• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • स्थानीय
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • भिडियो
  • थप
    • समाज
    • साहित्य
    • आर्थिक
    • पर्यटन
    • अन्तराष्ट्रिय
    • राशिफल
    • रोचक
×
मङ्गलबार, साउन १२, २०८३
    • प्रमुख समाचार
    • समाचार
    • राजनीति
    • स्थानीय
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • भिडियो
    • थप
      • समाज
      • साहित्य
      • आर्थिक
      • पर्यटन
      • अन्तराष्ट्रिय
      • राशिफल
      • रोचक

भर्खरै

सुनसरी घटना : निष्पक्ष छानबिन र दोषीलाई कारबाही गर्न एमालेको माग

ग्यास आपूर्तिको अवस्था बुझ्न उद्योग मन्त्रीद्वारा उद्योगहरूको स्थलगत अनुगमन

कम्बोडियाबाट एक वर्षमा ४ सय नेपालीको उद्धार, साइबर दास बनाउने गिरोह सक्रिय

सार्वजनिक खरिद ऐन संशोधनविरुद्ध सर्वोच्चमा रिट

नारायणी अस्पतालका चिकित्सकले दिए सामूहिक राजीनामा, आकस्मिक सेवा पनि बन्द

कर्णालीको पाँचौँ मुख्यमन्त्री बन्दै मंगलबहादुर शाही

अस्पतालमा ओपीडी बन्द: बिरामी र आफन्त अलपत्र!

आज देशभरका अस्पतालहरूमा आकस्मिक बाहेकका सबै सेवा बन्द

सिमलतालमा खसेको पहिरो पन्छाइयो : बिहानै अवरुद्ध बनेको मुग्लिन–नारायणगढ सडक पुनः सञ्चालनमा

लोकप्रिय समाचार

  • १. मधेसका १० पालिकामा एकीकृत कृषि कार्यक्रम कार्यान्वयन गरिने मन्त्री चौधरीको भनाइ

  • २. प्राधिकरणद्वारा मोरङ र सुनसरीका विद्युत् वितरण प्रणालीको अनुगमन

  • ३. बुद्धले थप्यो नयाँ सिरिजका एटीआर विमान एटीआर-७२-६००

  • ४. एमबीएसको प्रश्न पत्र सामाजिक सञ्जालमा बाहिरिएपछि त्रिविले बनायो छानबिन समिति

  • ५. भरतपुर कारागारमा कैदी बस्ने स्थानको अभाव

  • ६. ५ हजार अमेरिकी डलरभन्दा बढी नगद ल्याउँदा भन्सार घोषणा गर्नुपर्ने, भारु सटहीमा पनि नयाँ नियम

  • ७. डा. गोविन्द केसीसँग वार्ता गर्न प्रधानमन्त्री र स्वास्थ्य मन्त्रालयका प्रतिनिधि धनगढी

  • ८. ज्येष्ठ नागरिकसहित प्राथमिकतामा परेका ४८ जना बचतकर्ताले पाए रकम

  • ९. धनगढीमा सरकारी वार्ता टोलीले थाल्यो डा. केसीका प्रतिनिधिसँग छलफल

  • १०. सुनसरी घटना: सीडीओ घिमिरेसहित सुरक्षा प्रमुखहरू फिर्ता, ईश्वरीप्रसाद अर्याल नयाँ सीडीओ

फोनिजको २५ औ स्थापना दिवस चितवनमा पनि मनाइयो


भरतपुर ।
नेपाल आदिवासी जनजाति पत्रका महासंघ (फोनिज) चितवनले संस्थाको २५औँ स्थापना दिवस (रजत जयन्ती) मनाएको छ। भरतपुर–१२ नौरङ्गेस्थित नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद् चितवनको सभाहलमा भव्य कार्यक्रम आयोजना गरी स्थापना दिवस मनाएको हो।

Advertisement

२५ वटा दीप प्रज्ज्वलन गरी उद्घाटन गरिएको कार्यक्रममा ‘आदिवासी जनजाति आन्दोलन र फोनिजको भूमिका’ विषयमा अन्तरक्रियासमेत गरेको थियो। कार्यक्रममा फोनिज चितवनका संस्थापक अध्यक्ष एवम् संरक्षक सन्तकुमार चौधरी र नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद् चितवनका पूर्वअध्यक्ष एवम् वर्तमान सल्लाहकार समितिका संयोजक पदमबहादुुर गुरूङ प्रमुख वक्ताका रूपमा उपस्थित भएका थिए।

Advertisement

फोनिजको स्थापनाकालदेखि आदिवासी जनजाति आन्दोलनमा फोनिजको उपस्थिति र फोनिजले खेलेको भूमिकाको विषयमा संस्थापक अध्यक्ष एवम् संरक्षक चौधरीले प्रष्ट पारेका थिए। स्थापनाकालमा नेपाल आदिवासी जनजाति पत्रकार संघको रूपमा स्थापना भएको बताउँदै चौधरीले भने, ‘त्यतिखेर हाम्रो सङ्ख्या ज्यादै कम थियो। बीचमा आएर त्यतिबेलाको संघ महासंघ बन्यो। र, फोनिजकर्मीको सङ्ख्या पनि बढ्यो। तर, अहिले फेरी सङ्ख्या घटेको छ।’

फोनिजको स्थापना भएपछि मात्रै आदिवासी जनजाति समुदायको हकअधिकार र मुद्धाका विषयमा सञ्चारमाध्यममा स्थान पाएको उनले दाबी गरे। ‘फोनिज स्थापना भएपछि बल्ल हाम्रा दबिएका आवाजले सञ्चारमाध्यममा स्थान पाउन थाल्यो,’ उनले भने, ‘हाम्रो आवाज बाहिर ल्याउन सफल भएपछि बल्ल जनजातिका आन्दोलन पनि बलियो बन्दै गयो।’

कार्यक्रममा प्रमुख अतिथिसमेत रहेका नेपाल आदिवासी जनजाति महासंघ चितवनका पूर्वअध्यक्ष एवम् वर्तमान सल्लाहकार समितिका संयोजक पदमबहादुर गुरूङले आदिवासी जनजातिका आन्दोलनलाई दशव्यापी प्रचार गर्न र राज्यसंयन्त्रसम्म पुर्‍याउनको लागि फोनिजको आवश्यकता भएरै पत्रकारहरूको संस्था जन्मिएको बताए।

‘पहिलेपहिले हामीले आन्दोलनका क्रममा धेरै दुःख पायौँ । तैपनि दिनभरी आन्दोलन गरे पनि हाम्रा कुरा बाहिर ल्याउन सहज थिएन,’ उनले भने, ‘अहिलेजस्तो प्रविधिको विकास पनि भइसकेको थिएन । त्यसैले त्यतिबेला हामीले फोनिज जन्मायौँ। आज त्यही संस्था २५ वर्ष पुगेछ।’

चितवनमा भने फोनिजले २०६७ सालदेखि संस्थागतरूपमा काम गर्दै आएको छ। त्यसयता आदिवासी जनजातिका गतिविधिलाई फोनिजको माध्यमबाट बाहिर ल्याउन धेरै सहज भएको नेपाल आदिवासी जनजाति महासंघ चितवनका अध्यक्ष महेन्द्र दुराले बताए। फोनिजलाई बलियो बनाउन आदिवासी जनजाति महासंघको जिम्मेवारी महत्त्वपूर्ण हुने भन्दै उनले भने, ‘फोनिजका साथीहरूकै कारण पछिल्ला समय हामीले गरेका सबैजसो गतिविधिले कहीँ न कहीँ स्थान पाएको छ। हाम्रो कुरा पनि एक ठाउँको कार्यक्रमबाट जनमानसमा छर्न पाएका छौँ।’

फोनिज चितवनका कार्यवाहक अध्यक्ष तुलमान गुरूङले पछिल्लो समय सञ्चारमाध्यममा आइका नयाँ फोनिजकर्मीलाई संस्था स्थापना र संस्थाको महत्त्वका विषयमा पुनर्ताजगी दिलाउनको लागि रजत वर्षको उपलक्षमा अन्तरक्रिया कार्यक्रम आयोजना गरेको जानकारी दिए। फोनिज चितवनकी सहसचिव सविता दराईले स्वागत मन्तव्य दिएको कार्यक्रममा फोनिज चितवनका संस्थापक एवम् पूर्वसचिव/पूर्व सङ्घीय सदस्य राजु चौधरी, तामाङ पत्रकार संघ चितवनका अध्यक्ष बबिलाल तामाङ, नेपाल मगर पत्रकार संघ चितवनका अध्यक्ष आशिक रानामगरलगायतको उपस्थिति थियो।

सोमबार, साउन २८, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

सुनसरी घटना : निष्पक्ष छानबिन र दोषीलाई कारबाही गर्न एमालेको माग
ग्यास आपूर्तिको अवस्था बुझ्न उद्योग मन्त्रीद्वारा उद्योगहरूको स्थलगत अनुगमन
कम्बोडियाबाट एक वर्षमा ४ सय नेपालीको उद्धार, साइबर दास बनाउने गिरोह सक्रिय
सार्वजनिक खरिद ऐन संशोधनविरुद्ध सर्वोच्चमा रिट
नारायणी अस्पतालका चिकित्सकले दिए सामूहिक राजीनामा, आकस्मिक सेवा पनि बन्द
कर्णालीको पाँचौँ मुख्यमन्त्री बन्दै मंगलबहादुर शाही

लोकप्रिय

  • १.
    मधेसका १० पालिकामा एकीकृत कृषि कार्यक्रम कार्यान्वयन गरिने मन्त्री चौधरीको भनाइ

  • २.
    प्राधिकरणद्वारा मोरङ र सुनसरीका विद्युत् वितरण प्रणालीको अनुगमन

  • ३.
    बुद्धले थप्यो नयाँ सिरिजका एटीआर विमान एटीआर-७२-६००

  • ४.
    एमबीएसको प्रश्न पत्र सामाजिक सञ्जालमा बाहिरिएपछि त्रिविले बनायो छानबिन समिति

  • ५.
    भरतपुर कारागारमा कैदी बस्ने स्थानको अभाव

  • ६.
    ५ हजार अमेरिकी डलरभन्दा बढी नगद ल्याउँदा भन्सार घोषणा गर्नुपर्ने, भारु सटहीमा पनि नयाँ नियम

भर्खरै

  • १.
    सुनसरी घटना : निष्पक्ष छानबिन र दोषीलाई कारबाही गर्न एमालेको माग

  • २.
    ग्यास आपूर्तिको अवस्था बुझ्न उद्योग मन्त्रीद्वारा उद्योगहरूको स्थलगत अनुगमन

  • ३.
    कम्बोडियाबाट एक वर्षमा ४ सय नेपालीको उद्धार, साइबर दास बनाउने गिरोह सक्रिय

  • ४.
    सार्वजनिक खरिद ऐन संशोधनविरुद्ध सर्वोच्चमा रिट

  • ५.
    नारायणी अस्पतालका चिकित्सकले दिए सामूहिक राजीनामा, आकस्मिक सेवा पनि बन्द

  • ६.
    कर्णालीको पाँचौँ मुख्यमन्त्री बन्दै मंगलबहादुर शाही

  • ७.
    अस्पतालमा ओपीडी बन्द: बिरामी र आफन्त अलपत्र!

  • ८.
    आज देशभरका अस्पतालहरूमा आकस्मिक बाहेकका सबै सेवा बन्द

हाम्रो बारेमा

वन स्टेप मिडिया प्रा. लि द्वारा सञ्चालित
www.onestepkhabar.com
कम्पनी दर्ता नं
२५७६१६/०७७/०७८
सूचना तथा प्रसारण विभाग दर्ता नं.
२९३८-२०७८/७९
प्रेस काउन्सिल नेपाल सूचिकरण प्रमाणपत्र नं.
२९७०

हाम्रो टीम

अध्यक्ष/ सञ्चालक
आयुष न्यौपाने

सम्पादक
गणेश सुबेदि

संवाददाता
बिशाल सापकोटा

सम्पर्क

समाचार र विज्ञापनका लागि सम्पर्क
९८६५००४१००

ठेगाना
भरतपुर-७,चितवन

ईमेल
[email protected]

Copyright ©2026 One Step Khabar | All rights Reserved.
 Website By :  nwTech.