चितवन- नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट चितवन जिल्लाकी नेतृ तथा पूर्व माननीय शान्ति परियार विक केन्द्रीय सदस्य पदमा निर्वाचित हुनुभएको छ।
पार्टीको केन्द्रीय नेतृत्वमा निर्वाचित हुनुभएपछि नेतृ परियार विकले आफूलाई विश्वास गरी मतदान गर्ने तथा निर्वाचन प्रक्रियामा साथ, सहयोग र समर्थन प्रदान गर्ने सम्पूर्ण महाधिवेशन प्रतिनिधिहरूप्रति हार्दिक धन्यवाद तथा कृतज्ञता व्यक्त गर्नुभएको छ।
उहाँले महाधिवेशन प्रतिनिधिहरूले देखाउनुभएको विश्वास र मायालाई उच्च सम्मान गर्दै पार्टीको नीति, सिद्धान्त र विचारप्रति प्रतिबद्ध रहेर जिम्मेवारी निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभएको छ।
चितवनको प्रतिनिधित्व गर्दै केन्द्रीय सदस्यमा निर्वाचित हुनुभएकी परियार विकको यस उपलब्धिलाई उहाँका समर्थक तथा शुभेच्छुकहरूले बधाई तथा शुभकामना व्यक्त गरेका छन्।

