भदौ ११,चितवन।
नारायणगढमा रहेको निप्पोन एजुकेसनल सेन्टर १४ वर्ष पार गरी आजबाट १५ औं वर्षमा प्रवेश गरेको छ । निप्पोन एजुकेसनल सेन्टर आज (मंगलबार) बाट स्थापनाको १४ वर्ष पुरा गरी १५ औं वर्षमा प्रवेश गरेको हो ।
निपोन एजुकेसनको सहिदचोकमा रहेको कार्यालयमा एक कार्यक्रमबीच केक काटेर वार्षिकोत्सव मनाईएको छ । निपोनले वार्षिक उत्सवको अवसरमा बुझ्न सरल जापानिज भाषा ‘वाकरी यासुई निहोनगो’ नामक पुस्तक समेत बिमोचन गरेको छ । उच्च शिक्षा अध्ययनका लागि जापान जान चाहने विद्यार्थीहरुलाई परामर्श दिने उद्धेश्यसहित २०६७ भाद्र ११ गते उक्त संस्थाको स्थापना भएको थियो ।
निप्पोन एजुकेसनल सेन्टर उच्च शिक्षाको लागि जापान जान चाहने विद्यार्थीहरुको भरपर्दो मार्गदर्शक बनिरहेको छ । सफलताका साथ आज स्थापनाको १५ औं वर्षमा प्रवेश गरेको कार्यक्रमका सभापति एवम् संस्थाका प्रवन्ध निर्देशक दीपकचन्द्र भट्टराईले बताए । भट्टराईले विद्यार्थी, अभिभावक, शिक्षकलगायत सबैको मेहेनत र सहयोगले संस्था सफल भएको बताए ।
उनले १४ बर्षमा संस्थाबाट धेरै विद्यार्थीहरुले सेवा लिएको समेत बताए । जापानिज भाषाबाट नै नामाकरण गरिएको निप्पोनले गुणस्तरिय भाषा कक्षा र परामर्श दिदै आएको निप्पोनले स्थापनाकालदेखि नै विद्यार्थीहरुको मन जित्न सफल भएको उनको भनाई छ ।
आगामी दिनमा पनि गुणस्तरिय परामर्शका कुनै कमी हुन नदिने उनले बताए । विद्यार्थीहरुको रुची, अवस्था र प्राथमिकतालाई ध्यानमा मध्यनजर गर्दै स्पष्ट परामर्श दिनु नै निप्पोनको बिशेषता भएको उनको भनाइ छ ।
उक्त कार्यक्रममा प्रमुख अतिथी इक्यान चितवनका वरिष्ठ सल्लाहाकार डा. अंगत कुमार गुप्ता, बिशिस्ट अतिथी नेपाल पत्रकार महासंघका उपाध्यक्ष प्रकाश मणी काफ्ले ,अतिथी निप्पोनको सम्पर्क कार्यालय साईता जापानका अफिसर हेड देवराज अधिकारी, निप्पोन एजुकेसनलका म्यानेजिङ डाईरेक्टर रुकमणी काफ्ले, निप्पोन एजुकेसनलका शाखा प्रमुख सबनम चौधरी लगाएतको उपस्थिती रहेको थियो ।

