• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • स्थानीय
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • भिडियो
  • थप
    • समाज
    • साहित्य
    • आर्थिक
    • पर्यटन
    • अन्तराष्ट्रिय
    • राशिफल
    • रोचक
×
बिहिबार, असोज ०१, २०८३
    • प्रमुख समाचार
    • समाचार
    • राजनीति
    • स्थानीय
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • भिडियो
    • थप
      • समाज
      • साहित्य
      • आर्थिक
      • पर्यटन
      • अन्तराष्ट्रिय
      • राशिफल
      • रोचक

भर्खरै

गंगा दुग्ध सहकारीद्वारा एक महिनामै २ वटा शाखा सञ्चालनमा, एक वर्षमा ८ शाखा विस्तार गर्ने तयारी

भोटेकोशीको चेतावनी: अब चाहियो ‘बुद्धिमान’ पूर्वसूचना प्रणाली

अत्याधुनिक सेवा सहित बुद्धचोकमा जिएम डाइगोनिष्ट ल्याबोरोटरी संचालनमा

बहुप्रतिक्षित चलचित्र ‘१२ गाउँ २’ बाट अभिनेता समीर भट्टको खतरनाक एक्सन लुक्स सार्वजनिक, असोज ३० फूलपातीमा रिलिज हुने

२२ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम

चारजना उद्योगी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन

उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

डेढ महिनापछि सञ्चालनमा आयो टरिगाउँ विमानस्थल

ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि द्वारा आफ्नो सदस्यको श्रीमानको मृत्युमा रु ६,१७,५०० बिमा रकम हस्तान्तरण

लोकप्रिय समाचार

  • १. भोटेकोशी बाढीपहिरो पीडितका लागि पूर्व कर्मचारी समाजद्वारा एक लाख रुपैयाँभन्दा बढी सहयोग

  • २. उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

  • ३. ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि द्वारा आफ्नो सदस्यको श्रीमानको मृत्युमा रु ६,१७,५०० बिमा रकम हस्तान्तरण

  • ४. नेपाली कांग्रेस भरतपुर महानगर सभापति पदमा कंडेलको उम्मेदवारी घोषणा

  • ५. नयाँ उद्योगमन्त्रीको शपथ साढे ५ बजे

  • ६. चारजना उद्योगी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन

  • ७. शिक्षक सेवा आयोगको अध्यक्षमा डा. हरिप्रसाद लम्साल

  • ८. भरतपुरमा विद्युतीय कारमा आगलागी हुँदा एक जनाको जलेर मृत्यु

  • ९. कमजोर ब्याटिङ गरेको नेपालले ओमानलाई दियो १४८ रनको चुनौती

  • १०. प्रधानमन्त्री बालेनको अमेरिका भ्रमण स्वीकृत

डाक्टर साथीको सेवा शुभारम्भ : उपप्रमुख अधिकारीद्धारा उद्धघाटन

असोज ५, चितवन ।
घरघरमै चिकित्सकीय सेवा दिने उद्धेश्यसहित भरतपुर महानगरपालिका वडा नम्बर १० स्थित दुरसञ्चार रोडमा डाक्टर साथी प्याथोलोजी तथा होम केयर सर्भिसेजको सेवा शुभारम्भ गरिएको छ । उक्त संस्थाको भरतपुर महानगरपालिकाका उपप्रमुख चित्रसेन अधिकारी, वडा नम्बर १० का अध्यक्ष परमेश्वर खनाल र उद्योग वाणिज्य संघका उपाध्यक्ष राजेन्द्र ओली लगायतले उद्धघाटन गर्नुभएको हो ।

Advertisement

उद्धघाटनपछि बोल्दै उपप्रमुख अधिकारीले मेडिकल सिटी भरतपुरमा यसप्रकारको सेवा दिनु यहांँका नागरिकलाई अवसर भएको बताउनु भयो । ‘डाक्टर साथीको उद्धेश्य , अवधारणा नयांँ छ , उहांँले भन्नुभयो, यसले नागरिकको स्वास्थ्य सेवा पहुंँच पुर्याउंँ भन्ने बिषयमा आशावादी छु ।’ भरतपुरका अधिकांशको घरमा बृद्धाबृद्धा तथा बालबालिकाहरु आफै अस्पताल आउन नसक्ने हुंँदा पनि डाक्टर साथीको सेवालाई त्यस्ता लक्षित वर्गलाई मदत पुग्ने उहांँले बताउनु भयो । डाक्टर साथीले आफ्नो पेशा व्यवसायको साथै स्वास्थ्य सेवाको पहुंँचमा नरहेका निम्न वर्गका सेवाग्राहीलाई सेवा दिएर संस्थागत सामाजिक उत्तरदायित्व गर्ने बिषयमा जोड दिन उहांँले आग्रह गर्नुभयो ।

Advertisement

बिशिष्ट अतिथि वडा अध्यक्ष खनालले वडा नम्बर १० मा अस्पताल धेरै भएको वडा रहेको भन्दै डाक्टर साथीको यस अवधारणाले मेडिकल क्षेत्रमा नयांँ आया थपिने बताउनु भयो । भरतपुरमा यसप्रकारको सेवा नयांँ रहेकोले यसलाई थप प्रभावकारी बनाउन गुणस्तरीय सेवा दिनुपर्नेमा उहांँले जोड दिनुभयो । यस्ता प्रकारका स्वास्थ्य संस्थाहरुलाई वडाले हर किसिमले सहयोग गर्न आफू सदैव तयार रहेको खनालको भनाई थियो ।

यस्तै अर्का विशिष्ट अतिथि उवासंघ उपाध्यक्ष ओलीले युवाहरुको लगानी र प्रयासले गरिएको यस प्रकारको सेवाले स्वास्थ्य क्षेत्रमा थप उचाइ प्राप्त गर्ने बताउनु भयो । यस्ता सिर्जनशील सेवा आजको आवश्यकता रहेको भन्दै उहांँले सेवाको दायरा फराकिलो पार्दै बिशिष्टिकृत सेवा दिनुपर्नेमा जोड दिनुभयो ।

डाक्टर साथीका प्रबन्ध निर्देशक प्रणय केबीले आजको आधुनिक युगमा सेवाग्राहीलाई घरमै अस्पतालको सेवा दिन आवश्यकता रहेकोले डाक्टर साथी प्याथोलोजी तथा होम केयर सर्भिसेज सञ्चालनमा ल्याईएको बताउनु भयो । ‘अहिले कतिपय घरमा पैसा भएरपनि नभएर पनि स्वास्थ्य पहुंँचमा नहुने धेरै हुनुहुन्छ , प्रबन्ध निर्देशक केबीले भन्नु भयो, यस्ता सेवाग्राहीलाई लक्षित गर्दै हामीले यो सेवा शुरु गरेका हौं ।’

डाक्टर साथीसंँग हरेक किसिमको रोगको उपचार र निदान गर्ने टिम रहेको भन्दै उहांँले आवश्यकता अनुसार यो सेवालाई २४ सै घण्टा सेवा दिने बिषयमा आफूहरु प्रतिबद्धता रहेको बताउनुभयो । हालसम्म डाक्टर साथीले सयजना भन्दा बिरामीलाई स्वास्थ्य सेवा दिएर सन्तुष्ट पारेको भन्दै उहांँले आगामी दिनमा स्वास्थ्य सेवाको सबै सेवा दिने योजना रहेको बताउनु भयो । हाल भरतपुरबाट यो सेवा सञ्चालन गरिएको भएपनि निकट भविष्यमा अन्य जिल्लामा यसको सेवा विस्तार गर्दै लगिने प्रबन्ध निर्देशक बिकेको भनाई थियो ।

संस्थाका प्रबन्ध निर्देशक प्रणय बिकेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सहव्यवस्थापक एलिना श्रेष्ठले स्वागत मन्तव्य दिनुभएको थियो । ‘डाक्टर पनि साथी पनि , हाम्रो पनि राम्रो पनि’ भन्ने मुल नाराका साथ स्थापना भएको उक्त संस्थाबाट सहुलियत दरमा प्याथोलोजी सेवा, घरमै डाक्टर तथा नर्सिङ्ग सेवा, अप्रेसन पछिको घरमै सेवा, दिर्घरोगी सेवा, नमुना संकलन सेवा, फिजियोथेरापी तथा डाइटिसियन सेवा, ड्रेसिङ्ग तथा इन्जेक्सन सेवा, नवजात शिशु तथा सुत्केरी स्याहार लगायतका सेवा उपलब्ध छन ।

शनिबार, असोज ०५, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गंगा दुग्ध सहकारीद्वारा एक महिनामै २ वटा शाखा सञ्चालनमा, एक वर्षमा ८ शाखा विस्तार गर्ने तयारी
भोटेकोशीको चेतावनी: अब चाहियो ‘बुद्धिमान’ पूर्वसूचना प्रणाली
अत्याधुनिक सेवा सहित बुद्धचोकमा जिएम डाइगोनिष्ट ल्याबोरोटरी संचालनमा
बहुप्रतिक्षित चलचित्र ‘१२ गाउँ २’ बाट अभिनेता समीर भट्टको खतरनाक एक्सन लुक्स सार्वजनिक, असोज ३० फूलपातीमा रिलिज हुने
२२ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम
चारजना उद्योगी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन

लोकप्रिय

  • १.
    भोटेकोशी बाढीपहिरो पीडितका लागि पूर्व कर्मचारी समाजद्वारा एक लाख रुपैयाँभन्दा बढी सहयोग

  • २.
    उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

  • ३.
    ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि द्वारा आफ्नो सदस्यको श्रीमानको मृत्युमा रु ६,१७,५०० बिमा रकम हस्तान्तरण

  • ४.
    नेपाली कांग्रेस भरतपुर महानगर सभापति पदमा कंडेलको उम्मेदवारी घोषणा

  • ५.
    नयाँ उद्योगमन्त्रीको शपथ साढे ५ बजे

  • ६.
    चारजना उद्योगी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन

भर्खरै

  • १.
    गंगा दुग्ध सहकारीद्वारा एक महिनामै २ वटा शाखा सञ्चालनमा, एक वर्षमा ८ शाखा विस्तार गर्ने तयारी

  • २.
    भोटेकोशीको चेतावनी: अब चाहियो ‘बुद्धिमान’ पूर्वसूचना प्रणाली

  • ३.
    अत्याधुनिक सेवा सहित बुद्धचोकमा जिएम डाइगोनिष्ट ल्याबोरोटरी संचालनमा

  • ४.
    बहुप्रतिक्षित चलचित्र ‘१२ गाउँ २’ बाट अभिनेता समीर भट्टको खतरनाक एक्सन लुक्स सार्वजनिक, असोज ३० फूलपातीमा रिलिज हुने

  • ५.
    २२ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम

  • ६.
    चारजना उद्योगी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन

  • ७.
    उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

  • ८.
    डेढ महिनापछि सञ्चालनमा आयो टरिगाउँ विमानस्थल

हाम्रो बारेमा

वन स्टेप मिडिया प्रा. लि द्वारा सञ्चालित
www.onestepkhabar.com
कम्पनी दर्ता नं
२५७६१६/०७७/०७८
सूचना तथा प्रसारण विभाग दर्ता नं.
२९३८-२०७८/७९
प्रेस काउन्सिल नेपाल सूचिकरण प्रमाणपत्र नं.
२९७०

हाम्रो टीम

अध्यक्ष/ सञ्चालक
आयुष न्यौपाने

सम्पादक
गणेश सुबेदि

संवाददाता
बिशाल सापकोटा

सम्पर्क

समाचार र विज्ञापनका लागि सम्पर्क
९८६५००४१००

ठेगाना
भरतपुर-७,चितवन

ईमेल
[email protected]

Copyright ©2026 One Step Khabar | All rights Reserved.
 Website By :  nwTech.