• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • स्थानीय
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • भिडियो
  • थप
    • समाज
    • साहित्य
    • आर्थिक
    • पर्यटन
    • अन्तराष्ट्रिय
    • राशिफल
    • रोचक
×
मङ्गलबार, साउन १२, २०८३
    • प्रमुख समाचार
    • समाचार
    • राजनीति
    • स्थानीय
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • भिडियो
    • थप
      • समाज
      • साहित्य
      • आर्थिक
      • पर्यटन
      • अन्तराष्ट्रिय
      • राशिफल
      • रोचक

भर्खरै

सुनसरी घटना : निष्पक्ष छानबिन र दोषीलाई कारबाही गर्न एमालेको माग

ग्यास आपूर्तिको अवस्था बुझ्न उद्योग मन्त्रीद्वारा उद्योगहरूको स्थलगत अनुगमन

कम्बोडियाबाट एक वर्षमा ४ सय नेपालीको उद्धार, साइबर दास बनाउने गिरोह सक्रिय

सार्वजनिक खरिद ऐन संशोधनविरुद्ध सर्वोच्चमा रिट

नारायणी अस्पतालका चिकित्सकले दिए सामूहिक राजीनामा, आकस्मिक सेवा पनि बन्द

कर्णालीको पाँचौँ मुख्यमन्त्री बन्दै मंगलबहादुर शाही

अस्पतालमा ओपीडी बन्द: बिरामी र आफन्त अलपत्र!

आज देशभरका अस्पतालहरूमा आकस्मिक बाहेकका सबै सेवा बन्द

सिमलतालमा खसेको पहिरो पन्छाइयो : बिहानै अवरुद्ध बनेको मुग्लिन–नारायणगढ सडक पुनः सञ्चालनमा

लोकप्रिय समाचार

  • १. मधेसका १० पालिकामा एकीकृत कृषि कार्यक्रम कार्यान्वयन गरिने मन्त्री चौधरीको भनाइ

  • २. प्राधिकरणद्वारा मोरङ र सुनसरीका विद्युत् वितरण प्रणालीको अनुगमन

  • ३. बुद्धले थप्यो नयाँ सिरिजका एटीआर विमान एटीआर-७२-६००

  • ४. एमबीएसको प्रश्न पत्र सामाजिक सञ्जालमा बाहिरिएपछि त्रिविले बनायो छानबिन समिति

  • ५. भरतपुर कारागारमा कैदी बस्ने स्थानको अभाव

  • ६. ५ हजार अमेरिकी डलरभन्दा बढी नगद ल्याउँदा भन्सार घोषणा गर्नुपर्ने, भारु सटहीमा पनि नयाँ नियम

  • ७. डा. गोविन्द केसीसँग वार्ता गर्न प्रधानमन्त्री र स्वास्थ्य मन्त्रालयका प्रतिनिधि धनगढी

  • ८. धनगढीमा सरकारी वार्ता टोलीले थाल्यो डा. केसीका प्रतिनिधिसँग छलफल

  • ९. ज्येष्ठ नागरिकसहित प्राथमिकतामा परेका ४८ जना बचतकर्ताले पाए रकम

  • १०. सुनसरी घटना: सीडीओ घिमिरेसहित सुरक्षा प्रमुखहरू फिर्ता, ईश्वरीप्रसाद अर्याल नयाँ सीडीओ

आज २०७८ साल कार्तिक ८ गते सोमवारको राशिफल


कार्तिक ०८, काठमाडौं । आजको राशिफल बि.सं. २०७८ साल कार्तिक ८ गते सोमवार ई.सं.२०२१ अक्टोबर २५ नेपाल सम्बत ११४१ कौलागा कार्तिक कृष्ण पञ्चमी राक्षस नामक संवत्सर, सूर्य दक्क्षीणयान, शरद ऋतु, कार्तिक कृष्ण पञ्चमी तिथी, चन्द्रमा वृष राशिमा, मृगशिरा नक्षत्र, परिधि योग, कौलव करण । नेपालमा सूर्योदय बिहान ६: ०९ बजे, सूर्यास्त साँझ ५: २५ बजे हुनेछ । आज जन्म लिने बच्चाको वृष राशि हुनेछ ।

Advertisement

आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा आफ्नो पुरा शरिर ऐनामा हेरेर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कन आजका लागि शुभ समय बिहान ८ बजेर ५८ मिनेट देखि १० बजेर २३ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । आज कार्तिक कृष्ण पञ्चमी, रहेको छ । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।

Advertisement

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

राम्रै फाइदाको योग छ । विगतको श्रमबाट प्रशस्त धन लाभ हुनेछ । रोकिएका काम सम्पादन हुनेछन् । पठन–पाठनमा प्रगति हुनेछ । विशेष सभा–समारोहमा सहभागी बन्ने मौका छ । विचारले धेरैलाई आकर्षण गर्ने समय छ । प्रशंसकहरू बढ्नेछन् । लगनशीलता देखाएमा राम्रो उपलब्धि हासिल हुनेछ । काम र पठन–पाठनमा रुचि जाग्नेछ । सामुदायिक भावनाको विकास हुनेछ । आजका लागि शुभ अङ्क:२ र शुभ रङ्ग:घिउ रङ हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र:ॐ श्रां श्रीं श्रौं सस् चन्द्राय नमस् न्यूनतम जापसङ्ख्या:११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

ठूलै फाइदाको आश्वासन पाइने छ । तर, यथार्थमा लाभ भने कमै मिल्नेछ । उपहारका नाउँमा बिग्रेको वस्तु हातलागी होला । स्वादिष्ट भोजनको अवसर पाए पनि पेटको खराबीले सताउन सक्छ । सहयोगीहरूबाट पनि अलि धोका पाइने सम्भावना पनि देखिन्छ, तर हाँकेको ताकेको काममा ध्यान पुर्याउन सकेमा सफल भइने छ । आजका लागि शुभ अङ्क:१ र शुभ रङ्ग:गाढा रातो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र:ॐ चन्द्रघण्टायै नमस् न्यूनतम जापसङ्ख्या:०९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) 

केही खर्च लागे पनि सोचेको काम बन्नेछ । व्यवसायमा थप लगानी बढाउन सकिने छ । वैदेशिक कामकाजमा फाइदा होला । मनको डर उत्साहमा रूपान्तरित हुने योग छ । दिगो फाइदा हुने काममा लगानी बढाउन सकिने छ । घरसल्लाहमा समझदारी नभए पनि दाम्पत्य सम्बन्ध झन् बलियो भएर जानेछ । आर्थिक सङ्कट हुँदाहुँदै पनि व्यवसायमा लगानी बढाउनुपर्ला । आजका लागि शुभ अङ्क:३ र शुभ रङ्ग:सेतो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र:ॐ नमस् पशुपतये न्यूनतम जापसङ्ख्या:२१ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

गर्न खोज्दा उपलब्धि नै हासिल हुने दिन छ, तर परिस्थितिले निष्क्रिय बनाउन सक्छ । श्रमको उचित मूल्य नमिल्न सक्छ । आम्दानी राम्रै भए पनि अर्थ संग्रहमा केही बाधा पुग्ने समय छ । कृषि, पशुपालन तथा व्यापारमा सामान्य फाइदै हुनेछ । गरेका कामबाट पनि सामान्य लाभ भइरहने छ । आम्दानीको अनुपातमा खर्चको मात्रा बढी हुने समय छ । आजका लागि शुभ अङ्क:२ र शुभ रङ्ग:सेतो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र:ॐ शशिशेखराय नमस् न्यूनतम जापसङ्ख्या:२१ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । सामाजिक कामको दायित्व बढ्नेछ । काममा मान्यजनको सहयोग प्राप्त हुनेछ । भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्नेछ । व्यापारमा राम्रो फाइदा छ, अहिलेको लगानीले दीर्घकालमा फाइदा पुग्नेछ । ज्ञान र बुद्धिको क्षेत्रका सफल भइने छ । हाकिम, गुरुवर्ग वा विशिष्ट व्यक्तिको विचारले प्रभावित तुल्याउन सक्छ । आजका लागि शुभ अङ्क:१ र शुभ रङ्ग:रङ्गीबिरङ्गीरछिरबिरे हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र:ॐ कुलदेवताभ्यो नमस् न्यूनतम जापसङ्ख्या:११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

आज अनावश्यक र फजुलका कुराकानीमा समय बिताउनु राम्रो हुँदैन । सामाजिक गतिविधिमा संलग्न हुने अवसर मिल्नेछ, सामाजिक कामबाट धेरथोर फाइदा नै हुनेछ । बन्दव्यापारमा ठिकठिकै छ । उता आफूपछाडि कुरा काट्नेको कमी हुने छैन । शीघ्र निर्णय गर्ने क्षमतामा कमी आउने छ, कताकता वैराग्यका भावना मँडारिन सक्छन् । आजका लागि शुभ अङ्क:९ र शुभ रङ्ग:पहेंलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र:ॐ नमो भगवते वासुदेवाय न्यूनतम जापसङ्ख्या:११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

काम बिग्रने भयले सताउला । काममा केही चुनौती देखिए पनि प्रयत्न गर्दा खोजेको उपलब्धि हासिल हुनेछ । परिवारजनले पनि सहयोगका लागि तत्परता देखाउनेछन् । गोप्य रहस्य पत्ता लगाउन सकिने छ । नसोचेको धन लाभ हुनसक्छ । सानातिना काम र घरेलु समस्यामा अल्झनुपर्ने समय छ । इष्टदेवको पूजा–उपासना गर्दा फाइदा होला । आजका लागि शुभ अङ्क:८ र शुभ रङ्ग:कालो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र:ॐ अन्तकाय नमस् न्यूनतम जापसङ्ख्या:२१ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

कामको चाप र थकाइबाट मुक्त रही विश्राम पाइने छ । परिवारजनको साथले नयाँ आशा पलाउनेछ । मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । अतिथिका रूपमा सम्मान पाइने छ । रमाइलो यात्रा गर्ने अवसर प्राप्त हुनेछ । प्रयत्न गर्दा व्यावसायिक काम सम्पादन हुनेछन् । घरायसी प्रयोजनका सुखसुविधाका सामाग्रीको किनमेल गरिने छ । आजका लागि शुभ अङ्क:७ र शुभ रङ्ग:रङ्गीबिरङ्गीरछिरबिरे हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र:ॐ भार्गवाय नमस् न्यूनतम जापसङ्ख्या:११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

शत्रु र प्रतिद्वन्द्वीको योजना र चलखेल थाहा पाउनाले काम गर्न सजिलो हुनेछ । व्यापार तथा उद्योगतर्फ फाइदाको योग छ । आम्दानी बढ्ने र फाइदा उठाउने समय छ । वैदेशिक यात्राको प्रकिया अघि बढ्नसक्छ । पुरानो लेनदेन र बाँकीबक्यौताको समस्यालाई हल गरिने छ । साथीभाइले सकेको मद्दत गर्नेछन् । कामको चाप बढ्नेछ । आजका लागि शुभ अङ्क:६ र शुभ रङ्ग:गुलाबी वा सिन्दूरे हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र:ॐ ऋणहत्र्रे भौमाय नमस् न्यूनतम जापसङ्ख्या:१० पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

सन्तति, भाइबहिनी र परिवारका सदस्यसँग आत्मीय सम्बन्ध कायम हुनेछ । आम्दानी प्रशस्तै बढ्नेछ । नयाँ सवारी साधन प्राप्तिको योग छ । आतिथ्यपूर्ण सम्मान पाइएला । बोलीकै भरमा विशेष काम सम्पादन हुनसक्छ, क्रियाशील रहनुहोला । प्रतिष्ठित काम सम्पादन गर्ने मौका छ । दिन उत्साहपूर्ण रहला । स्वास्थ्य सबल रहने छ । आजका लागि शुभ अङ्क:५ र शुभ रङ्ग:सेतो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र:ॐ कुमुदप्रियायै नमस् न्यूनतम जापसङ्ख्या:११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) 

हतारको निर्णयले काम बिग्रन सक्छ । रोकिएका घरेलु कामकाज सिद्ध्याउन निकै खट्नुपर्नेछ । महत्त्वाकाङ्क्षा त्यागेर अघि बढ्नु होला । आजको योजना र लक्ष्यको समुचित प्रतिफल आउने छैन । मान्यजनको सुझाव अप्रिय लाग्नेछ । परिवारजनमा असमझदारी बढ्नेछ । मातृधनको उपयोग हुन सक्दैन । पशुधन र जमिनबाट पनि बेफाइदा हुनसक्छ । आजका लागि शुभ अङ्क:४ र शुभ रङ्ग:घिउ रङ हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र:ॐ सों सोमाय नम न्यूनतम जापसङ्ख्या:११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

रोजगारी र व्यापाररव्यवसायमा आज विशेष महत्त्वको दिन हुनेछ । पराक्रम र उत्साह बढ्नेछ । प्रतिस्पद्र्धी परास्त हुनेछन् । आम्दानी बढ्नेछ । कृषिक्षेत्र वा घरपरिवारमा देखिएका चुनौतीको निवारण गरिने छ । दाजुभाइ र बन्धुबान्धवका काममा सहभागी बन्नुपर्ने देखिन्छ, त्यस्तै सामाजिक कार्यमा नेतृत्वदायी भूमिका वहन गर्नु पर्नेछ, जसबाट सम्मान प्राप्त हुनेछ । आजका लागि शुभ अङ्क:३ र शुभ रङ्ग:सिम्रिक रातो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र:ॐ भालचन्द्राय नमस् न्यूनतम जापसङ्ख्या:२१ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

सोमबार, कार्तिक ०८, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको जग्गामा बसोबास गरेका सुकुम्वासीलाई नवलपुरमा घडेरी दिने सहमति
गणपति लघुवित्तको नवौ बार्षिक उत्सवमा बृद्धाआश्रमलाई नगद,अत्यावश्यक सामाग्री तथा खाद्यान्न बितरण
विश्वका ७०० ह्याकरको प्रतिस्पर्धामा फोर्ब्स कलेज चितवनका विद्यार्थी रञ्जन मरासिनी र विदिशा सुवेदीको उत्कृष्ट सफलता
होटल पौवाको १६औं शाखा चितवनको भरतपुरमा देशभरका सेफहरूले पस्किँदै ‘नेपाली स्वाद’
नेपालका युवा समीप न्यौपानेको टर्कीमा उत्कृष्ट सङ्गीतक प्रस्तुति
चितवन राईजद्वारा आयोजित ब्याडमिन्टन प्रतियोगितामा चितवन मिड प्वाईन्ट प्रथम

लोकप्रिय

  • १.
    मधेसका १० पालिकामा एकीकृत कृषि कार्यक्रम कार्यान्वयन गरिने मन्त्री चौधरीको भनाइ

  • २.
    प्राधिकरणद्वारा मोरङ र सुनसरीका विद्युत् वितरण प्रणालीको अनुगमन

  • ३.
    बुद्धले थप्यो नयाँ सिरिजका एटीआर विमान एटीआर-७२-६००

  • ४.
    एमबीएसको प्रश्न पत्र सामाजिक सञ्जालमा बाहिरिएपछि त्रिविले बनायो छानबिन समिति

  • ५.
    भरतपुर कारागारमा कैदी बस्ने स्थानको अभाव

  • ६.
    ५ हजार अमेरिकी डलरभन्दा बढी नगद ल्याउँदा भन्सार घोषणा गर्नुपर्ने, भारु सटहीमा पनि नयाँ नियम

भर्खरै

  • १.
    सुनसरी घटना : निष्पक्ष छानबिन र दोषीलाई कारबाही गर्न एमालेको माग

  • २.
    ग्यास आपूर्तिको अवस्था बुझ्न उद्योग मन्त्रीद्वारा उद्योगहरूको स्थलगत अनुगमन

  • ३.
    कम्बोडियाबाट एक वर्षमा ४ सय नेपालीको उद्धार, साइबर दास बनाउने गिरोह सक्रिय

  • ४.
    सार्वजनिक खरिद ऐन संशोधनविरुद्ध सर्वोच्चमा रिट

  • ५.
    नारायणी अस्पतालका चिकित्सकले दिए सामूहिक राजीनामा, आकस्मिक सेवा पनि बन्द

  • ६.
    कर्णालीको पाँचौँ मुख्यमन्त्री बन्दै मंगलबहादुर शाही

  • ७.
    अस्पतालमा ओपीडी बन्द: बिरामी र आफन्त अलपत्र!

  • ८.
    आज देशभरका अस्पतालहरूमा आकस्मिक बाहेकका सबै सेवा बन्द

हाम्रो बारेमा

वन स्टेप मिडिया प्रा. लि द्वारा सञ्चालित
www.onestepkhabar.com
कम्पनी दर्ता नं
२५७६१६/०७७/०७८
सूचना तथा प्रसारण विभाग दर्ता नं.
२९३८-२०७८/७९
प्रेस काउन्सिल नेपाल सूचिकरण प्रमाणपत्र नं.
२९७०

हाम्रो टीम

अध्यक्ष/ सञ्चालक
आयुष न्यौपाने

सम्पादक
गणेश सुबेदि

संवाददाता
बिशाल सापकोटा

सम्पर्क

समाचार र विज्ञापनका लागि सम्पर्क
९८६५००४१००

ठेगाना
भरतपुर-७,चितवन

ईमेल
[email protected]

Copyright ©2026 One Step Khabar | All rights Reserved.
 Website By :  nwTech.