चितवन-
गायक नारायण प्रसाद न्यौपाने र राधिका भण्डारीको स्वरमा तिम्रो मायामा गीत सार्वजनिक भएको छ। दिपक राज विश्वकर्माको एरेन्जमेन्ट अनिल कुँवरको कन्सेप्ट र किशोर चौधरीको डाइरेक्सनमा गीत बजारमा आएको हो ।
मंसिर ३० गते सार्वजनिक भएको तिम्रो मायामा रोमान्टिक गीतको भिडियो कालो कमिला नामको युट्युव च्यानलमा हेर्न सकिन्छ ।
गीतमा मेघनाथ चौधरी, प्रभा पौडेल, पुस्पा पौडेल, लक्ष्मी दराइ, मनोज दराइ, लक्ष्मण नेपाल, भक्त थापा लगाएत कलाकारको भुमिका रहेको छ । त्यस्तै दिपक राज विश्वकर्मा, आस्मा महतो, पुजन लामिछाने, सुरेश चौधरी लगायतको विशेष भुमिका रहेको छ ।
Advertisement

