कार्तिक १५, चितवन । चितवनमा पछिल्लो २४ घण्टामा २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय चितवनको अनुसार ३६३ जनाको पिसियार परिक्षण गर्दा २१ र ६१ जनाको एन्टिजेन परिक्षण गर्दा ७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।भरतपुर महानगरपालिकाका २३ जना, कालिका नगरपालिकाका एक जना र रत्ननगर नगरपालिकाका चार जना गरी २८ जनामा संक्रमण पुष्टि भएको मन्त्रालएले जनाएको छ ।
त्यस्तै चितवन मेडिकल कलेजमा आज नवलपरासीका र रुपन्देहीका एक एक गरी दुई संक्रमितले ज्यान गुमाएका छन् ।
Advertisement
चितवनबाट आजे थप ६ जना संक्रमित कोरोना संक्रमण मुक्त भएर घर फर्किएका छन् । त्यस्तै चितवनमा सक्रिय संक्रमितको संख्या ३३१ रहेको छ जस मध्या विभिन्न अस्पतालको आईसोलेसनमा १८ र घरको आईसोलेसनमा २९३ जना रहेका छन् ।

