असोज ६, चितवन – गायन रियालिटी शो ‘भ्वाईस अफ चितवन” को भोटिङ्ग पार्टनरको रुपमा ईसेवा डिजिटल रहने भएको छ।
गत बुधबार एक कार्यक्रमका बिच रियालिटी शो “भ्वाईस अफ चितवन” का निर्देशक विजय तिवारी र ईसेवा चितवनका ईन्चार्ज शालिकराम अधिकारी विच औपचारिक सम्झौता भएको हो। उक्त रियालिटी सो “घुमौ भरतपुर”अन्तर्गत सन्चालन हुने भएको हो।
Advertisement
ईपिक ईभेन्टसको आयोजना तथा युनिभर्सल एजुकेसनको प्रस्तुति रहेको उक्त सोमा आफुलाई उत्कृष्ट लागेका प्रतिभाहरुलाई यहि असोज १२ गते देखि ईसेवा मार्फत भोटिङ्ग गर्न सक्ने निर्देशक तिवारीले बताउनुभयो।
क्लियर भिजन अप्टिकल हाउस र सोफा हब चितवनको सहयोगमा सन्चालन हुने उक्त रियालिटी शोको निर्णायकको रुपमा गायक राज सिग्देल,कमोजर लाबोनी चक्रवर्ती र रियाज पोख्रेल रहने छन् ।

