• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • स्थानीय
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • भिडियो
  • थप
    • समाज
    • साहित्य
    • आर्थिक
    • पर्यटन
    • अन्तराष्ट्रिय
    • राशिफल
    • रोचक
×
बिहिबार, असोज ०१, २०८३
    • प्रमुख समाचार
    • समाचार
    • राजनीति
    • स्थानीय
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • भिडियो
    • थप
      • समाज
      • साहित्य
      • आर्थिक
      • पर्यटन
      • अन्तराष्ट्रिय
      • राशिफल
      • रोचक

भर्खरै

गंगा दुग्ध सहकारीद्वारा एक महिनामै २ वटा शाखा सञ्चालनमा, एक वर्षमा ८ शाखा विस्तार गर्ने तयारी

भोटेकोशीको चेतावनी: अब चाहियो ‘बुद्धिमान’ पूर्वसूचना प्रणाली

अत्याधुनिक सेवा सहित बुद्धचोकमा जिएम डाइगोनिष्ट ल्याबोरोटरी संचालनमा

बहुप्रतिक्षित चलचित्र ‘१२ गाउँ २’ बाट अभिनेता समीर भट्टको खतरनाक एक्सन लुक्स सार्वजनिक, असोज ३० फूलपातीमा रिलिज हुने

२२ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम

चारजना उद्योगी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन

उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

डेढ महिनापछि सञ्चालनमा आयो टरिगाउँ विमानस्थल

ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि द्वारा आफ्नो सदस्यको श्रीमानको मृत्युमा रु ६,१७,५०० बिमा रकम हस्तान्तरण

लोकप्रिय समाचार

  • १. भोटेकोशी बाढीपहिरो पीडितका लागि पूर्व कर्मचारी समाजद्वारा एक लाख रुपैयाँभन्दा बढी सहयोग

  • २. उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

  • ३. ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि द्वारा आफ्नो सदस्यको श्रीमानको मृत्युमा रु ६,१७,५०० बिमा रकम हस्तान्तरण

  • ४. नेपाली कांग्रेस भरतपुर महानगर सभापति पदमा कंडेलको उम्मेदवारी घोषणा

  • ५. नयाँ उद्योगमन्त्रीको शपथ साढे ५ बजे

  • ६. चारजना उद्योगी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन

  • ७. शिक्षक सेवा आयोगको अध्यक्षमा डा. हरिप्रसाद लम्साल

  • ८. भरतपुरमा विद्युतीय कारमा आगलागी हुँदा एक जनाको जलेर मृत्यु

  • ९. तोलामा ४ हजार ८ सय रुपैयाँ घट्यो सुन

  • १०. कमजोर ब्याटिङ गरेको नेपालले ओमानलाई दियो १४८ रनको चुनौती

प्रथम मिष्टर चितवनको उपाधि राज कुमार मानन्धरलाई


भरतपुर – चितवन जिल्ला शारीरिक सुगठन तथा फिटनेश संघ चितवनको आयोजनामा शनिबार सम्पन्न “प्रथम मिष्टर चितवन शारीरिक सुगठन तथा महिला एथलेटिक्स तथा फिजिक्स २०८१” मा राज कुमार मानन्धरले मिष्टर चितवनको उपाधि जित्न सफल भएका छन् । पाँच छुट्टाछुट्टै वेट क्याटगोरी बिजेता (गोल्ड मेडलिष्ट) हरुलाई फाइनल प्रतिस्पर्धामा उतारिएको थियो । ५ प्रतिस्पर्धीबीच भएको प्रतियोगितामा मानन्धरले उपाधि हात पारेका हुन । प्रतियोगिताको ओभरअल बिजेतालाई नगद सहित ट्रफी, मेडल र अन्य गिफ्ट ह्याम्पर प्रदान गरिएको थियो । प्रथम मिष्टर चितवनका बिजेता मानन्धरलाई प्रदान गरिएको रु एकलाख पचास हजार रुपैयाँ चितवन समाज हङकङले उपलब्ध गराएको थियो ।

Advertisement

त्यस्तै महिला एथलेटिक्स तथा फिजिक्स प्रतियोगिता तर्फ उपाधि एलिना सुनारले हात पारेकी हुन् । महिलातर्फ ओमन एथलेटिक्स फिजिक्स प्रतियोगिताकी बिजेता सुनारलाई प्रदान गरिएको रु ५० हजार नगद अमेरिकाबाट निरा गुरुङ्गले उपलब्ध गराउनु भएको थियो ।प्रतियोगिता अन्तर्गत ५५ के.जि.वेट क्याटगोरी तर्फ १३ प्रतियोगि मध्ये राजकुमार मानन्धर प्रथम, छेसङ्ग तामाङ्ग द्धितीय, रामबहादुर गुरुङ्ग तृतीय, महमद बेलाल मिया ठकुराई चौथो र साइधुल मियाले पाँचौं स्थान हासिल गरेका थिए ।

Advertisement

६० के.जि.वेट क्याटगोरीतर्फ ९ जना प्रतिप्रर्धी मध्ये मदन थापा प्रथम, राजु विश्वकर्मा द्धितीय, सुमन तामाङ्ग तृतीय, विकेश कुमार शाह चौथो र जितेन्द्र कुमार शाहले पाँचौं स्थान हासिल गरेका थिएत्यस्तै ६५ के.जि.वेट क्याटगोरीमा ४ जना प्रतिस्पर्धीहरु मध्ये बेदन श्रेष्ठ प्रथम, निखिल तामाङ्ग द्धितीय, आशिक ताम्राकार तृतीय र नवराज पौडेलले चौथो स्थान हासिल गरेका थिए । त्यस्तै ७० के.जि.वेट क्याटगोरीमा ४ जना प्रतिस्पर्धीहरु मध्ये सुर्जे सुनार प्रथम, विरेन्द्र अधिकारी द्धितीय, असिम थापा क्षेत्री तृतीय र सुहिल महत्तोले चौथो स्थान हासिल गरेका थिए ।
त्यस्तै ७५ के.जि. वेट क्याटगोरीमा ३ जना प्रतिस्पर्धीहरु मध्ये इन्द्र बहादुर श्रेष्ठ प्रथम, प्रसन्न न्यौपाने द्धितीय र क्याप्टेन रुद्रीविर क्षेत्रीले तृतीय स्थान हासिल गरेका थिए ।

त्यस्तै प्रतियोगिता अन्तर्गत ५० वर्षभन्दा माथिका व्यक्तिहरुबीच माष्टर वेट खुल्ला पुरुषतर्फ ३ जना प्रतिस्पर्धीहरु मध्ये द्रोपद श्रेष्ठ प्रथम, क्याप्टेन रुद्रीविर क्षेत्री द्धितीय र मान प्रसाद गुरुङ्गले तृतीय स्थान हासिल गरेका थिए ।त्यस्तैगरी महिला एथलेटिक्स तथा फिजिक्स प्रतियोगिता तर्फ ५ प्रतिस्पर्धीहरु मध्ये एलिना सुनार प्रथम, सुनिता घलान द्धितीय, सुजता सुनार तृतीय, विबिसा ओली चौथो र सरिता चौधरीले पाँचौं स्थान हासिल गरेका थिए ।

प्रत्येक वेट क्याटगोरीका बिजेता (गोल्ड मेडलिष्ट) लाई रु ३० हजार, फष्ट रनरअफ (सेकेण्ड) लाई २० हजार र सेकेण्ड रनरअफ (तृतीय) हुनेलाई रु १० हजार नगद सहित ट्रफी, मेडल र अन्य गिफ्टह्याम्पर, महिलातर्फ ओमन एथलेटिक्स फिजिक्स प्रतियोगितामा बिजेतालाई रु ५० हजार, फष्ट रनरअफ (सेकेण्ड)लाई रु २५ हजार र सेकेण्ड रनरअफ (तृतीय)लाई रु१५हजार नगद सहित ट्रफी, मेडल र अन्य गिफ्ट ह्याम्पर प्रदान गरिएको थियो ।

प्रतियोगिताको प्रमुख निर्णायकमा प्रताप काजी बरिया र निर्णायकहरु दिनेश कुमार राजभण्डारी, अनिलकृष्ण श्रेष्ठ, केशव बहादुर शाक्य, राजकुमार श्रेष्ठ, बुद्धिजंग कार्की, राजेश भेटवाल, श्रीकृष्ण कर्माचार्य, शिव कार्की रहनुभएको थियो ।कार्यक्रममा चितवन जिल्ला शारीरिक सुगठन तथा फिटनेश संघ चितवनका सचिव बीर बहादुर राना मगरले स्वागत मन्तव्य, बागमती प्रदेश शारीरिक सुगठन फिटनेश महासंघका कार्यसमिति सदस्य राकेशमान श्रेष्ठले कार्यक्रमको बारेमा जानकारी गराउनु भएको थियो । भने सह–प्रायोजक संस्था सेन्ट्रल कलेज अफ भोकेशनल प्रा.लि.का अध्यक्ष यज्ञविलास पौडेलले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

कार्यक्रमको मुख्य प्रायोजकमा विवाईडि, सह–प्रायोजकमा सेन्ट्रल कलेज अफ भोकेशनल प्रा.लि., प्रबद्र्धकमा भरतपुर महानगरपालिका र रत्ननगर नगरपालिका, हस्पिटल पार्टनरमा नेशनल सिटी हस्पिटल, रेष्टुरेण्ट पार्टनरमा पाते ढिडो बिच रिसोर्ट, टिकट सौजन्य चितवन ह्यानकुक रेष्टुरेण्ट (साराङ), हस्पिटालिटी पार्टनरमा चितवन मिडटाउन रिसोर्ट, मिडिया पार्टटरमा उज्यालो टाईम्स मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा.लि. रहेका थिए ।

कार्यक्रमलाई सफल बनाउने प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा सहयोगी पु¥याउने सहयोगी संस्थाहरु, समितिका सम्पूर्ण पदाधिकारी एवम् सदस्यहरु, निर्णायकहरु, खेलप्रेमी महानुभावहरुलाई चितवन जिल्ला शारीरिक सुगठन तथा फिटनेश संघ चितवनका अध्यक्ष प्रकाश गुरुङले हार्दिक आभार सहित धन्यवाद व्यक्त गर्नुभएको थियो ।

आइतबार, असोज १३, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गंगा दुग्ध सहकारीद्वारा एक महिनामै २ वटा शाखा सञ्चालनमा, एक वर्षमा ८ शाखा विस्तार गर्ने तयारी
भोटेकोशीको चेतावनी: अब चाहियो ‘बुद्धिमान’ पूर्वसूचना प्रणाली
अत्याधुनिक सेवा सहित बुद्धचोकमा जिएम डाइगोनिष्ट ल्याबोरोटरी संचालनमा
बहुप्रतिक्षित चलचित्र ‘१२ गाउँ २’ बाट अभिनेता समीर भट्टको खतरनाक एक्सन लुक्स सार्वजनिक, असोज ३० फूलपातीमा रिलिज हुने
२२ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम
चारजना उद्योगी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन

लोकप्रिय

  • १.
    भोटेकोशी बाढीपहिरो पीडितका लागि पूर्व कर्मचारी समाजद्वारा एक लाख रुपैयाँभन्दा बढी सहयोग

  • २.
    उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

  • ३.
    ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि द्वारा आफ्नो सदस्यको श्रीमानको मृत्युमा रु ६,१७,५०० बिमा रकम हस्तान्तरण

  • ४.
    नेपाली कांग्रेस भरतपुर महानगर सभापति पदमा कंडेलको उम्मेदवारी घोषणा

  • ५.
    नयाँ उद्योगमन्त्रीको शपथ साढे ५ बजे

  • ६.
    चारजना उद्योगी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन

भर्खरै

  • १.
    गंगा दुग्ध सहकारीद्वारा एक महिनामै २ वटा शाखा सञ्चालनमा, एक वर्षमा ८ शाखा विस्तार गर्ने तयारी

  • २.
    भोटेकोशीको चेतावनी: अब चाहियो ‘बुद्धिमान’ पूर्वसूचना प्रणाली

  • ३.
    अत्याधुनिक सेवा सहित बुद्धचोकमा जिएम डाइगोनिष्ट ल्याबोरोटरी संचालनमा

  • ४.
    बहुप्रतिक्षित चलचित्र ‘१२ गाउँ २’ बाट अभिनेता समीर भट्टको खतरनाक एक्सन लुक्स सार्वजनिक, असोज ३० फूलपातीमा रिलिज हुने

  • ५.
    २२ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम

  • ६.
    चारजना उद्योगी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन

  • ७.
    उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

  • ८.
    डेढ महिनापछि सञ्चालनमा आयो टरिगाउँ विमानस्थल

हाम्रो बारेमा

वन स्टेप मिडिया प्रा. लि द्वारा सञ्चालित
www.onestepkhabar.com
कम्पनी दर्ता नं
२५७६१६/०७७/०७८
सूचना तथा प्रसारण विभाग दर्ता नं.
२९३८-२०७८/७९
प्रेस काउन्सिल नेपाल सूचिकरण प्रमाणपत्र नं.
२९७०

हाम्रो टीम

अध्यक्ष/ सञ्चालक
आयुष न्यौपाने

सम्पादक
गणेश सुबेदि

संवाददाता
बिशाल सापकोटा

सम्पर्क

समाचार र विज्ञापनका लागि सम्पर्क
९८६५००४१००

ठेगाना
भरतपुर-७,चितवन

ईमेल
[email protected]

Copyright ©2026 One Step Khabar | All rights Reserved.
 Website By :  nwTech.