उच्च अदालत पाटनको आदेशपछि काठमाडौं महानगरपालिकाले न्युरोडमा फुटपाथ विस्तारको काम फेरि अघि बढाएको छ । उच्च अदालत पाटनले फुटपाथ विस्तारको काम अघि बढाउन आदेश दिएपछि काठमाडौं महानगरपालिकाले बुधबार बिहानैदेखि न्युरोडको सडक भत्काएर फुटपाथ विस्तारको काम थालेको हो ।जुद्ध शालिकदेखि इन्द्रचोकसम्म महानगरले फुटपाथ विस्तारको काम थालेको हो । महानगरले न्युरोडमा फुटपाथ विस्तार र सुधारको काम जेठ ११ गते थालेपछि डिभिजन सडक कार्यालयले अवरोध गरेको थियो । सडक डिभिजन कार्यालयले काम रोक्नका लागि जेठ १३ र १६ गते गरी दुई वटा पत्र महानगरलाई पठाएको थियो । डिभिजन कार्यालयले पठाएको पत्र अनुचित भन्दै जेठ २७ गते महानगरपालिकाले उच्च अदालत पाटनमा रिट दायर गरेको थियो ।उच्च अदालत पाटनका न्यायाधीश ध्रुवराज नन्द र प्रकाश खरेलको संयुक्त इजलासले आइतबार फुटपाथ विस्तारका लागि महानगरको पक्षमा अन्तरिम आदेश दिएको हो ।
फेरि थाल्यो काठमाडौं महानगरले न्युरोडमा फुटपाथ विस्तारको काम
फेरि थाल्यो काठमाडौं महानगरले न्युरोडमा फुटपाथ विस्तारको काम
तपाईको प्रतिक्रिया

