कार्तिक ०७, काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ।
आज छापावाल सुन प्रतितोला ४०० रुपैयाँले बढेर ९२ हजार १०० रुपैयाँ कायम भएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। महासंघका अनुसार तेजावी सुन आज प्रतितोला ९१ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ।
Advertisement
आज चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी तोलाको १० रुपैयाँले बढेर १ हजार २६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

