कार्तिक १८, चितवन । भरतपुरमा मंगलबारदेखि अवरुद्ध भएको विद्युत् सेवा संचालनमा आएको छ । मंगलबार दिउँसो १ बजेदेखि अवरुद्ध भएको विद्युत सेवा बुधबार रातिदेखि सन्चालनमा आएको हो।
भरतपुर सवस्टेशनमा दुईवटै ट्रान्सफर्मर पड्किएर विद्युत अवरुद्ध बनेपछि नेपाल विद्युत प्राधिकरणका निर्देशक कुलमान घिसिङ्गले सवस्टेशनको निरीक्षण गर्नुभएको थियो।
बुधबार निर्देशक घिसिङ्गले सवस्टेशनको निरीक्षण गर्नुभएको हो । उनले कर्मचारीहरुलाई निर्देशन दिँदै लक्ष्मिपूजाका दिन जसरी पनि विद्युत दिने गरी काम गर्न निर्देशन दिनुभएको थियो । उनले कुनै पनि बाहनामा काममा ढिलाइ नगर्न निर्देशन दिँदै आवश्यक पर्ने सम्पूर्ण कुराहरुको व्यवस्था आफूले गर्ने बताउनुभयो ।दुई दिनदेखि विद्युत अवरुद्ध हुँदा भरतपुरको जनजीवन प्रभावित बनेको थियो । भरतपुर वितरण केन्द्रका प्रमुख इन्जिनियर राजिवकुमार सिंहका अनुसार भरतपुरमा दैनिक १४०० एम्पियर विद्युत खपत हुँदै आएको छ । दुईवटा ३०र३० एमभिएका ट्रान्सफर्मरलाई त्यो लोड धान्न कुनै समस्या थिएन ।
भरतपुरमा मंगलबारदेखि अवरुद्ध भएको विद्युत् सेवा संचालनमा
भरतपुरमा मंगलबारदेखि अवरुद्ध भएको विद्युत् सेवा संचालनमा
Advertisement
तपाईको प्रतिक्रिया

