कार्तिक १३, काठमाडौं । आइसीसी टी-२० विश्वकप अन्तर्गत पाकिस्तानले लगातार तेस्रो जित हासिल गरेको छ । शुक्रबार सम्पन्न खेलमा पाकिस्तानले अफगानिस्तानलाई ५ विकेटले पराजित गरेको हो । अफगानिस्तानले दिएको १४८ रनको लक्ष्य पछाएको पाकिस्तानले १९ ओभरमा ५ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । पाकिस्तानका लागि कप्तान बाबर आजमले सर्बाधिक ५१ रन बनाएका थिए ।
त्यस्तै फखर जमानले ३० रन बनाए भने आसिफ अलीले ७ बलमा अविजित २५ रन बनाएका थिए । त्यस्तै शोएब मालिकले १९ रनको योगदान दिए भने मोहमद हफिजले १० रन बनाए । त्यस्तै अफगानिस्तानका बलर राशिद खानले २ विकेट लिए भने मुजीब उर रहमान, मोहमद नबी र नवीन उल हकले एक एक विकेट लिए ।
त्यसैगरी पाकिस्तानका बलर इमाद वासिमले २ विकेट लिए भने शाहीन शाह अफ्रिदी, हरिस रौफ, हसन अली, षडाब खानले एक एक विकेट लिएका थिए । योसँगै पाकिस्तानले ३ खेलमा तिनै खेल जितेर ६ अंक हासिल गर्दै टिम २ मा शिर्ष स्थानमा रहेको छ । त्यस्तै अफगानिस्तानको २ खेलमा २ अंक रहेको छ ।

