असोज १८, काठमान्डौ । एउटा निजी विमान उत्तर इटालीको सहर मिलानमा रहेको खाली अफिस भवनमा खस्दा त्यसमा सवार सबै ८ जनाको मृत्यु भएको छ । सार्डिनिया टापुका लागि मिलानको लिनाते विमानस्थलबाट उडान भरेको सो विमान केही बेरमा नै दुर्घटनाग्रस्त बनेको थियो । इटालियन मिडियाका अनुसार विमानका चालक ६८ वर्षीय रोमानियन अर्बपति डान पेट्रेस्कु रहेका थिए । उनीसँगै उनको पत्नी र छोराको पनि मृत्यु भएको छ । पेट्रेस्कु रोमानिया सबैभन्दा धनी व्यक्तिहरु मध्येमा पर्दछन् ।
Advertisement

