कार्तिक ०५, चितवन । नेकपा एमालेले मंसिर १० देखि १२ सम्म चितवनमा हुने दशौं राष्ट्रिय महाधिवेशनका लागि नेता रामबहादुर थापा बादलको संयोजकत्वमा २१ सदस्यीय मूल व्यवस्थापन समिति गठन गरेको छ । चितवनलाई नै कार्यथलो बनाएका पूर्व माओवादी पृष्ठभूमिका नेता बादलको संयोजकत्वमा गठित मूल व्यवस्थापन समितिमा चितवनकै नेताहरु धेरै समेटिएका छन् । एमाले प्रवक्ता प्रदिप ज्ञवालीका अनुसार समितिमा योगेश भट्टराई, सुरेन्द्र पाण्डे, काशिनाथ अधिकारी, राजन भट्टराई, विनोद श्रेष्ठ, सीता पौडेल, आनन्द पोखरेल, कपिल पोखरेल, कृष्णभक्त पोखरेल र पार्वती रावल छन् ।
नेकपा (एमाले) को १० औं महाधिवेशन चितवनमा हुने भएको छ । ललितपुरको तुल्सीलाल प्रतिष्ठानमा बिहीबार बसेको स्थायी कमिटी बैठकले महाधिवेशन चितवनमा गर्ने निर्णय गरेको हो । यसअघि बुटवलमा हुने भनिएको महाधिवेशन चितवनमा गर्ने निर्णय स्थायी कमिटी बैठकबाट भएको एमाले प्रवक्ता प्रदीप ज्ञवाली जानकारी दिनुभयो ।
महाधिवेशनका लागि स्थायी कमिटी सदस्य रामबहादुर थापाको नेतृत्वमा २१ सदस्यीय मूल व्यवस्थापन समितिसमेत गठन गरिएको छ । प्रवक्ता ज्ञवालीका अनुसार चितवनलाई नै कार्यथलो बनाएका पूर्व माओवादी पृष्ठभूमिका नेता बादलको संयोजकत्वमा गठित मूल व्यवस्थापन समितिमा चितवनकै नेताहरु धेरै समेटिएका छन् । समितिमा योगेश भट्टराई, सुरेन्द्र पाण्डे, काशिनाथ अधिकारी, राजन भट्टराई, विनोद श्रेष्ठ, सीता पौडेल, आनन्द पोखरेल, कपिल पोखरेल, कृष्णभक्त पोखरेल र पार्वती रावल छन् ।
त्यस्तै सातवटै प्रदेश र सम्पर्क समन्वय कमिटीबाट समेत एक–एकजना रहनेगरि मूल व्यवस्थापन समिति गठन भएको ज्ञवालीले जानकारी दिनुभयो । माओवादी अध्यक्ष प्रचण्डको गृहजिल्ला चितवनमा महाधिवेशन गर्न एमालेले बादलको संयोजकत्वमा समिति गठन गर्नुलाई अर्थपूर्ण रुपमा लिइएका छ । अर्को बैठक शुक्रबार दिउँसो २ बजे फेरि बस्ने भएको छ ।
एमालेको दशौं राष्ट्रिय महाधिवेशन चितवनमा हुने ,, बादलको संयोजकत्वमा २१ सदस्यीय मूल व्यवस्थापन समिति गठन
एमालेको दशौं राष्ट्रिय महाधिवेशन चितवनमा हुने ,, बादलको संयोजकत्वमा २१ सदस्यीय मूल व्यवस्थापन समिति गठन
Advertisement
तपाईको प्रतिक्रिया

