चितवन, कार्तिक ६ ।
चितवनको माडीमा चर्चित -यापर लाउरे र लोकप्रिय गायिका तृष्णा गुरुङको लाईभ कन्सर्ट हुने भएको छ।तिहारको अवसर पारी माडी इभेन्ट्सको आयोजनामा आगामी कार्तिक १६ गते माडीको बसन्तपुरमा लाईभ कन्सर्ट हुन लागेको हो।
कार्तिक १६ गते मंगलबार साँझ ५ बजेदेखि बसन्तपुरको खुल्ला चौरमा लाईभ कन्सर्ट हुने माडी इभेन्ट्सका अध्यक्ष पदम पन्तले जानकारी दिएका छन्।
कन्सर्टमा चर्चित -यापर लाउरे (आशिष राना) र युवा पुस्तामाझ लोकप्रीय गायिका तृष्णा गुरुङले माडीबासीलाई झुमाउने छन्।
-यापर लाउरेका दर्जनौं -याप र गायिका गुरुङका दर्जनौं पप मेलोडी गीतहरु अति लोकप्रीय रहेका छन् ।
हालै मात्र तृष्णाको नाम के हो बोलको गीतले बजार तताई रहेको छ।
यस्तै कार्यक्रममा ब्याड कम्पनी र कोल्याब ब्याण्डको लाइभ म्युजिक समेत रहने छ ।
कार्यक्रममा साधारण टिकट शुल्क रू. ५०० र भि.आई.पी. टिकट शुल्क रू १००० रहेको छ।
माडीको इतिहासमा पहिलपटक हुन लागेको यस भव्य लाईभ कन्सर्टमा माडी बाहिरबाट पनि हजारौ दर्शकहरुको सहभागिता रहने अपेक्षा गरिएको छ।
हाल माडी कन्सर्ट (सिजन वन)को तयारी तीब्र पारिएको छ।

