• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • स्थानीय
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • भिडियो
  • थप
    • समाज
    • साहित्य
    • आर्थिक
    • पर्यटन
    • अन्तराष्ट्रिय
    • राशिफल
    • रोचक
×
बिहिबार, असोज ०१, २०८३
    • प्रमुख समाचार
    • समाचार
    • राजनीति
    • स्थानीय
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • भिडियो
    • थप
      • समाज
      • साहित्य
      • आर्थिक
      • पर्यटन
      • अन्तराष्ट्रिय
      • राशिफल
      • रोचक

भर्खरै

नुवाकोटमा चितवन रोटरी क्लबको २० हजार वाटको सोलार प्रणाली जडान

गंगा दुग्ध सहकारीद्वारा एक महिनामै २ वटा शाखा सञ्चालनमा, एक वर्षमा ८ शाखा विस्तार गर्ने तयारी

भोटेकोशीको चेतावनी: अब चाहियो ‘बुद्धिमान’ पूर्वसूचना प्रणाली

अत्याधुनिक सेवा सहित बुद्धचोकमा जिएम डाइगोनिष्ट ल्याबोरोटरी संचालनमा

बहुप्रतिक्षित चलचित्र ‘१२ गाउँ २’ बाट अभिनेता समीर भट्टको खतरनाक एक्सन लुक्स सार्वजनिक, असोज ३० फूलपातीमा रिलिज हुने

२२ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम

चारजना उद्योगी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन

उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

डेढ महिनापछि सञ्चालनमा आयो टरिगाउँ विमानस्थल

लोकप्रिय समाचार

  • १. भोटेकोशी बाढीपहिरो पीडितका लागि पूर्व कर्मचारी समाजद्वारा एक लाख रुपैयाँभन्दा बढी सहयोग

  • २. उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

  • ३. ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि द्वारा आफ्नो सदस्यको श्रीमानको मृत्युमा रु ६,१७,५०० बिमा रकम हस्तान्तरण

  • ४. नेपाली कांग्रेस भरतपुर महानगर सभापति पदमा कंडेलको उम्मेदवारी घोषणा

  • ५. नयाँ उद्योगमन्त्रीको शपथ साढे ५ बजे

  • ६. चारजना उद्योगी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन

  • ७. शिक्षक सेवा आयोगको अध्यक्षमा डा. हरिप्रसाद लम्साल

  • ८. भरतपुरमा विद्युतीय कारमा आगलागी हुँदा एक जनाको जलेर मृत्यु

  • ९. तोलामा ४ हजार ८ सय रुपैयाँ घट्यो सुन

  • १०. कमजोर ब्याटिङ गरेको नेपालले ओमानलाई दियो १४८ रनको चुनौती

चितवन मेडिकल कलेजमा दश हजारबढी मुटु रोगका बिरामीको शल्यक्रिया


चितवन । चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पतालले मुटुका सम्पूर्ण उपचार हुने गरी सेवालाई स्तरोन्नती गरेको छ । अस्पतालमा मुटुको ओपनहर्ट सर्जरीदेखि बाल मुटुरोगको समेत सेवा पाईने भएको हो । विश्व मुटु रोग दिवसको अवसरमा अस्पतालले आज पत्रकार सम्मेलनको आयोजना गरी मुटुको बच्चादेखि बृद्धसम्म सबैको सबै खाले उपचार गर्ने जनाएको हो । बि.सं. २०६९ साल भदौ १ गतेबाट शुरु भएको मुटु उपचारमा हालसम्म आईपुग्दा १० हजार २५० शल्यक्रिया भएका छन् ।

Advertisement

अस्पतालका मुटुरोग विशेषज्ञ प्रा.डा.श्यामराज रेग्मीका अनुसार ती मध्ये पाँच हजार १७३ जनाको मुटुमा जाली हाल्ने, ७१८ जनामा मुटुमा व्याट्री राख्ने, ३०७ जनामा मुटुको भल्व खोल्ने, २ हजार १९२ जनामा मुटुमा आउने नसाको र १ हजार ८६० जनाको क्याथल्याबमा मुटुको जाँच गरिएको छ । यस अस्पतालमा वि.सं. २०७८ वैशाखबाट सिटिभिएस सेवा शुरु भएको हो । मुटु, छाती र रक्तनलीको शल्यक्रियालाई छोटकरीमा सिटिभिएस भनिन्छ । सिटीभिएस मार्फत् हालसम्म १ हजार ३०० शल्यक्रिया भएका छन् ।

Advertisement

सात दिनको बच्चादेखि ७८ वर्षको बृद्धसम्म र नौ सयग्रामदेखि ९० केजी तौलसम्मका व्यक्तिहरुको सिटिभिएस मार्फत् शल्यक्रिया गरिएको सिटिभिएस सर्जन प्रा.डा.अनिल आचार्यले जानकारी दिनुभयो । उहाँका अनुसार यी शल्यक्रियामध्ये मुटुको ओपनहर्ट सर्जरी १० प्रतिशत, रक्तनलीका ७० प्रतिशत र फोक्सोका २० प्रतिशत रहेका छन् । अस्पतालमा न्यूक्लियर कार्डियोलोजी सेवा समेत रहेको छ । यस विभागमा मुगा स्क्यानमार्फत् मुटुको काम गर्ने क्षमता नाप्ने गरिन्छ । यसरी स्क्यान गर्दा इकोले भन्दा वास्तविक देखाउँछ ।

यसैगरी मुटुको नसा साँघुरो भएको अवस्थामा साँघुरो भएको भाग र त्यसपछिको नसाको भाग मृत छ कि छैन भन्ने पत्ता लगाउन स्ट्रेस मेयोकार्डियल पफ्र्युजन स्क्यान गरिन्छ । नसाको रोग के छ ? भविष्यमा जोखिम) छ कि छैन भन्ने पत्ता लगाउन मेयो कार्डियल भायविलिटी स्क्यान गरिन्छ । अस्पतालमा छुट्टै बाल मुटुरोग विभाग पनि रहेको छ । पत्रकार सम्मेलनमा बाल मुटुरोग विशेषज्ञ डा. अतिजकुमार मिश्रले नेपालमा हरेक वर्ष करिब ६ हजार बालबालिका जन्मजात मुटुरोगका साथ जन्मने बताउनु भयो ।

ती मध्ये एक हजार हाराहारी मात्रै उपचारमा आउने गरेको भन्दै उहाँले बाँकी उपचारको पहुँच बाहिर रहेको बताउनुभयो । अस्पतालमा बालबालिकाको मुटुको ईको, ईसिजि, हल्टर लगायत जाँचहरु हुने गर्दछन् । जन्मजात हुने मुटुका प्वाल बिना शल्यक्रिया एन्जियोप्लास्टि माध्यमबाट बन्द गरिने, जन्मजात मुटुरोगको शल्यक्रिया, जन्मजात साँघुरो भएका मुटुका भल्वहरुको बेलुन पद्धतिबाट उपचार हुने गरेको उहाँले जानकारी दिनुभयो ।

यसैगरी गर्भमा भएको बच्चाको मुटुको जाँच फेटल ईको कार्डियोग्राफी, बयस्क अवस्थामा थाहा पाईएका जन्मजात मुटुरोगको बिना शल्यक्रिया एन्जियोप्लास्टि माध्यमबाट हुने उपचार र शल्यक्रिया लगायत सम्पूर्ण बाल मुटुरोगहरुको जाँच र उपचार आफूहरुले गर्दै आएको डा. मिश्रको भनाई छ । सरकारले ७० वर्षमाथि र १५ वर्षमुनिकालाई मुटु रोग निःशुल्क सेवा दिने भएपनि राजधानी बाहिर कुनै पनि अस्पताललाई यो सेवा नदिंदा आर्थिक अभावमा धेरै उपचारबाट बञ्चित भएको उहाँको भनाई छ ।

यस अस्पतालमा दैनिक सरदर दुई सय जना मुटु रोग सम्बन्धी समस्या लिएर बिरामीहरु आउने गर्दछन् । ती मध्ये २० जना बालबालिका हुने गरेका छन् । अस्पतालका मुटुरोग विशेषज्ञ प्रा.डा. रेग्मी सूर्तीजन्य पदार्थको प्रयोग, अस्वस्थ खानपान, मोटोपन, शारीरिक निस्क्रियता, मदिराजन्य वस्तुको प्रयोग, वायु प्रदुषण, मानसिक तनावका कारण मुटु रोग हुने गरेको बताउनुहुन्छ । यस्ता विषयमा ध्यान दिन सक्ने हो भने ८० प्रतिशत मुटुरोगीहरुले अकालमा मृत्युवरण गर्नु नपर्ने उहाँको भनाई छ । अस्पतालका अध्यक्ष एवं प्रबन्ध निर्देशक प्रा.डा.हरिश्चन्द्र न्यौपानेले बालबालिकादेखि बृद्धबृद्धासम्मको मुटुको सबै खालको उपचार हुने गरेको बताउनुभयो ।

विगतका दिनहरुमा यहाँबाट मुटुको उपचार गर्न राजधानी काठमाण्डौं जाने गरेकोमा अहिले काठमाण्डौं सहित देशका विभिन्न जिल्लाबाट मुटु उपचारका लागि यहाँ आउने गरेको उहाँले बताउनुभयो । सरकारले बालबालिका र जेष्ठ नागरिकलाई निःशुल्क मुटु उपचार कार्यक्रम आफूहरुले पाएमा धेरै बिरामी आर्थिक अभावमा उपचारबाट बञ्चित हुन नपर्ने प्रा.डा.न्यौपानेको भनाई छ । राजधानी काठमाण्डौंभन्दा सस्तो र उच्चस्तरको मुटु उपचार हुने भएकाले देशकै मुटु उपचारको केन्द्र बन्न सफल भएको उहाँ बताउनुहुन्छ ।

यस अस्पतालमा दैनिक सरदर दुई सय जना मुटु रोग सम्बन्धी समस्या लिएर बिरामीहरु आउने गर्दछन् । ती मध्ये ५० जना कार्डियो भास्कुलर, २० जना बाल मुटुरोग र १३० जना हाराहारी मुटुरोग विभागमा आउने गर्दछन् । अस्पतालमा दैनिक १० देखि १२ जना बिरामी भर्ना हुने गर्दछन् । अस्पतालमा मुटुरोगको २० शैयाको आईसियू, सिटिभिएस वार्ड २० शैया र जनरल मुटु वार्ड १० शैयाको रहेको छ भने बालबालिकाका लागि पिआईसियु र एनआईसियू सेवा रहेका छन् ।

अस्पतालमा मुटुरोगको उपचार गर्न आउनेहरुले स्वास्थ्य बीमामार्फत् रु. एक लाख, विपन्न उपचार कोषबाट रु. एक लाख पाउँछन् भने सामाजिक सुरक्षा कोषमार्फत् उपचार गर्नेहरुले ८० प्रतिशत छुट पाउँछन् । हरेक वर्ष सेप्टेम्बर २९ तारिखमा विश्वभरि नै विभिन्न कार्यक्रम गरी मुटु दिवस मनाइँदै आइएको छ ।

आइतबार, असोज १३, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

नुवाकोटमा चितवन रोटरी क्लबको २० हजार वाटको सोलार प्रणाली जडान
गंगा दुग्ध सहकारीद्वारा एक महिनामै २ वटा शाखा सञ्चालनमा, एक वर्षमा ८ शाखा विस्तार गर्ने तयारी
भोटेकोशीको चेतावनी: अब चाहियो ‘बुद्धिमान’ पूर्वसूचना प्रणाली
अत्याधुनिक सेवा सहित बुद्धचोकमा जिएम डाइगोनिष्ट ल्याबोरोटरी संचालनमा
बहुप्रतिक्षित चलचित्र ‘१२ गाउँ २’ बाट अभिनेता समीर भट्टको खतरनाक एक्सन लुक्स सार्वजनिक, असोज ३० फूलपातीमा रिलिज हुने
२२ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम

लोकप्रिय

  • १.
    भोटेकोशी बाढीपहिरो पीडितका लागि पूर्व कर्मचारी समाजद्वारा एक लाख रुपैयाँभन्दा बढी सहयोग

  • २.
    उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

  • ३.
    ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि द्वारा आफ्नो सदस्यको श्रीमानको मृत्युमा रु ६,१७,५०० बिमा रकम हस्तान्तरण

  • ४.
    नेपाली कांग्रेस भरतपुर महानगर सभापति पदमा कंडेलको उम्मेदवारी घोषणा

  • ५.
    नयाँ उद्योगमन्त्रीको शपथ साढे ५ बजे

  • ६.
    चारजना उद्योगी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन

भर्खरै

  • १.
    नुवाकोटमा चितवन रोटरी क्लबको २० हजार वाटको सोलार प्रणाली जडान

  • २.
    गंगा दुग्ध सहकारीद्वारा एक महिनामै २ वटा शाखा सञ्चालनमा, एक वर्षमा ८ शाखा विस्तार गर्ने तयारी

  • ३.
    भोटेकोशीको चेतावनी: अब चाहियो ‘बुद्धिमान’ पूर्वसूचना प्रणाली

  • ४.
    अत्याधुनिक सेवा सहित बुद्धचोकमा जिएम डाइगोनिष्ट ल्याबोरोटरी संचालनमा

  • ५.
    बहुप्रतिक्षित चलचित्र ‘१२ गाउँ २’ बाट अभिनेता समीर भट्टको खतरनाक एक्सन लुक्स सार्वजनिक, असोज ३० फूलपातीमा रिलिज हुने

  • ६.
    २२ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम

  • ७.
    चारजना उद्योगी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन

  • ८.
    उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

हाम्रो बारेमा

वन स्टेप मिडिया प्रा. लि द्वारा सञ्चालित
www.onestepkhabar.com
कम्पनी दर्ता नं
२५७६१६/०७७/०७८
सूचना तथा प्रसारण विभाग दर्ता नं.
२९३८-२०७८/७९
प्रेस काउन्सिल नेपाल सूचिकरण प्रमाणपत्र नं.
२९७०

हाम्रो टीम

अध्यक्ष/ सञ्चालक
आयुष न्यौपाने

सम्पादक
गणेश सुबेदि

संवाददाता
बिशाल सापकोटा

सम्पर्क

समाचार र विज्ञापनका लागि सम्पर्क
९८६५००४१००

ठेगाना
भरतपुर-७,चितवन

ईमेल
[email protected]

Copyright ©2026 One Step Khabar | All rights Reserved.
 Website By :  nwTech.