक वर्षमा ४ सय नेपालीको उद्धार, साइबर दास बनाउने गिरोह सक्रिय

सार्वजनिक खरिद ऐन संशोधनविरुद्ध सर्वोच्चमा रिट

नारायणी अस्पतालका चिकित्सकले दिए सामूहिक राजीनामा, आकस्मिक सेवा पनि बन्द

कर्णालीको पाँचौँ मुख्यमन्त्री बन्दै मंगलबहादुर शाही

अस्पतालमा ओपीडी बन्द: बिरामी र आफन्त अलपत्र!

आज देशभरका अस्पतालहरूमा आकस्मिक बाहेकका सबै सेवा बन्द

सिमलतालमा खसेको पहिरो पन्छाइयो : बिहानै अवरुद्ध बनेको मुग्लिन–नारायणगढ सडक पुनः सञ्चालनमा

लोकप्रिय समाचार

  • १. मधेसका १० पालिकामा एकीकृत कृषि कार्यक्रम कार्यान्वयन गरिने मन्त्री चौधरीको भनाइ

  • २. प्राधिकरणद्वारा मोरङ र सुनसरीका विद्युत् वितरण प्रणालीको अनुगमन

  • ३. बुद्धले थप्यो नयाँ सिरिजका एटीआर विमान एटीआर-७२-६००

  • ४. एमबीएसको प्रश्न पत्र सामाजिक सञ्जालमा बाहिरिएपछि त्रिविले बनायो छानबिन समिति

  • ५. भरतपुर कारागारमा कैदी बस्ने स्थानको अभाव

  • ६. ५ हजार अमेरिकी डलरभन्दा बढी नगद ल्याउँदा भन्सार घोषणा गर्नुपर्ने, भारु सटहीमा पनि नयाँ नियम

  • ७. डा. गोविन्द केसीसँग वार्ता गर्न प्रधानमन्त्री र स्वास्थ्य मन्त्रालयका प्रतिनिधि धनगढी

  • ८. धनगढीमा सरकारी वार्ता टोलीले थाल्यो डा. केसीका प्रतिनिधिसँग छलफल

  • ९. ज्येष्ठ नागरिकसहित प्राथमिकतामा परेका ४८ जना बचतकर्ताले पाए रकम

  • १०. सुनसरी घटना: सीडीओ घिमिरेसहित सुरक्षा प्रमुखहरू फिर्ता, ईश्वरीप्रसाद अर्याल नयाँ सीडीओ

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा तीन अड्चन


कार्तिक २९, काठमाडौं । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको भौतिक प्रगति ८७ प्रतिशत पुगेको छ । लक्ष्यअनुसार काम हुने हो भने चालु आर्थिक वर्ष २०७८/७९ भित्र यो विमानस्थलको भौतिक निर्माणतर्फको काम पुरा हुने छ ।

Advertisement

तर, त्यसलगत्तै यो विमानस्थलबाट जहाज उड्न सक्लान् ? भौतिक संरचना निर्माणको काम पुरा भएपनि आन्तरिक व्यवस्थापन र पूर्वाधारको काम शुरु हुन नसकेका कारण तत्काल जहाज उड्न नसक्ने देखिएको हो ।शनिबार अर्थमन्त्री जनार्दन शर्माले विमानस्थलको स्थलगत अवलोकन गरे । सो क्रममा आयोजनाले जनाए अनुसार विमानस्थल संचालनमा रहेका मूख्य अड्चन हटाउनेतर्फ ठोस प्रगति भएको छैन । जसमा एक हो, रिठ्ठेपानी डाँडा कटान ।

Advertisement

जहाज अवतरण गर्ने क्रममा जोखिम हुने भन्दै यो डाँडा कटान गर्नुपर्ने नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । तर, वातावरणीय मुद्दाको झन्झटिलो प्रक्रियाले यसको काम अगाडि बढ्न सकेको छैन ।

यो डाँडा ४० मिटरसम्म कटान गर्नुपर्छ । भर्खरै वातावरणीय प्रभाव अध्ययनको काम शुरु भएको यो कामलाई वन तथा वातावरण मन्त्रालयले प्रतिवेदन स्वीकृत गरि वन कटान आदेश दिनुपर्छ । त्यसपछि मात्र काम अगाडि बढ्छ ।

अर्कोतर्फ नेपाल आयल निगमको डिपो स्थापनाको काम समेत यहाँ हुन नसकेको जानकारी अर्थमन्त्रीसँग आयोजनाले गराएको छ । हरेक जहाज पोखरामा अवतरण गरेसँगै इन्धन भर्नुपर्ने हुन्छ । त्यसका लागि विमानस्थलमा आयल निगमको डिपो चाहिन्छ ।

पोखरा विमानस्थलको अर्को अड्चन विमानस्थलबाट मात्र २ किलोमिटर दूरीमा रहेको ल्याण्डफिल्ड साइट हो । काठमाडौंको त्रिभुवन विमानस्थल र तराईका विमानस्थलमा चरा र वन्यजन्तुको जोखिम छ ।

ल्याण्डफिल्ड साइट त्यहाँबाट नहटाउने हो भने पोखरामा समेत जोखिम बढ्ने छ । प्राधिकरणले सो स्थानबाट ल्याण्डफिल्ड साइट हटाउन लामो समयदेखि माग गरिरहेको छ ।

आयोजनाका अनुसार पोखरा क्षेत्रिय अन्तर्राष्ट्रिय विमानस्थलमा भौतिक प्रगति ८७ प्रतिशत र वित्तीय प्रगति ६७.७० प्रतिशत रहेको छ । यो विमानस्थलको निर्माण चिनियाँ कम्पनी सीएएमसी इन्जिनियरिङ कम्पनीले गरिरहेको छ ।

अर्थमन्त्रीको आश्वासन

विमानस्थल संचालनको वातावरण बनाउन अड्चन फुकाउने विषयमा सरकारले काम गर्ने अर्थमन्त्री शर्माले जनाएका छन् ।

उनले नीतिगत अड्चनका कारण काम अड्किएको भए त्यसको समाधान गर्न सरकारले काम गर्ने उनको भनाइ छ ।

‘सरकारले कुनै नीतिगत निर्णय गरिदिनुपर्ने छ वा बजेटको व्यवस्था गर्नुपर्नेछ, सरकारले त्यसको व्यवस्थापन गर्छ,’ उनले भने । स्थानीयले अर्थमन्त्रीसँग विमानस्थल संचालनमा सहजीकरण गर्न माग गरेका थिए ।

सोमबार, कार्तिक २९, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको जग्गामा बसोबास गरेका सुकुम्वासीलाई नवलपुरमा घडेरी दिने सहमति
गणपति लघुवित्तको नवौ बार्षिक उत्सवमा बृद्धाआश्रमलाई नगद,अत्यावश्यक सामाग्री तथा खाद्यान्न बितरण
विश्वका ७०० ह्याकरको प्रतिस्पर्धामा फोर्ब्स कलेज चितवनका विद्यार्थी रञ्जन मरासिनी र विदिशा सुवेदीको उत्कृष्ट सफलता
होटल पौवाको १६औं शाखा चितवनको भरतपुरमा देशभरका सेफहरूले पस्किँदै ‘नेपाली स्वाद’
नेपालका युवा समीप न्यौपानेको टर्कीमा उत्कृष्ट सङ्गीतक प्रस्तुति
चितवन राईजद्वारा आयोजित ब्याडमिन्टन प्रतियोगितामा चितवन मिड प्वाईन्ट प्रथम

लोकप्रिय

  • १.
    मधेसका १० पालिकामा एकीकृत कृषि कार्यक्रम कार्यान्वयन गरिने मन्त्री चौधरीको भनाइ

  • २.
    प्राधिकरणद्वारा मोरङ र सुनसरीका विद्युत् वितरण प्रणालीको अनुगमन

  • ३.
    बुद्धले थप्यो नयाँ सिरिजका एटीआर विमान एटीआर-७२-६००

  • ४.
    एमबीएसको प्रश्न पत्र सामाजिक सञ्जालमा बाहिरिएपछि त्रिविले बनायो छानबिन समिति

  • ५.
    भरतपुर कारागारमा कैदी बस्ने स्थानको अभाव

  • ६.
    ५ हजार अमेरिकी डलरभन्दा बढी नगद ल्याउँदा भन्सार घोषणा गर्नुपर्ने, भारु सटहीमा पनि नयाँ नियम

भर्खरै

  • १.
    सुनसरी घटना : निष्पक्ष छानबिन र दोषीलाई कारबाही गर्न एमालेको माग

  • २.
    ग्यास आपूर्तिको अवस्था बुझ्न उद्योग मन्त्रीद्वारा उद्योगहरूको स्थलगत अनुगमन

  • ३.
    कम्बोडियाबाट एक वर्षमा ४ सय नेपालीको उद्धार, साइबर दास बनाउने गिरोह सक्रिय

  • ४.
    सार्वजनिक खरिद ऐन संशोधनविरुद्ध सर्वोच्चमा रिट

  • ५.
    नारायणी अस्पतालका चिकित्सकले दिए सामूहिक राजीनामा, आकस्मिक सेवा पनि बन्द

  • ६.
    कर्णालीको पाँचौँ मुख्यमन्त्री बन्दै मंगलबहादुर शाही

  • ७.
    अस्पतालमा ओपीडी बन्द: बिरामी र आफन्त अलपत्र!

  • ८.
    आज देशभरका अस्पतालहरूमा आकस्मिक बाहेकका सबै सेवा बन्द

हाम्रो बारेमा

वन स्टेप मिडिया प्रा. लि द्वारा सञ्चालित
www.onestepkhabar.com
कम्पनी दर्ता नं
२५७६१६/०७७/०७८
सूचना तथा प्रसारण विभाग दर्ता नं.
२९३८-२०७८/७९
प्रेस काउन्सिल नेपाल सूचिकरण प्रमाणपत्र नं.
२९७०

हाम्रो टीम

अध्यक्ष/ सञ्चालक
आयुष न्यौपाने

सम्पादक
गणेश सुबेदि

संवाददाता
बिशाल सापकोटा

सम्पर्क

समाचार र विज्ञापनका लागि सम्पर्क
९८६५००४१००

ठेगाना
भरतपुर-७,चितवन

ईमेल
[email protected]

Copyright ©2026 One Step Khabar | All rights Reserved.
 Website By :  nwTech.