• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • स्थानीय
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • भिडियो
  • थप
    • समाज
    • साहित्य
    • आर्थिक
    • पर्यटन
    • अन्तराष्ट्रिय
    • राशिफल
    • रोचक
×
बिहिबार, असोज ०१, २०८३
    • प्रमुख समाचार
    • समाचार
    • राजनीति
    • स्थानीय
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • भिडियो
    • थप
      • समाज
      • साहित्य
      • आर्थिक
      • पर्यटन
      • अन्तराष्ट्रिय
      • राशिफल
      • रोचक

भर्खरै

१५औँ महाधिवेशन : भरतपुर–१४ मा वडा सभापतिका लागि मनोज श्रेष्ठको दाबी

नुवाकोटमा चितवन रोटरी क्लबको २० हजार वाटको सोलार प्रणाली जडान

गंगा दुग्ध सहकारीद्वारा एक महिनामै २ वटा शाखा सञ्चालनमा, एक वर्षमा ८ शाखा विस्तार गर्ने तयारी

भोटेकोशीको चेतावनी: अब चाहियो ‘बुद्धिमान’ पूर्वसूचना प्रणाली

अत्याधुनिक सेवा सहित बुद्धचोकमा जिएम डाइगोनिष्ट ल्याबोरोटरी संचालनमा

बहुप्रतिक्षित चलचित्र ‘१२ गाउँ २’ बाट अभिनेता समीर भट्टको खतरनाक एक्सन लुक्स सार्वजनिक, असोज ३० फूलपातीमा रिलिज हुने

२२ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम

चारजना उद्योगी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन

उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

लोकप्रिय समाचार

  • १. भोटेकोशी बाढीपहिरो पीडितका लागि पूर्व कर्मचारी समाजद्वारा एक लाख रुपैयाँभन्दा बढी सहयोग

  • २. उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

  • ३. ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि द्वारा आफ्नो सदस्यको श्रीमानको मृत्युमा रु ६,१७,५०० बिमा रकम हस्तान्तरण

  • ४. नयाँ उद्योगमन्त्रीको शपथ साढे ५ बजे

  • ५. भरतपुरमा विद्युतीय कारमा आगलागी हुँदा एक जनाको जलेर मृत्यु

  • ६. चारजना उद्योगी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन

  • ७. शिक्षक सेवा आयोगको अध्यक्षमा डा. हरिप्रसाद लम्साल

  • ८. तोलामा ४ हजार ८ सय रुपैयाँ घट्यो सुन

  • ९. प्रधानमन्त्री बालेनको अमेरिका भ्रमण स्वीकृत

  • १०. डेढ महिनापछि सञ्चालनमा आयो टरिगाउँ विमानस्थल

नुवाकोटमा चितवन रोटरी क्लबको २० हजार वाटको सोलार प्रणाली जडान

नुवाकोट –

Advertisement

बाढीपीडित राहत तथा पुनःस्थापना कार्यक्रमअन्तर्गत चितवन रोटरी क्लबले नुवाकोटको विदुर नगरपालिका–८ र ९ स्थित शुनाखेती लिफ्ट खानेपानी तथा सिँचाइ योजनामा २० हजार वाट क्षमताको सोलार प्रणाली जडान गरी सञ्चालनमा ल्याएको छ।

Advertisement

विद्युत् अभावका कारण नियमित रूपमा सञ्चालन हुन नसकेको पम्पिङ प्रणालीमा सोलार जडान भएपछि स्थानीय क्षेत्रमा खानेपानी तथा सिँचाइ सेवा सहज हुने भएको छ। क्लबले निर्माण सम्पन्न गरेको सोलार प्रणाली उपभोक्ता समितिलाई हस्तान्तरणसमेत गरेको छ।

चितवन रोटरी क्लबको प्राविधिक तथा व्यवस्थापकीय सहयोग र अस्ट्रेलियामा रहेका मानबहादुर तामाङको आर्थिक सहयोगमा सोलार प्रणाली निर्माण गरिएको हो।

उक्त योजनाबाट करिब ३०० घरपरिवारसँगै त्रिशूली प्रादेशिक अस्पताल, तीनवटा सामुदायिक विद्यालय र पाँचवटा होल्डिङ सेन्टर प्रत्यक्ष रूपमा लाभान्वित हुने बताइएको छ। सोलार प्रणाली सञ्चालनमा आएपछि विद्युत् अभावका कारण प्रभावित हुँदै आएको खानेपानी तथा सिँचाइ सेवामा सुधार आउने अपेक्षा गरिएको छ।

कार्यक्रममा चितवन रोटरी क्लबका अध्यक्ष गेहेन्द्रमान श्रेष्ठले सोलार प्रणाली उपभोक्ता समितिलाई हस्तान्तरण गर्नुभयो। कार्यक्रममा निर्वाचित अध्यक्ष राजन पिया, निवर्तमान अध्यक्ष रामचन्द्र अधिकारी, पूर्व अध्यक्षहरू उत्तमलाल चुके, कल्याण जोशी, भानु शर्मा र ज्ञानेन्द्रमान शाक्य तथा सेवा परियोजना चेयर गुनेश्वर महतोलगायतको उपस्थिति थियो।

सोही अवसरमा बाढीका क्रममा १ हजार ६ सय ४३ विद्यार्थीलाई सुरक्षित राख्न महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयका प्रधानाध्यापक राजेन्द्र दवाडीलाई खेलकुद सामग्रीसमेत हस्तान्तरण गरिएको थियो।

चितवन रोटरी क्लबका पूर्व अध्यक्ष भानु शर्माले सोलार प्रणाली जडानले स्थानीय समुदायमा आशा र उत्साह थपिएको बताउनुभयो। स्थानीयवासीले खानेपानी तथा सिँचाइको समस्या समाधानमा यसबाट महत्वपूर्ण सहयोग पुग्ने अपेक्षा गरेका छन्।

स्थानीय समुदायबाट प्राप्त आवश्यकता र सुझावका आधारमा क्लबले आगामी दिनमा थप सामाजिक तथा पूर्वाधारसम्बन्धी कार्यक्रम सञ्चालन गर्ने जनाएको छ। क्लबका सदस्यहरूले स्थलगत अनुगमन तथा स्थानीयवासीसँग प्रत्यक्ष संवादमार्फत आगामी सेवा परियोजनाका लागि आवश्यकताको पहिचानसमेत थालेका छन्।

बाढी प्रभावित समुदायलाई तत्कालीन राहतसँगै दीर्घकालीन पुनःस्थापना र आवश्यक पूर्वाधार निर्माणमा सहयोग गर्ने उद्देश्यले गरिएको यस पहलबाट खानेपानी, सिँचाइ, स्वास्थ्य र शिक्षा क्षेत्रमा सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ।

बिहिबार, असोज ०१, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

१५औँ महाधिवेशन : भरतपुर–१४ मा वडा सभापतिका लागि मनोज श्रेष्ठको दाबी
गंगा दुग्ध सहकारीद्वारा एक महिनामै २ वटा शाखा सञ्चालनमा, एक वर्षमा ८ शाखा विस्तार गर्ने तयारी
भोटेकोशीको चेतावनी: अब चाहियो ‘बुद्धिमान’ पूर्वसूचना प्रणाली
अत्याधुनिक सेवा सहित बुद्धचोकमा जिएम डाइगोनिष्ट ल्याबोरोटरी संचालनमा
बहुप्रतिक्षित चलचित्र ‘१२ गाउँ २’ बाट अभिनेता समीर भट्टको खतरनाक एक्सन लुक्स सार्वजनिक, असोज ३० फूलपातीमा रिलिज हुने
२२ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम

लोकप्रिय

  • १.
    भोटेकोशी बाढीपहिरो पीडितका लागि पूर्व कर्मचारी समाजद्वारा एक लाख रुपैयाँभन्दा बढी सहयोग

  • २.
    उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

  • ३.
    ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि द्वारा आफ्नो सदस्यको श्रीमानको मृत्युमा रु ६,१७,५०० बिमा रकम हस्तान्तरण

  • ४.
    नयाँ उद्योगमन्त्रीको शपथ साढे ५ बजे

  • ५.
    भरतपुरमा विद्युतीय कारमा आगलागी हुँदा एक जनाको जलेर मृत्यु

  • ६.
    चारजना उद्योगी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन

भर्खरै

  • १.
    १५औँ महाधिवेशन : भरतपुर–१४ मा वडा सभापतिका लागि मनोज श्रेष्ठको दाबी

  • २.
    नुवाकोटमा चितवन रोटरी क्लबको २० हजार वाटको सोलार प्रणाली जडान

  • ३.
    गंगा दुग्ध सहकारीद्वारा एक महिनामै २ वटा शाखा सञ्चालनमा, एक वर्षमा ८ शाखा विस्तार गर्ने तयारी

  • ४.
    भोटेकोशीको चेतावनी: अब चाहियो ‘बुद्धिमान’ पूर्वसूचना प्रणाली

  • ५.
    अत्याधुनिक सेवा सहित बुद्धचोकमा जिएम डाइगोनिष्ट ल्याबोरोटरी संचालनमा

  • ६.
    बहुप्रतिक्षित चलचित्र ‘१२ गाउँ २’ बाट अभिनेता समीर भट्टको खतरनाक एक्सन लुक्स सार्वजनिक, असोज ३० फूलपातीमा रिलिज हुने

  • ७.
    २२ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम

  • ८.
    चारजना उद्योगी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन

हाम्रो बारेमा

वन स्टेप मिडिया प्रा. लि द्वारा सञ्चालित
www.onestepkhabar.com
कम्पनी दर्ता नं
२५७६१६/०७७/०७८
सूचना तथा प्रसारण विभाग दर्ता नं.
२९३८-२०७८/७९
प्रेस काउन्सिल नेपाल सूचिकरण प्रमाणपत्र नं.
२९७०

हाम्रो टीम

अध्यक्ष/ सञ्चालक
आयुष न्यौपाने

सम्पादक
गणेश सुबेदि

संवाददाता
बिशाल सापकोटा

सम्पर्क

समाचार र विज्ञापनका लागि सम्पर्क
९८६५००४१००

ठेगाना
भरतपुर-७,चितवन

ईमेल
[email protected]

Copyright ©2026 One Step Khabar | All rights Reserved.
 Website By :  nwTech.