• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • स्थानीय
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • भिडियो
  • थप
    • समाज
    • साहित्य
    • आर्थिक
    • पर्यटन
    • अन्तराष्ट्रिय
    • राशिफल
    • रोचक
×
शुक्रबार, असोज ३०, २०८३
    • प्रमुख समाचार
    • समाचार
    • राजनीति
    • स्थानीय
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • भिडियो
    • थप
      • समाज
      • साहित्य
      • आर्थिक
      • पर्यटन
      • अन्तराष्ट्रिय
      • राशिफल
      • रोचक

भर्खरै

नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट शान्ति परियार विक केन्द्रीय सदस्यमा निर्वाचित

नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट विद्वान गुरुङ केन्द्रीय सदस्यमा निर्वाचित

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघको अध्यक्षमा पुनः बगाले, दुग्ध क्षेत्रलाई देशकै नमुना बनाउने प्रतिबद्धता

चाडपर्वमा कृत्रिम अभाव र ठगी रोक्न तीव्र बजार अनुगमन, काठमाडौँ उपत्यकामा दैनिक १० टोली खटाइँदै

२४ घण्टाभित्र प्रष्टीकरण दिन खगेन्द्र सुनारलाई रास्वपा अनुशासन आयोगको पत्र

ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था मानपुर तनँहुद्वारा बिमाबापत नगद रु. ७ लाख हस्तान्तरण

संघको ३५ औं साधारणसभामा राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

लोकप्रिय समाचार

  • १. चितवनमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

  • २. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ३. ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था मानपुर तनँहुद्वारा बिमाबापत नगद रु. ७ लाख हस्तान्तरण

  • ४. खेतबारीमा महिनावारी स्वच्छता तथा सचेतना कार्यक्रम सम्पन्न

  • ५. संघको ३५ औं साधारणसभामा राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ६. स्पाउज क्लब अफ आर सि चितवन र रोटरी क्लब अफ चितवन द्वारा शैक्षिक सामग्री वितरण

  • ७. चाडपर्वमा कृत्रिम अभाव र ठगी रोक्न तीव्र बजार अनुगमन, काठमाडौँ उपत्यकामा दैनिक १० टोली खटाइँदै

  • ८. चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघको अध्यक्षमा पुनः बगाले, दुग्ध क्षेत्रलाई देशकै नमुना बनाउने प्रतिबद्धता

  • ९. उषा सुबेदीद्वारा राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको बाग्मती प्रदेश भूगोल सचिवमा उम्मेदवारी घोषणा

  • १०. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

स्पाउज क्लब अफ आर सि चितवन र रोटरी क्लब अफ चितवन द्वारा शैक्षिक सामग्री वितरण

खेतबारी, चितवन-

Advertisement

स्पाउस क्लब अफ आरसी चितवन र चितवन रोटरी क्लब को संयुक्त आयोजनामा शुक्रबार, २०८३ असोज २३ गते (९ अक्टोबर २०२६) इच्छाकामना गाउँपालिका–७, खेतबारीस्थित श्री राष्ट्रिय आधारभूत विद्यालयमा शैक्षिक सामग्री वितरण कार्यक्रम सम्पन्न भएको छ।

Advertisement

स्पाउस क्लब अफ आरसी चितवनकी अध्यक्ष जानकी तिवारी शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा रोटरी क्लब अफ चितवनका अध्यक्ष गेहेन्द्रमान श्रेष्ठ प्रमुख अतिथि तथा क्लबका पूर्वअध्यक्ष टीकाराम कँडेल र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राम श्याङ्तान विशेष अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो। कार्यक्रमको सञ्चालन स्पाउस क्लबकी सचिव बबिता घिमिरेले गर्नुभएको थियो। कार्यक्रममा अध्यक्ष जानकी तिवारी शर्माले स्पाउस क्लबले शिक्षा, स्वास्थ्य तथा सामुदायिक विकासका क्षेत्रमा गर्दै आएका सामाजिक गतिविधिबारे प्रकाश पार्नुभयो। उहाँले विद्यार्थीको शैक्षिक विकासमा सहयोग पुर्‍याउने उद्देश्यले शैक्षिक सामग्री वितरण कार्यक्रम आयोजना गरिएको बताउनुभयो।

कार्यक्रममा रोटरी क्लब अफ चितवनका पूर्वअध्यक्ष परिषद्का अध्यक्ष भानु शर्माले रोटरी अन्तर्राष्ट्रिय अभियानको उद्देश्य, सामाजिक सेवामा रोटरीको भूमिका तथा रोटरी क्लब अफ चितवनले सञ्चालन गर्दै आएका विभिन्न सामाजिक परियोजनाबारे जानकारी दिनुभयो। उहाँले क्लबको कार्डियो केयर परियोजना, मेरुदण्डको चोटसम्बन्धी पुनःस्थापना केन्द्र, देवघाटस्थित करुणालय वृद्धाश्रम, खानेपानी, सिँचाइ तथा सरसफाइका कार्यक्रम, विद्यालयका शिक्षकका लागि सूचना तथा सञ्चार प्रविधि (आईसीटी) तालिम, शैक्षिक सामग्री वितरण र खेलकुद सामग्री वितरणजस्ता गतिविधिले समाजमा सकारात्मक प्रभाव पारेको उल्लेख गर्नुभयो। उहाँले शिक्षा र स्वास्थ्यमा गरिएको लगानीले समुदायको दीर्घकालीन विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने धारणा व्यक्त गर्नुभयो।

कार्यक्रमअन्तर्गत विद्यालयका कुल १६४ जना विद्यार्थीलाई करिब २० हजार रुपैयाँ बराबरका शैक्षिक सामग्री वितरण गरिएको थियो। वितरण गरिएका सामग्रीमा कापी, पेन्सिल, डटपेन, इरेजर र पेन्सिल कटरलगायतका सामग्री रहेका थिए। लाभान्वित विद्यार्थीमध्ये चेपाङ समुदायका ९३ जना, दलित समुदायका ८ जना र अन्य समुदायका ६३ जना रहेका छन्। कुल लाभान्वित विद्यार्थीमध्ये ७७ जना छात्रा रहेका छन्।

विद्यालयका प्रधानाध्यापक देवबहादुर गुरुङले विद्यार्थीको पठनपाठनमा सहयोग पुग्ने गरी शैक्षिक सामग्री उपलब्ध गराएकोमा आयोजक दुवै संस्थाप्रति आभार व्यक्त गर्नुभयो। उहाँले सामाजिक उत्तरदायित्व निर्वाह गर्दै विद्यालय र विद्यार्थीको शैक्षिक विकासमा योगदान पुर्‍याएकोमा रोटरी क्लब अफ चितवन तथा स्पाउस क्लबको प्रशंसा गर्दै धन्यवाद ज्ञापन गर्नुभयो।

कार्यक्रमका प्रमुख अतिथि गेहेन्द्रमान श्रेष्ठले रोटरी क्लब अफ चितवनले वर्तमान समयमा सञ्चालन गरिरहेका सामाजिक गतिविधिबारे चर्चा गर्दै आगामी दिनमा विद्यार्थीलाई लक्षित गरी मुटुसम्बन्धी स्वास्थ्य परीक्षण शिविर सञ्चालन गर्ने योजना रहेको जानकारी दिनुभयो। उहाँले विद्यार्थीको स्वास्थ्य र शिक्षालाई प्राथमिकता दिँदै समुदायमा सकारात्मक परिवर्तन ल्याउने कार्यमा क्लब निरन्तर क्रियाशील रहने प्रतिबद्धता व्यक्त गर्नुभयो।

कार्यक्रमको अन्त्यमा विद्यालयका प्रधानाध्यापक गुरुङले आयोजक संस्थाका प्रतिनिधिहरूलाई मायाको चिनो प्रदान गर्दै कार्यक्रम सफल बनाउन सहयोग गर्ने सबैप्रति धन्यवाद व्यक्त गर्नुभयो।
शिक्षा, स्वास्थ्य र सामुदायिक विकासलाई प्राथमिकतामा राख्दै सञ्चालन गरिएको यस कार्यक्रमले विद्यार्थीको पठनपाठनमा सहयोग पुर्‍याउनुका साथै सामाजिक सेवामा रोटरी र स्पाउस क्लबको प्रतिबद्धतालाई थप उजागर गरेको छ।

शुक्रबार, असोज २३, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट शान्ति परियार विक केन्द्रीय सदस्यमा निर्वाचित
नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट विद्वान गुरुङ केन्द्रीय सदस्यमा निर्वाचित
चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै
चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघको अध्यक्षमा पुनः बगाले, दुग्ध क्षेत्रलाई देशकै नमुना बनाउने प्रतिबद्धता
चाडपर्वमा कृत्रिम अभाव र ठगी रोक्न तीव्र बजार अनुगमन, काठमाडौँ उपत्यकामा दैनिक १० टोली खटाइँदै
२४ घण्टाभित्र प्रष्टीकरण दिन खगेन्द्र सुनारलाई रास्वपा अनुशासन आयोगको पत्र

लोकप्रिय

  • १.
    चितवनमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

  • २.
    संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ३.
    ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था मानपुर तनँहुद्वारा बिमाबापत नगद रु. ७ लाख हस्तान्तरण

  • ४.
    खेतबारीमा महिनावारी स्वच्छता तथा सचेतना कार्यक्रम सम्पन्न

  • ५.
    संघको ३५ औं साधारणसभामा राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ६.
    स्पाउज क्लब अफ आर सि चितवन र रोटरी क्लब अफ चितवन द्वारा शैक्षिक सामग्री वितरण

भर्खरै

  • १.
    नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट शान्ति परियार विक केन्द्रीय सदस्यमा निर्वाचित

  • २.
    नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट विद्वान गुरुङ केन्द्रीय सदस्यमा निर्वाचित

  • ३.
    चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • ४.
    चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघको अध्यक्षमा पुनः बगाले, दुग्ध क्षेत्रलाई देशकै नमुना बनाउने प्रतिबद्धता

  • ५.
    चाडपर्वमा कृत्रिम अभाव र ठगी रोक्न तीव्र बजार अनुगमन, काठमाडौँ उपत्यकामा दैनिक १० टोली खटाइँदै

  • ६.
    २४ घण्टाभित्र प्रष्टीकरण दिन खगेन्द्र सुनारलाई रास्वपा अनुशासन आयोगको पत्र

  • ७.
    ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था मानपुर तनँहुद्वारा बिमाबापत नगद रु. ७ लाख हस्तान्तरण

  • ८.
    संघको ३५ औं साधारणसभामा राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

हाम्रो बारेमा

वन स्टेप मिडिया प्रा. लि द्वारा सञ्चालित
www.onestepkhabar.com
कम्पनी दर्ता नं
२५७६१६/०७७/०७८
सूचना तथा प्रसारण विभाग दर्ता नं.
२९३८-२०७८/७९
प्रेस काउन्सिल नेपाल सूचिकरण प्रमाणपत्र नं.
२९७०

हाम्रो टीम

अध्यक्ष/ सञ्चालक
आयुष न्यौपाने

सम्पादक
गणेश सुबेदि

संवाददाता
बिशाल सापकोटा

मिडिया सञ्चालन प्रमुख
देवी ढकाल

सम्पर्क

समाचार र विज्ञापनका लागि सम्पर्क
९८६५००४१००

ठेगाना
भरतपुर-७,चितवन

ईमेल
[email protected]

Copyright ©2026 One Step Khabar | All rights Reserved.
 Website By :  nwTech.