कार्तिक २८, चितवन । चितवनमा कोरोना भाईरसको संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । भरतपुर महानगरपालिका भित्रका एक कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ ।
यससँगै भरतपुरमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या दुई सय ७२ पुगेको छ । जिल्लाभर भने कोरोनाबाट मृत्यु हुनेको संख्या चार सय २९ पुगेको स्वास्थ्य कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।
यता चितवनमा पछिल्लो २४ घण्टामा १८ जना जना कोरोनामुक्त भएका छन् । यससँगै जिल्लाभर अहिलेसम्म कोरोना जित्नेको संख्या २६ हजार १५७ पुगेको छ ।
उता पछिल्लो २४ घण्टामा तीन जनामा कोरोना पुष्टि भएको छ । दुई सय २८ जनामा पिसिआर परीक्षण गर्दा तीन जनाको रिपोर्ट पोजेटिभ आएको हो । उनीहरु मध्ये दुई जना भरतपुरका हुन् भने अर्का एक कालिका नगरपालिकाका हुन् । यससँगै चितवनमा कोरोना संक्रमितको संख्या २६ हजार ८१२ पुगेको छ ।
चितवनमा अहिले दुई सय २६ जना सक्रिय संक्रमित छन् । उनीहरुले मध्ये दुई सय १६ जना होम आइसोलेसनमा छन् भने १० जना अस्पतालमा छन् ।

