कार्तिक १५, चितवन । चितवनका सात वटै स्थानीय तहमा कार्तिक १५ र १६ गते कोरोना भाइरसविरुद्धको पहिलो डोजको खोप दिइने भएको छ । यस अघि खोप नलगाएकाहरुलाई दुई दिन पहिलो डोजको खोप दिन लागिएको हो । १८ वर्ष माथिका सम्बधित पालिकाको खोप केन्द्रमा गएर पहिलो मात्राको खोप लगाउन सक्ने स्वास्थ्य कार्यालय चितवनले जानकारी दिएको छ । उनीहरुलाई कोभिसिल्ड-एस्ट्राजेनिका र भेरोसेलको खोप दिइनेछ । सबै स्थानीय पालिकाले सुचना जारी गर्दै खोप केन्द्र र खोप लगाउने समय बारे जानकारी दिइसकेको छ । नागरिकताको प्रमाणपत्र वा उमेर खुल्ने कागजात लिएर खोप लगाउन सकिने स्वास्थ्य कार्यालयले जनाएको छ ।
Advertisement

