कात्तिक २७, चितवन । चितवनमा प्रहरीले दुई क्वीन्टल अबैध लागु औषध चरेश बरामद गरेको छ । इलाका प्रहरी कार्यालय टाँडीले रत्ननगर नगरपालिका–३ शान्तिचोक नजिक किराना पसलको गोदाममा लुकाइराखेको एक क्वीन्टल ८४ किलो ३५० ग्राम चरेश बरामद गरेको हो ।
चेयनपरासको बट्टामा प्याकेजिङ गरेर राखेको अबस्थामा सो परिणामको चरेश बरामद गरेको प्रहरीले जनाएको छ । १९२ वटा बट्टामा ३२ वटा कार्टुनमा प्याकेजिङ गरेर राखेको अवस्थामा चरेश बरामद गरेको हो । रत्ननगर–१५ माधवपुरका उद्धब अधिकारीले विष्णु पन्तको घर भाडामा लिएर सञ्चालन गरेको गोदाममा चरेश भेटिएको हो ।
चितवन : चितवनमा प्रहरीले दुई क्वीन्टल अबैध लागु औषध चरेश बरामद गरेको छ । इलाका प्रहरी कार्यालय टाँडीले रत्ननगर नगरपालिका–३ शान्तिचोक नजिक किराना पसलको गोदाममा लुकाइराखेको एक क्वीन्टल ८४ किलो ३५० ग्राम चरेश बरामद गरेको हो ।