कार्तिक १३, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को संसदीय दलको नियमित बैठक आज संसद् भवन नयाँ वानेश्वरस्थित ल्होत्से हलमा सम्पन्न भएको छ। संसदीय दलका उपनेता तथा पूर्व सभामुख सुवासचन्द्र नेम्वाङको अध्यक्षतामा सम्पन्न बैठकले नवौँ अधिवेशनको ठोस् समीक्षा गरेको छ।
बैठकमा समसामयिक सन्दर्भमा पार्टीको धारणाबारे नेम्वाङले स्पष्ट पारेका थिए। बैठकमा आउँदै गरेको महान पर्वहरु तिहार, छठ, नेपाल सम्वत, उधौली, ल्होसारको उपलक्ष्यमा सम्पूर्ण देश र विदेशमा रहेका नेपालीहरुलाई शुभकामना समेत दिइएको थियो।
Advertisement
संसद्को नवौँ अधिवेशन भदौ २३ गतेदेखि कात्तिक ११ गतेसम्म चलेको थियो।

