कार्तिक १६, चितवन । नेकपा (एमाले) का अध्यक्ष एवम् निवर्तमान प्रधानमन्त्री केपी ओली आज माडीको अयोध्याधाम जानु हुने भएको छ । माडीको कार्यक्रमपछि अध्यक्ष ओली नारायणीमा क्रुजको अवलोकन गर्ने कार्यक्रम तय भएको हो ।
नेकपा (एमाले) चितवनका अध्यक्ष पार्वती रावलका अनुसार माडीको कार्यक्रम सम्पन्न भएपछि अध्यक्ष ओलीले नारायणीमा क्रुजका साथै महाधिवेशन उद्घाटन स्थल नारायणी किनारको समेत अवलोकन गर्नुहुनेछ ।
Advertisement
हिजो चितवन आउनु भएका ओलिले भरतपुर महानगरको अधिवेशन उद्घाटन र महाधिवेशनको बन्द सत्र हुने सौराहाको अवलोकन गर्नुभएको थियो ।

