• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • स्थानीय
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • भिडियो
  • थप
    • समाज
    • साहित्य
    • आर्थिक
    • पर्यटन
    • अन्तराष्ट्रिय
    • राशिफल
    • रोचक
×
शुक्रबार, असोज ३०, २०८३
    • प्रमुख समाचार
    • समाचार
    • राजनीति
    • स्थानीय
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • भिडियो
    • थप
      • समाज
      • साहित्य
      • आर्थिक
      • पर्यटन
      • अन्तराष्ट्रिय
      • राशिफल
      • रोचक

भर्खरै

नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट शान्ति परियार विक केन्द्रीय सदस्यमा निर्वाचित

नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट विद्वान गुरुङ केन्द्रीय सदस्यमा निर्वाचित

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघको अध्यक्षमा पुनः बगाले, दुग्ध क्षेत्रलाई देशकै नमुना बनाउने प्रतिबद्धता

चाडपर्वमा कृत्रिम अभाव र ठगी रोक्न तीव्र बजार अनुगमन, काठमाडौँ उपत्यकामा दैनिक १० टोली खटाइँदै

२४ घण्टाभित्र प्रष्टीकरण दिन खगेन्द्र सुनारलाई रास्वपा अनुशासन आयोगको पत्र

ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था मानपुर तनँहुद्वारा बिमाबापत नगद रु. ७ लाख हस्तान्तरण

संघको ३५ औं साधारणसभामा राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

लोकप्रिय समाचार

  • १. चितवनमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

  • २. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ३. ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था मानपुर तनँहुद्वारा बिमाबापत नगद रु. ७ लाख हस्तान्तरण

  • ४. संघको ३५ औं साधारणसभामा राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ५. खेतबारीमा महिनावारी स्वच्छता तथा सचेतना कार्यक्रम सम्पन्न

  • ६. स्पाउज क्लब अफ आर सि चितवन र रोटरी क्लब अफ चितवन द्वारा शैक्षिक सामग्री वितरण

  • ७. चाडपर्वमा कृत्रिम अभाव र ठगी रोक्न तीव्र बजार अनुगमन, काठमाडौँ उपत्यकामा दैनिक १० टोली खटाइँदै

  • ८. चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघको अध्यक्षमा पुनः बगाले, दुग्ध क्षेत्रलाई देशकै नमुना बनाउने प्रतिबद्धता

  • ९. उषा सुबेदीद्वारा राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको बाग्मती प्रदेश भूगोल सचिवमा उम्मेदवारी घोषणा

  • १०. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

खेतबारीमा महिनावारी स्वच्छता तथा सचेतना कार्यक्रम सम्पन्न

खेतबारी, चितवन-

Advertisement

स्पाउस क्लब अफ आरसी चितवनको आयोजना र चितवन रोटरी क्लब को सहयोगमा शुक्रबार, २०८३ असोज २३ गते (९ अक्टोबर २०२६) इच्छाकामना गाउँपालिका–७, खेतबारीस्थित श्री राष्ट्रिय आधारभूत विद्यालयमा महिनावारी स्वच्छता तथा सचेतना कार्यक्रम सम्पन्न भएको छ।
महिनावारीसम्बन्धी सही जानकारी प्रदान गर्ने, व्यक्तिगत सरसफाइको महत्व बुझाउने तथा महिनावारीप्रतिको सामाजिक भ्रम र संकोच हटाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो। कार्यक्रममा कक्षा ७ र ८ मा अध्ययनरत छात्राहरू, विद्यालयका शिक्षिका तथा स्थानीय महिलासहित करिब ६० जनाको सहभागिता रहेको थियो।

Advertisement

स्पाउस क्लब अफ आरसी चितवनकी अध्यक्ष तथा स्टाफ नर्स जानकी तिवारी शर्माले स्रोत व्यक्तिका रूपमा सहजीकरण गर्नुभएको थियो । कार्यक्रममा महिनावारीको प्रक्रिया, महिनावारीका समयमा अपनाउनुपर्ने व्यक्तिगत सरसफाइ, प्याडको सुरक्षित प्रयोग तथा व्यवस्थापन, संक्रमणबाट बच्ने उपाय र महिनावारीका समयमा पोषणयुक्त खानपानको महत्वबारे जानकारी प्रदान गरिएको थियो।

कार्यक्रममा अध्यक्ष जानकी तिवारी शर्माले महिनावारी महिलाको प्राकृतिक जैविक प्रक्रिया भएकाले यसलाई लाज, डर वा भेदभावको विषय बनाउन नहुने बताउनुभयो। उहाँले किशोरीहरूलाई महिनावारीसम्बन्धी समस्याबारे खुलेर प्रश्न गर्न, आवश्यक स्वास्थ्य परामर्श लिन र स्वच्छतामा विशेष ध्यान दिन आग्रह गर्नुभयो। उहाँले महिनावारीसम्बन्धी गलत धारणा हटाउन परिवार, विद्यालय र समुदाय सबैको सकारात्मक भूमिका आवश्यक रहेकोमा जोड दिनुभयो।
कार्यक्रमले किशोरीहरूमा महिनावारीसम्बन्धी वैज्ञानिक जानकारी र स्वच्छताका अभ्यासबारे चेतना अभिवृद्धि गर्नुका साथै यस विषयमा खुलेर छलफल गर्ने वातावरण निर्माण गर्न सहयोग पुर्‍याएको आयोजकले जनाएको छ।

शिक्षा, स्वास्थ्य तथा सामुदायिक विकासका क्षेत्रमा विभिन्न सामाजिक गतिविधि सञ्चालन गर्दै आएका रोटरी क्लब अफ चितवन र स्पाउस क्लब अफ आरसी चितवनले यस्ता सचेतनामूलक कार्यक्रममार्फत किशोरी तथा महिलाको स्वास्थ्य, आत्मविश्वास र सम्मानजनक जीवनयापनमा योगदान पुर्‍याउने उद्देश्य राखेका छन्।
महिनावारी स्वच्छतासम्बन्धी सही ज्ञान र व्यवहारको विकासले किशोरीहरूको स्वास्थ्य संरक्षण, विद्यालयमा नियमित उपस्थिति तथा महिनावारीका आधारमा हुने विभेद न्यूनीकरणमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास आयोजकले व्यक्त गरेका छन्।

शनिबार, असोज २४, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट शान्ति परियार विक केन्द्रीय सदस्यमा निर्वाचित
नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट विद्वान गुरुङ केन्द्रीय सदस्यमा निर्वाचित
चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै
चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघको अध्यक्षमा पुनः बगाले, दुग्ध क्षेत्रलाई देशकै नमुना बनाउने प्रतिबद्धता
चाडपर्वमा कृत्रिम अभाव र ठगी रोक्न तीव्र बजार अनुगमन, काठमाडौँ उपत्यकामा दैनिक १० टोली खटाइँदै
२४ घण्टाभित्र प्रष्टीकरण दिन खगेन्द्र सुनारलाई रास्वपा अनुशासन आयोगको पत्र

लोकप्रिय

  • १.
    चितवनमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

  • २.
    संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ३.
    ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था मानपुर तनँहुद्वारा बिमाबापत नगद रु. ७ लाख हस्तान्तरण

  • ४.
    खेतबारीमा महिनावारी स्वच्छता तथा सचेतना कार्यक्रम सम्पन्न

  • ५.
    संघको ३५ औं साधारणसभामा राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ६.
    स्पाउज क्लब अफ आर सि चितवन र रोटरी क्लब अफ चितवन द्वारा शैक्षिक सामग्री वितरण

भर्खरै

  • १.
    नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट शान्ति परियार विक केन्द्रीय सदस्यमा निर्वाचित

  • २.
    नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट विद्वान गुरुङ केन्द्रीय सदस्यमा निर्वाचित

  • ३.
    चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • ४.
    चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघको अध्यक्षमा पुनः बगाले, दुग्ध क्षेत्रलाई देशकै नमुना बनाउने प्रतिबद्धता

  • ५.
    चाडपर्वमा कृत्रिम अभाव र ठगी रोक्न तीव्र बजार अनुगमन, काठमाडौँ उपत्यकामा दैनिक १० टोली खटाइँदै

  • ६.
    २४ घण्टाभित्र प्रष्टीकरण दिन खगेन्द्र सुनारलाई रास्वपा अनुशासन आयोगको पत्र

  • ७.
    ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था मानपुर तनँहुद्वारा बिमाबापत नगद रु. ७ लाख हस्तान्तरण

  • ८.
    संघको ३५ औं साधारणसभामा राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

हाम्रो बारेमा

वन स्टेप मिडिया प्रा. लि द्वारा सञ्चालित
www.onestepkhabar.com
कम्पनी दर्ता नं
२५७६१६/०७७/०७८
सूचना तथा प्रसारण विभाग दर्ता नं.
२९३८-२०७८/७९
प्रेस काउन्सिल नेपाल सूचिकरण प्रमाणपत्र नं.
२९७०

हाम्रो टीम

अध्यक्ष/ सञ्चालक
आयुष न्यौपाने

सम्पादक
गणेश सुबेदि

संवाददाता
बिशाल सापकोटा

मिडिया सञ्चालन प्रमुख
देवी ढकाल

सम्पर्क

समाचार र विज्ञापनका लागि सम्पर्क
९८६५००४१००

ठेगाना
भरतपुर-७,चितवन

ईमेल
[email protected]

Copyright ©2026 One Step Khabar | All rights Reserved.
 Website By :  nwTech.